रामजी ज्ञवाली
अब त कोरोनाबाट पूर्ण मुक्त भइयो भन्ने सुखद आशा गर्दागर्दै दुर्भाग्यवश फेरि केही महिना अघिदेखि बहुरूपी नवप्रजातिका कोरोना भाइरसहरू अझ बढी सशक्त रूपले सक्रिय हुँदै छिमेकी देश भारत, नेपाललगायत विश्वमा तीब्र गतिले आतंक बढाइरहेका छन् । पछिल्लो हालको सार्वजनिक समाचारअनुसार यी नयाँ प्रजातिका भाइरसहरूबाट अन्य देशहरूको तुलनामा अमेरिका, ब्राजिल र भारतलगायतका केही विकसित देशहरू बढी प्रभावित भइरहेका छन् । यी देशहरूको संक्रमित र मृत्यु संख्या अति भयावह देखिन्छ । विश्वको प्रभाव भारतमा र भारतको प्रभाव हाम्रो देशमा पर्नु यो पनि स्वाभाविक प्रक्रिया नै हो । अझ हाम्रो जस्तो मित्र देश भारतसँग स्वाभाविक प्रक्रिया नै हो । अझ हाम्रो जस्तो मित्र देश भारतसँग चारैतिरबाट खुलमखुल्ला स्वतन्त्र सीमा र नाकाहरू भएका कारण छिमेकी देशको सकारात्मक एवं नकारात्मक प्रभाव र असरहरू अवश्य पनि परेरै छाड्छन् । छिमेकी देशको त्यही बढी सम्पर्क र आवतजावतले गर्दा अनि हाम्रो फितलो र कमजोर सुरक्षा नीतिले गर्दा हालको शक्तिशाली कोरोनाले भारतमा जस्तै आतंक फैलाउन खोजिरहेको छ र सोही अनुसारका लक्षणहरू पनि देखिन थालेका छन् । जसरी छिमेकी देश भारतमा प्रतिदिन अप्रत्याशित रूपले कोरोनाबाट संक्रमित र मृत्यु हुनेको संख्या बढी नै रहेको छ । संक्रमितहरूको संख्या अत्यधिक बढी भएका कारण संक्रमितहरूले उपचारका लागि बेडहरू पनि पाउन सकिरहेका छैनन् । बेडको अभावका कारण बिरामीहरूलाई अस्पतालका प्राङ्गण, गल्ली र एम्बुलेन्सहरूका समेत उपचार गर्नुपर्ने बाध्यता देखिन्छ । यति मात्र होइन– मरणासन्न अवस्थामा पुगेका बिरामीहरूले आइयीसु र भेन्टिलेटरमा बाँच्न सकिने सबैभन्दा अन्तिम उपाय भनेको अक्सिजन समेत समयमै पाउन नसक्दा ती बिरामीहरूले तड्पी तड्पी अन्तिम सास फेर्न नपाएर यस संसारबाट सदाका लागि बिदा हुन बाध्य छन् । यति मात्र होइन– दुर्भाग्यवश बिरामीहरू त गए–गए, तर, ती अवशान भएका बिरामीहरूको अनेकौं शवहरूलाई दाहसंस्कार गर्ने व्यवस्थापन पनि अत्यन्तै दयनीय र चिन्ताजनक देखिन्छ । यस्तो करूणामयी दृश्यले हामी कसको मन दुख्दैन र हाम्रा आँखामा आँसु किन नआउन । यतिबेला भारतका केही पहाडी क्षेत्रहरू बाहेक बढी जनघनत्व भएका–महाराष्ट्र, दिल्ली, छत्तिसगढ, कर्नाटक, युपी र विहार प्रदेशहरू बढी प्रभावित भएका छन् । भारतमा कोरोनाबाट हालसम्म दुई लाख ८० हजार व्यक्तिहरूको मृत्यु भइसकेको छ ।
यसरी विश्वलगायत छिमेकी देश स्वयं भारतमा बढिरहेको आतंककारी दृश्य र अवस्थालाई मध्यनजर गरी युद्धस्तरमा सुरक्षाका उपायहरू गर्न सकेनौ भने, हाम्रो नेपालमा पनि भोलि यस्तै हाहाकार र भयावह स्थिति नआउला भनेर भन्न सकिन्न । त्यसकारण हामीले आफ्ना देशका नागरिकहरूको सुरक्षाका निमित्त चाहिने अत्यावश्यक स्वास्थ्य सामग्रीहरू, यान्त्रिक उपकरणहरू, औषधिहरू, आइसीयु, भेन्टिलेटर, अक्सिजन र स्वास्थ्यकर्मीहरूलाई चाहिने पोशाक र आवश्यक साधनहरूको तुरून्तै व्यवस्था गरी तम्तयार अवस्थामा राखिरहन उत्तिकै जरूरी छ । अझ यी आवश्यकताहरूसँगै अझ बढी महत्व र आवश्यक भनेको अक्सिजनको अभाव हुन नदिन हाल सञ्चालनमा आइरहेका अक्सिजन प्लान्टहरूलाई पर्याप्त अक्सिजन उत्पादन र वितरण गर्न सशक्त निर्देश जारी गरिनु पर्दछ । साथै ग्यास सिलिण्डरहरू पनि उत्तिकै आवश्यक पर्नेछन् । कतै छिमेकी देशमा अक्सिजनको अभावमा कसैले केही प्रलोभन र स्वार्थमा लुकीछिपी, चोरी र कालो बजारी गरी अक्सिजनका सिलिण्डरहरू तस्करी त गरिरहेका छैनन् त्यसतर्फ पनि सरकारको गम्भीर ध्यान जानु उत्तिकै आवश्यक छ । हो, यदि हामीकहाँ आवश्यकता अनुसार जतिबेला पनि अक्सिजन पाइन्छ र हामीलाई पुगेर अरू धेरै स्टक रहन्छन् भने अनि मित्र देशबाट आधिकारिक रूपमा अक्सिजनको माग भएमा उदारतापूर्वक यथा सक्दो सहयोग गर्नु हाम्रो पनि उत्तिकै मानवीय धर्म र दायित्व पनि हो ।
एकातर्फ यी नियमित रूपमा गरिने उपचार सामग्री र व्यवस्थापनसँगै हामीलाई प्रभावकारी र विश्वसनीय भ्याक्सिनहरूको पनि उत्तिकै आवश्यक छ । अनि यी प्रचलित भ्याक्सिनहरूकाबारेमा पनि स्वदेशी तथा विदेशी विज्ञहरूका आआफ्नै तर्कहरू छन् । कसैले कुन देशको वा नामको भ्याक्सिन प्रभावकारी बताइरहेका छन् भने कसैले अरूकै यसतर्फ पनि हाम्रा वैज्ञानिकहरूले हामीलाई पूर्ण लाभ पुग्ने भ्याक्सिनहरूको तुरून्तै व्यवस्था गरिहाल्नुपर्ने कुरा उत्तिकै आवश्यक छ । यी यावत सुरक्षात्मक उपायहरूसँगै अझ महत्वपूर्ण विशेष भनेको हाम्रा देशका चौतर्फी सीमा र सहायक नाकाहरूलाई अहोरात्र सुरक्षित राख्नु हो । हवाई वा स्थलमार्ग जेबाट आए पनि नेपाल, भारत वा विदेशका नागरिकहरूलाई नेपालको निर्धारित सीमा प्रवेश गर्नु अगावै स्वास्थ्य मन्त्रालय र गृहमन्त्रालयको आधिकारिक अनुमति र स्वास्थ्य सम्बन्धी यावत परीक्षण विधि र प्रक्रियाहरूलाई पूर्णरूपले परीक्षण गरेर मात्र उनीहरूलाई परीक्षणको नतिजा अनुसार कुन कुन स्वास्थ्य केन्द्र, प्रतिक्षालय वा घर–घरमा पठाउनुपर्ने हो ? इत्यादि विषयहरूमा सरोकार निकाय र पक्ष अत्यन्तै होशियार बन्नु पर्दछ । यस्तो अवस्थामा कसैको मुख हेरेर वा दया माया गरेर उनीहरूलाई आवश्यक परीक्षण नगरिकन गन्तव्यमा पु¥याउन अनुमति दिनु अत्यन्तै ठूलो अपराध हुनेछ । साथै आवतजावत गर्ने नागरिक र घरघरमा बस्ने सम्पूर्ण नागरिकहरूले समेत आफ्नो सुरक्षा आफैले गर्ने बानीको विकास गर्नै पर्छ । र,हामी कुनै पनि पार्टी, सरकार, नेता, राष्ट्रसेवक, स्वास्थ्यकर्र्मी, सञ्चारकर्मी, व्यवसायीलगायत आम देशबासीले कत्ति पनि हेल चेक्र्याई, लापरबाही र झारा टार्ने काम गरिरहनु हुँदैन ।
सरकार, स्वास्थ्यकर्मी, सरोकार पक्ष र विश्व स्वास्थ्य संगठनले यस अघि निर्दिष्ट र जारी गरेका प्रमुख सुरक्षात्मक मापदण्डहरू मास्क, सेनिटाइजर, समदुरी, भीडभाडमा नजाने, घरबाट अति आवश्यक काम बाहेक बाहिर ननिस्कने, जानै पर्ने भए पूर्ण सुरक्षात्मक साधन प्रयोग गरेर जाने, साबुन पानीले हात धोइरहने । इत्यादि आचारसंहिताहरूलाई हामी सबैले अत्यन्त इमान्दारीपूर्वक पालन गर्नैपर्छ । र, यी आचारसंहिताहरूलाई पालन नगर्ने र नगराउने जिम्मेवारमा बसेकाहरूलाई समेत उचित हैसियत र कारबाही गरिनु पर्दछ । यस्तो विश्वव्यापी संकटको बेलामा हामी कुनै पनि जवाफदेही पदाधिकारी, व्यवसायी र हरेक व्यक्तिहरूले कमाउने यही मौका हो भनेर यस्ता स्वास्थ्यसम्बन्धी अत्यावश्क सामग्री र अन्य दैनिक उपभोग्य गरिने वस्तु साधनहरूमा समेत कुनै प्रकारको अनुचित फाइदा लिने, कालाबजारी गर्ने र भ्रष्टाचार आदि गर्ने काम कदापि नगरौं । बरूतै जति सकिन्छ निःशुल्क सहयोग र सहुलियत रूपले वस्तुहरूको किनबेच गरौं । यसैगरी निजी एवं सार्वजनिक यातायात व्यवसायीहरूले पनि समझदारी अनुसार सरकारले निर्दिष्ट गरेको नियम र मापदण्डलाई सशक्त रूपले पालन गर्दै र गराउँदै सरकारले निर्धारण गरेको निश्चत भाडादार लिने गरी यात्रीहरूलाई आआफ्नो गन्तव्य क्षेत्रमा सुरक्षापूर्वक पु¥याउने काम गर्नु हरेक सार्वजनिक यातायात व्यवसायीहरूको आफ्नै ठूलो जिम्मेवारी हो । अझ अर्काे महत्वपूर्ण विषय भनेको भ्याक्सिनको समस्या हो । हाम्रोजस्तो विपन्न मुलुकका निमित्त केही थोरै सम्पन्न परिवारहरूले शुल्कसहित भ्याक्सिन लगाउन सके पनि अन्य बहुसंख्यक देशबासीले महंगो शुल्क तिरेर भ्याक्सिन लगाउन सक्दैनन् । सरकारले यी सम्भाव्य कुराहरूलाई चिन्तन गर्दै सकेसम्म १ पटक पनि भ्याक्सिन नलगाएका व्यक्ति र दुई पटक लगाउनुपर्ने व्यक्तिहरूलाई दोहो¥याउन पुग्ने गरी आम देशबासीलाई गुणस्तरीय र प्रभावकारी भ्याक्सिनहरूको व्यवस्थाप्रति पनि सरकारको गम्भीर ध्यान पुग्नै पर्दछ ।
सकेसम्म त हामी हरेक सचेत व्यक्ति एवं परिवारहरूले सरकारद्वारा प्राप्त सुविधाहरूलाई उचित सदुपयोग गर्नैपर्छ । तर, व्यक्तिले पनि आफ्नो सुरक्षा आफैले गर्न उत्तिकै आवश्यक हुन्छ । व्यक्ति एवं घर परिवारले आफ्नो जीवनको सुरक्षा गर्ने केही प्रवल आधारहरू यस प्रकार हुन सक्छन् । हाम्रो समग्र दैनिक जीवन नै ‘सादाजीवन उच्च विचारमा’ आधारित हुनुपर्दछ । जस्तै राति सुत्नेबेला र बिहान उठ्ने बेलामा सदैव सकारात्मक चिन्तन गर्दै आफ्ना परिवारहरूसँग हाँसीखुसी दैनिकी काममा सहभागी हुने । हाम्रो दैनिकी खानपान, आहार, विहार, विचार र व्यवहार आदि सदैव स्वस्थकर हुनु पर्ने । दैनिक ताजा र स्वस्थकर–तरकारी, फलफूल, दूध, दही आदि सेवन गर्ने । हाम्रा भान्सामा पाइने–औषधिजन्य मसालाहरू प्याज, लसुन, अदुवा, मरिच, पिपला, ज्वानो, टिमुर, बेसार आदि उचित रूपले सेवन गर्ने । नियमित रूपले शुद्धपानी प्रयोग गरिरहने । हाम्रा आयुर्वेदीय विज्ञहरूद्वारा निर्दिष्ट मूल्यवान–वनस्पति एवं जडीबुटीहरूको उचित सेवन गरौं । सदैव नियमित रूपले नुहाइ धुवाइ गरी घरको वातावरणलाई स्वच्छ बनाऔं । नियमित रूपले सक्दो व्यायाम गरौं । आफ्ना बन्धुबान्धवहरूसहित सबै समुदायसँग सदैव शिष्ट र मधुर सम्बन्ध बनाइराखौं । यी सूत्रहरूले पनि हाम्रो जीवनलाई धेरै सहयोग पु¥याउने छन् । जहाँसम्म लकडाउन वा निषेधाज्ञाको प्रश्न छ, गत सालको अनुभवको आधारमा प्रायः श्रमशील विपन्न परिवार र निम्न मध्यम वर्गीय परिवारहरूको रोजीरोटीलाई मध्यनजर गरी सुरक्षात्मक मापदण्डलाई सशक्त रूपले पालन गर्ने र गराउने आंशिक रूपमा निषेधाज्ञा लगाउनु उचित नै देखिन्छ ।
एकातिर आज देशमा कोरोनाका कारण देशबासीहरू अत्यन्तै निराश र चिन्ताजनक अवस्थामा छन् भने अर्काेतर्फ केही शुभ संकेतहरू पनि देखिंदैछन् । केही दिन अघि सम्माननीय प्रधानमन्त्रीले भूकम्पद्वारा ध्वस्त भएका हाम्रा ऐतिहासिक धरोहरहरूको पुनर्निर्माण सम्पन्न भएपछि तामधामसहित भव्य रूपले उद्घाटन समेत गर्नु भएको छ । यो हाम्रो देशको लागि मात्र नभएर विश्वका लागि नै खुशीको विषय हो । तर, यस खुसीसँगै आज भोलि आम देशबासीहरू अझ त्यसमा पनि कोरोनासँग लडिरहेका, अस्पतालका शैयामा जीवन–मरणसँग छटपटाइरहेका पीडित व्यक्तिहरूले सरकारसँग जीवन बचाइदिने हारगुहार गरिरहेका छन् । यस्तो देशबासीको भयावह स्थिति देख्दादेख्दै पनि बिरामीहरूलाई उद्धार गर्न पहिलो प्राथमिकता दिनुपर्नेमा सो नगरी धरोहरहरूको उद्घाटन, सभासम्मेलन, राजनीतिक गतिविधि, सरकार जोगाउने, ढलाउने, को प्रधानमन्त्री हुने ? कसको सरकार बन्ने ? आदि विषयहरूमा सरकारको बढी ध्यान केन्द्रित देखिन्छ । यी जे जे काम भइसके तापनि अब उप्रान्त कुनै पनि पार्टी, भन्ने आम देशबासीको सरकार र सरोकारसँग सादर सुझाव हो । यी माथि उल्लेख गरिएका सरकारद्वारा निर्दिष्ट मापदण्ड र व्यक्ति विशेषले परिचालन गर्नुपर्ने यावत आचारसंहिताहरूलाई सशक्त र जवाफदेहीपूर्वक पालन गर्न र गराउन सक्यौं भने, निश्चय पनि हामीले यस बहुरूपी कोरोनालाई पनि परास्त गरेरै छाड्ने छौं । केवल हामीमा दृढ आत्मबल, धैर्य, सुझ बुझ र इमान्दारिता हुनै पर्दछ । यो विचार प्रवाह गर्दाको मितिसम्म नेपालको संक्रमित संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको छ । मृत्यु संख्या ३ हजार २ सय ४६ रहेको छ भने, विश्वको संक्रमित संख्या १५ करोड १५ लाख नाघिसकेको छ । मृत्यु संख्या ३१ लाख ३८ हजार ५०० पुगिसकेको छ ।
अन्त्यमा ‘चिडिया चुक गई रबे्रत, अब पछुताय होत क्या ?’ भन्ने हिन्दी उखान जस्तै, बेलैैमा होस पु¥याउन सकिएन भने पछि पछुताएर के गर्ने ? यस सदुक्तिलाई पनि आत्मसात गर्नैपर्छ । देशबासीको जीवन राष्ट्रकै अमूल्य सम्पत्ति भएकाले हरेक नागरिकको जीवनको रक्षा गर्नु सरकारको पहिलो दायित्व र प्राथमिकता हो । त्यसकारण देशको यस्तो त्रासदीपूर्ण वातावरणमा सरकारलगायत हामी सबै देशबासीहरूको सम्पूर्ण शक्ति यस कोरोना नियन्त्रण र सुरक्षामा लगाउनु नै आज अहिलेको माग र दायित्व हुने कुरा सबैमा सादर ध्यानाकर्षण गराउन चाहन्छु ।
नागरिक जागरण अभियान,देवीनगर