गुल्मी । स्वास्थ्य कार्यालय गुल्मीले मंगलबार दिउँसो २ बजे सार्वजनिक गरेको कोभिड–१९ तथ्यांका अनुसार दोश्रो चरणमा जिल्लामा कुल संक्रमितको सख्या ३ सय ३४ जना पुगेको छ । कुल सक्रमित ३ सय ३४ मध्ये १८ जना निको भएर फर्केका छन् । ११ जनाको मृत्यु भएपछि अहिले सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ ।
पीसीआर परीक्षण १ सय १७ जनाको गरिएकोमा सबै जनाको पोजेटिभ आएको छ । एन्टिजेन्ट ४ सय ९९ जनाको परीक्षण गरिएकोमा २ सय १७ जना संक्रमितसहित ३ सय ३४ जनाको रिर्पोट पोजेटिभ आएको हो । १२ वटा पालिकाहरु मध्ये रेसुङ्गा नगरपालिका उच्च जोखिमा रहेको छ । जहाँ पीसीआर परीक्षण १३ जना गरिएकोमा सबै जनाको कोरोना पोजेटिभ आएको छ । ३ सय १० जनाको एन्टिजेन परिक्षण गरिएकोमा १ सय ४ जना पोजेटिभसहित कुल १ सय १७ जना संक्रमित भेटिएका छन् । १४ वटा वडाहरु मध्ये वडा नम्बर ८ थप जोखिममा छ ।
त्यस नगरपालिकामा दोश्रो चरणमा २ जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिकामा पीसीआर पोजेटिभ ७, एन्टिजेन्ट परीक्षणमा ३८ संक्रमितसहित कुल ४५ जना संक्रमित भेटिएका छन् ।
त्यस नगरपालिकामा मृत्यु कसैको भएको छैन । मालिका गाउँपालिकामा पीसीआर पोजेटिभ ४ जना र एन्टिजेन्ट ७ सहित ११ जना संक्रमित भएका छन् । एक जनाको निको भएको छ । मृत्यु शून्य छ ।
मदाने गाउँपालिकामा ८ जना पीसीआर पोजेटिभ छन् भने एन्टिजेन्ट ५ जना पोजेटिभसहित १३ जना संक्रमित भएका छन् । त्यस गाउँपालिकामा कसैको पनि मृत्यु भएको छैन ।
धुर्कोट गाउँपालिकामा पीसीआर पोजेटिभ ७ जना, एन्टिजेन्ट १५ सहित २२ जना संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भएको छ । कालिगण्डकी गाउँपालिकामा पीसीआर पोजेटिभ ५ जनाको र एन्टिजेट ३ जनासहित ८ जना संक्रमित भएका छन् । मृत्यु शून्य छ ।
चन्द्रकोट गाउँपालिकमा ४ जना पीसीआर पोजेटिभ र एन्टिजेन्ट १ सहित ५ जना संक्रमित भएका छन् । त्यहाँका एक जनाको भारतबाट आउँदा आउँदै रुपन्देहीमा मृत्यु भएको छ । सत्यवती गाउँपालिकमा पीसीआर परीक्षणमा १८ जनाको पोजेटिभ र एन्टिजेन्ट १२ सहित ३० जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भएको छ । रुरुक्षेत्र गाउँपालिकामा १७ जना पीसीआर पोजेटिभ र १७ जना एन्टिजेन्ट पोजेटिभसहित ३४ जना संक्रमित भएका छन् । त्यस पालिकामा १ जनाको मृत्यु भएका छ ।
छत्रकोट गाउँपालिकामा १९ जना पीसीआर पोजेटिभ र एन्टिजेन्ट ६ सहित २५ जना संक्रमित भएका छन् । जहाँ एक जनाको मृत्यु भएको छ । ईस्मा गाउँपालिकामा पीसीआर २ जना पोजेटिभ र एन्जिेन्ट ३ सहित ५ जना संक्रमित भएका छन् । गुल्मीदरबार गाउँपालिकामा पीसीआर पोजेटिभ १३ जना र ६ जना एन्टिजेन्ट परीक्षणसहित १९ जना संक्रमित भएका छन् ।