राधिका भुसाल
प्यूठान ।
तीन नदीको संगमस्थल । तीन वडाको मिलन । वरिपरि ठुला–ठुला अग्ला पहाड । गहिरो माण्डवी नदीको किनारैमा अवस्थित त्रिवेणी धाम अझै ओझेलमा परेको छ ।
झिमरूक, कौशिक(अरङखोला) र माण्डवी नदीको संगम स्थलमा प्राचिनकालदेखि नै आफ्नो अस्तित्व बनाएको त्रिवेणीधामको संरक्षण भएको छैन । करिब २ सय ४० वर्ष पहिले राजा हरिप्रसाद अधिकारीले उदयपुरकोट दरबारबाट समय–समयमा पूजा आजा गर्नका लागि त्रिवेणी आउने गरेको इतिहास छ । राजाले उदरपुरकोट दरबारमा महायज्ञ लगाएर त्रिवेणी धाममा पूmलपाती सेलाउन आउने गरेको स्थानीय अगुवा ६५ वर्षे भुपेन्द्र अधिकारीले सुनाए । पारिपट्टी देवी मन्दिर वारिपट्टी विष्णु भगवानको मन्दिर रहेको उनले बताए । नजिकै ठुलो गुफा अवस्थित छ तर, त्यो गुफा संरक्षण तथा प्रवद्र्धनमा कसैको चासो नदेखाएकोमा अधिकारीले गुनासो समेत पोखे ।
‘त्रिवेणीको अतिस्त्व लोप हुन थालेपछि २०५७ सालमा स्व. लोकनाथ कश्यपको नेतृत्वमा यही स्थानमा महायज्ञ लगायौं’ त्रिवेणीधाम क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष भुपेन्द्रले भने– ‘महायज्ञबाट संकलन भएको रकम र केही फेरि चन्दा उठाएको गरी ६५ हजार संकलन भएको, त्यही बजेटले मन्दिर निर्माण गरेका थियांै ।’ १७८० साल ताका राजा शान्ताराजले उदयपुरकोटमा राज्य सञ्चालन गर्दा त्रिवेणीलाई अस्तित्वमा ल्याएको इतिहास पाइन्छ । याहाँ माघे संक्रान्ति पर्वमा मेला समेत लाग्ने गरेको छ ।
बाइसे चौबीसे राज्यभन्दा पहिले भुरेटाकुरे राजाको पालादेखि नै त्रिवेणीलाई आर्यघाटको रूपमा प्रयोग गर्दै आएको उनले बताए । अगुवा अधिकारीका अनुसार–अहिले पनि तिराम, मर्कावाङ, कुमालटार, देवीस्थान, जस्पुरलगायतका ठाउँहरूबाट दाहासंस्कारको लागि त्रिवेणी लगिने गरेको छ ।
त्रिवेणी संरक्षणमा पालिकाको चासो
माण्डवी गाउँपालिका ३ देवीस्थान नजिकै रहेको त्रिवेणीको संरक्षणमा अहिले स्थानीय सरकारले केही चासो देखाएको छ । त्रिवेणीको संरक्षणका लागि गाउँपालिकाले १४ लाख ५० हजार बजेट खर्चेको छ । तीन वटा आर्थिक वर्षसम्म पटक–पटक गरी उक्त रकम पालिकाले विनियोजन गरेको हो ।
ब्राह्मण राजाले राज्य सञ्चालन गरेको नेपालको एकमात्र ठाउँ उदयपुरकोट दरबारसंग संगै जोडिएको त्रिवेणी धामको पनि विकास तथा संरक्षण गरिने माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताए । ‘एकै पटकमा धेरै बजेट विनियोजन गर्न नसके पनि प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन गरी संरचना निर्माण गरिरहेका छौं,’ –अध्यक्ष रोकाले भने–‘पालिकाले ऐतिहासिक महत्व बोकेका ठाउँहरूलाई संरक्षण गर्दै लैजाने छ ।’ ‘हाम्रो पालिका भित्र रहेको धार्मिक तथा पर्यटकीय स्थल त्रिवेणीलाई आगामी दिनमा विशेष चासोका साथ हेरिनेछ ।’–उनले भने ।
सिडी भ¥याङ, तारबार, पार्क भित्र शौचालय, आरामदायी बेन्च, चौपारी, प्रतिक्षालय, विष्णु भगवानको मन्दिर र १२ फिट उचाइको सूर्यप्रतिमा निर्माण भएको त्रिवेणीधाम क्षेत्र विकास संरक्षण समितिका अध्यक्ष एवं स्थानीय अगुवा भुपेन्द्रले बताए । ‘हामीले त्रिवेणी धामलाई जिल्लाकै मुख्य आर्यघाटको रूपमा विकास गर्न खोजेका छौं,’–उनले भने–‘यससंगै स्वर्गद्वारी आउने पर्यटकहरूलाई नदीमा स्नान गराई यहाँकोे जल लगेर स्वर्गद्वारीमा चढाउने वातावरण बनाउने हाम्रो लक्ष्य छ ।’
टाढा ढाटाबाट दाहसंस्कारको लागि आउने मलामीहरूलाई चियापान र रात परेको समयमा बस्ने धर्मशाला निर्माण गर्ने योजना रहेको अधिकारीले बताए । करिब एक विगा जमिनमा रहेको त्रिवेणीधामलाई चाडै व्यवस्थित बनाई पर्यटकहरू भित्र्याउने लक्ष्यका साथ आफूहरू दौडधुपमा लागेको स्थानीय ४२ वर्षे युवराज अधिकारीले बताए । ‘अधिकारी राजाले अतिस्त्वमा ल्याएको यो स्थललाई हामी युवा पुस्ताले विशेष रूपमा संरक्षण तथा प्रचार प्रसार गर्नु पर्छ,’–उनले भने– ‘जिल्लाको एक मात्र महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल भएकोले अन्य स्थानीय सरकारले समेत यसको संरक्षण तथा प्रवद्र्धन गर्ने जिम्मेवारी लिनु पर्छ ।’ जिल्ला भित्रिने मुखैमा रहेको यस धामलाई संरक्षण गर्न कुनै कञ्जुसाइ नगर्न उनले आग्रह गरे ।
त्रिवेणीलाई जिल्लाकै नमूना ठाउँ बनाइँदै
त्रिवेणीमा अब प्रत्येक एकादशी १५–१५ दिनको फरकमा भजन कृतन तथा पूजाआजा गरिने भएको छ । त्रिवेणी क्षेत्र भित्र विभिन्न प्रजातिका फूल तथा बोट बिरूवा रोप्ने र सुन्दर मनोरम बगंैचा निर्माण गर्ने तयारीमा लागेको भुपेन्द्रले बताए । जिल्लाभर छरिएका कला संस्कृति तथा प्राचिन कालदेखि चलिआएका रितीरीवाजहरू, सराँय नाच, हनुमान नाच, सोरोठी नाच, भजन कृतन, कथा प्रवचन एक आपसमा आदान प्रदान गर्नका लागि जिल्लाका सबै ठाउँमा समिति बनाई सोही समितिको अगुवाईमा यस धामलाई जमघट गरी आफ्नो कला तथा संस्कृतिलाई प्रस्तुत गरिने योजना रहेको उनले बताए । महायज्ञ, सप्ताह लगाउने गरी त्रिवेणीको संरचना निर्माण गरी जिल्लाकै नमूना धार्मिक पर्यटकीय स्थलको सूचीमा राख्ने योजना रहेको अधिकारीको भनाइ छ ।
हराउँदै गएका कला संस्कृति र लोपन्मुख हुन लागेका ठाउँहरूलाई स्थानीय सरकारले संरक्षण गर्दै विकास गर्नु पर्ने स्थानीय युवा लवकुमार अधिकारीले बताए । ‘वडास्तरीय समिति बनाई जेष्ठ नागरिकहरूको अभिभावकत्वमा नयाँ युवा पीडिलाई समेटेर लैजानु पर्छ,’ युवा अधिकारीले भने–‘तब मात्र यी हराउँदै गएका कला संस्कृतिबारे जानकार हुनुका साथै दायित्व बोध पनि हुन्छ ।’ नयाँ पार्कहरू निर्माणभन्दा पनि हाम्रा पुर्खाहरूले अस्थित्वमा ल्याएका यी महत्वपूर्ण ठाउँहरूको विकास गर्न बजेट भोलुम अलि बढाउनु पर्ने उनको भनाइ छ ।