बुद्धम शरणम् गच्छामी : बुद्ध जन्मस्थल लुम्बिनीमा प्रार्थना गर्दै एक भिक्षु । दोस्रो चरणको कोरोना महामारी फैलिएपछि लुम्बिनी सुनसान बन्दै गएको छ । एक वर्षयता लुम्बिनीमा विदेशी धर्मालम्बी र पर्यटकहरू आएका छैनन् । आन्तरिक पर्यटकले भए पनि चहलपहल रहेको लुम्बिनी अब फेरि सुनसान भइरहेको छ । लुम्बिनी छेउमै रहेका पर्यटन व्यवसाय फेरि संकटमा पर्ने भएका छन् ।