बाबुराम आचार्य
बेला, बेलामा नेपालको विकासबारे बहस हुने गर्दछ । बहस हुनु आफैमा महत्वपूर्ण प्रश्न हो । बहस पछि सार्थक परिणामको निम्ति हामी केन्द्रीकृत हुन्छौं वा हँुदैनौ ? यो अर्को महत्वपूर्ण तर जटिल प्रश्न पनि हो । नेपाल बनाउने अर्थात देशको विकास कसरी गर्ने ? यी र यस्तै प्रश्नहरू मात्रै त्यर्साएर पनि त देशको विकास हँुदैन । देशको विकासको लागि देशमा कृयाशिल बुद्धिजीवी, नागरिक अगुवा र असल राजनीतिक पार्टीको मुख्य जिम्मेवारी रहेको हुन्छ । राजतन्त्रात्मक व्यवस्थामा भन्दा प्रजातान्त्रिक व्यवस्थामा विकासमा जनताको पहुँच रहने गर्छ । यदि राजनीतिक प्रतिनिधि इमान्दार भैदिएमा । नेपालको विकासले गति नलिनु वा नेपाल नबन्नु का पछाडि राष्ट्रको नेतृत्व गर्ने असल र सक्रिय प्रतिनिधिको अभाव नै हो । यो अभाव पूर्ती गर्ने शक्तिको रूपमा नेकपा ( मसाल) को विकास हुनुपर्ने हो । तर स्वयम् मसाल पार्टी अहिले पूर्व डबल नेकपाको शिकार बनेको छ । मसाल नेतृत्वले अहिले देश बनाउन नेकपा नै चाहिन्छ र जसरी पनि उनीहरूकै पार्टी एकता वा त्यो एकता संभावना नरहेको अवस्थामा कार्यगत एकता गरेरै भए पनि उनीहरू ले देश बनाउने कामको नेतृत्व गर्नुपर्छ भनेर हार गुहार गरिरहेको छ । एउटा क्रान्तिकारी शक्तिले देश चलाउने वा देशबनाउने सपना बोकेर अगाडि जानुपर्ने हो तर यतिबेला मसाल नेतृत्वले स्वयं आफू र आफ्नो शक्ति माथि घोषित रूपमा विश्वास नगरेको योनै पहिलो घटना हुनुपर्छ मेरो जानकारीमा भए अनुसार । यतिबेला देशभक्त बामपंथी शक्तिहरूले आफ्नो शक्तिलाई मजबुत बनाएर नेकपाको वैकल्पिक शक्तिमा विकास गर्नुपर्ने समयको माग हो । राज्यको मेशिनेरी कमजोर भएको बेलामा वा राज्यको निर्णायक तहमा देखिएको अन्तर द्वन्द्वको फाइदा उठाउनुपर्ने र आम शोषित पीडित जनसमुदाय को हितको व्यवस्था प्राप्तिका लागि योजना बनाउनु पर्ने बेलामा एउटा अलग्गै अस्तित्वमा रहेको पार्टीको मुख्य नेतृत्वले यसरी अर्को पार्टीलाई हारगुहार गर्नुलाई स्वाभाविक मान्न सकिंदैन । समग्रमा देश बनाउने कुरा चानचुने कुरै होइन । योत एक अभिभारा हो । यो अभिभारा पूरा गर्ने अदम्य हिम्मत चाहिन्छ त्यो हिम्मतलाई डो¥याउने पथ प्रदर्शक सिद्धान्त चाहिन्छ । हामीले नेपालको विकास गर्नेबारे सोच्दा सिद्धान्तको कति महत्व छ भनेर भारत र चीनबीचमा तुलना गर्नु लाभदायक हुने छ । चीनभन्दा दुई वर्ष आगाडि अर्थात सन १९४७ मा स्वतन्त्रताको झण्डा फहराएको भारत र त्यसको दुई वर्षपछि १९४९ मा नयाँ आयामसहितको नयाँ विश्व रेकर्ड प्राप्त गरेको चीनका बीचको आजको अवस्थाले विकासमा सिद्धान्तको महत्त्वलाई बताउद छ । नेकपा मसालले नेपाल बनाउने बारेमा अपनत्व सहितको योजना आजसम्म बनाएको पाइदैन अब त्यो स्वामित्व लिने गरी योजना बनाउने बेलामा पुनः नेतृत्व कांपी रहेको छ । राष्ट्रको यो दुर्गति देखेपछि यस्तो अवस्थाबाट मुलुकलाई मुक्त गर्ने आट, हिम्मत र अग्रसरता क्रान्तिकारी राजनीतिक शक्तिको हुने गर्छ र त्यो सहि मानिन्छ नकि अरू कसैले वा फलानोले गर भनेर सुझाव दिनुलाई ।
हामी र हाम्रो देश किन पछाडि प¥यौं भन्ने चर्चा विभिन्न हिसाबले गरिंदैछ । देशको विकास गर्ने नेता नजन्मेको हुँदा यसो भएको हो भन्ने निष्कर्ष कैयौंले निकाल्ने गरेका छन् । यस्तो चर्चाले गर्दा नेपाली समाज कुनै न कुनै नेताको अवतारको खोजीमा भौंतारिइरहेको आभास पनि मिल्छ । जबकि कुनै समाज विकसित हुने वा नहुने कुरा कस्तो राजनीतिक दलले समाजको नेतृत्व गरेको छ उसको दर्शन, सिद्धान्त के हो ? त्यसमा भर पर्दछ नकि कुनै एउटा पार्टी वा पार्टी भित्रको पनि एउटा गुट वा नेता विशेषको अनुहार । जस्तो दर्शन बोकेको राजनीतिक शक्ति छ उस्ले त्यसैको आधारमा आफ्नो श्रम र स्रोतको उपयोग गर्ने निति निर्माण गर्ने गर्दछ र त्यसैको बलमा विकास हुने वा नहुने कुराको फैसला हुन्छ । अर्को शब्दमा भन्दा सत्ताधारी वर्गले समाजलाई विकसित गर्नुमा आफ्नो स्वार्थ देखे कि पछौटे नै राख्नुमा देखे भन्ने कुरामा भर पर्छ ।
जस्तो कि आधुनिक नेपालको निर्माणको सुरुवाती कालका करिब एक सय वर्ष (सन् १७४४ देखि १८४६ सम्म) हाम्रो श्रम र स्रोत आन्तरिक एकीकरण र चीन, बेलायत र भारतसँग लडाइँमा खर्च भयो । त्यसबेलाको सत्ताधारी वर्गले नेपालको एकीकरण वा गोर्खा राज्यको विस्तारमा आफ्नो हित देख्यो । कोतपर्वदेखि अर्को एक सय वर्ष (१९५० सम्म) नेपालको श्रम र स्रोत राणाहरूका भोगविलासमा खर्च भयो अर्थात् भोगविलास नै राणा शासकहरूको उद्देश्य बन्यो । त्यसपछिको १९९० सम्म राजाहरूले आफ्नो सामन्ती राजकीय नियन्त्रणभित्र मुलुकको आधुनिकीकरणको सपना देखे । यस बीचमा हाम्रो समाजका मुख्य दुईवटा प्रवृत्ति बनेः एक, हाम्रो आफ्नो अर्थतन्त्र भारतप्रति आश्रति बनाउँदै लगियो र राजनीति पनि पराश्रयी हुँदै गयो । दुई, नेपाललाई केबल सस्तो श्रम र कच्चापदार्थ निर्यात गर्ने र विदेशी वस्तु आयात गर्ने एक पछौटे कृषि व्यवस्था भएको मुलुकका रूपमा दर्ज गरियो । यसरी उतिबेला देशको विकास नहुनु वा देश नबन्नुका कारण पनि सामान्ती राजनीतिक शक्ति र तिनको नेतृत्व नै मुख्य जिम्मेवार हुन् । यसका लागि राणा र राजाहरूको वर्गस्वार्थ जिम्मेवार थियो ।
तर आजपनि त नेपाल बनेको छैन । किन बनेन नेपाल ? भन्ने प्रश्न उठेपछि हाम्रा दलहरू राणा वा राजालाई गाली गरेर उम्किन खोज्छन् जुन कुरा मुनासिब होइन । पछिल्लो तीन दशक यता राज्यको महत्वपूर्ण स्थानमा प्रजातान्त्रिक वा बामपन्थी शक्तिहरू आसिन छन् २०६२÷०६३ को आन्दोलनले गणतन्त्र स्थापित गरेको छ । यो व्यवस्था आए पनि आधारभुत वर्गको हातमा सत्ता आएको छैन । आधारभुत वर्गको हातमा सत्ता सुम्पिनको लागि थप संघर्षको अपरिहार्यतालाई स्विकार गर्ने राजनीतिक शक्तिले ०६२÷०६३ को आन्दोलनलाई ठुलो क्रान्ति मान्ने र अब नेपालमा पुँजीवादी क्रान्तिको आवश्यकता छैन त्यो पूरा भयो भन्ने शक्तिप्रति निन्दा गर्ने बेलामा उनीहरू नरहे देशनै रहनेछैन जसरी मसाल नेतृत्वले प्रचार गर्नु दुःखद कुरा हो ।
आजका एमाले वा स्वयं सत्ताधारी हरूले राज्यका विभिन्न तहलाई आफ्नै पार्टीका त्यसै तहका नेता–कार्यकर्ताहरूले नियन्त्रण गर्ने र सार्वजनिक साधनस्रोतमा कब्जा जमाउँछन् भन्ने कुरा स्विकार्दै आएका छन् । पँुजीवादी व्यवस्थामा प्रमुख पार्टीका नेताहरूका बीचमा यस्तो गठबन्धन बन्दछ कि केन्द्र, जिल्ला र स्थानीय तहमा राजनीतिक नेता, प्रशासन, पुलिस, ठेक्केदार–तस्करहरूका गठबन्धन झाङ्गिएका हुन्छन् । जसले गर्दा सम्बन्धित तहका सबैजसो नीतिगत निर्णयमा प्रभाव जमाउन थाल्दछन् । मुलुकका ठूला ठेक्काहरूमा मुख्य पार्टीका प्रमुख नेताहरूको संलग्नता धेरैले थाहा पाएको विषय नै हो । सरकारको कुन मन्त्रालय कसले लिने भन्ने विषय पार्टीका केन्द्रीय सदस्यहरूभन्दा ठेक्केदार–तस्कर गिरोहको सरोकार बन्दै गएको कुरा स्वयं सत्ता धारी दलका नेताले बेलाबेलामा उजागर गर्दै आएको विषय हो । त्यसैले त कार्ल माक्र्सले भनेको हुनुपर्छ–‘पुँजीवादी सरकारको हैसियत । सरकारका मुख्य अंग मानिने संवैधानिक अंगहरूमा हुने नियुक्तिका सन्दर्भमा विपरीत ध्रुवमा रहेका नेताहरूका बीचमा अचानक एकता र प्रगाड सम्बन्धको अवस्था सृजना हुने गर्दछ ।’ त्यसरी कुनै एउटा विषयमा एक्कासी चमत्कारिक रूपले विपरित ध्रुबका बीचको एकताले पार्टीहरूको चरित्रलाई नै बताउँछ । र यस्तो अवस्थाको मारमा स्वयं सत्ता धारी पार्टीका कार्यकर्ताहरू नै छन् । निवर्तमान नेकपाको मूल नेतृत्व पूर्णतया पुँजीवादी दलाल शक्तिमा रूपान्तरण भैसकेको छ । तो पार्टीको आन्तरिक मामिलामा वैदेशिक शक्ति केन्द्र र ठूला ठेक्केदारहरू हाबी हँुदै जान थालेका छन् । परिणामस्वरूप ठुला ठेकेदारहरूको ठेक्का पट्टामा स्वार्थ मिल्दा पार्टीहरू मिल्ने र उनीहरूका स्वार्थमा धक्का लाग्दा पार्टीहरूबीच नै फुट निम्तिनुले नेकपा दलाल शक्तिमा पतन भएको कुरालाई नै बताउँछ । सैद्धान्तिक टाट उल्टाइको शिकार बनेको नेकपा वा एमाले माओवादी हरूलाई देश चलाउन सुझबुझ दिनु वा आग्रह गर्नु भनेको आफ्नो बाटो पनि त्यतै हो भनेर संकेत गर्नुनै हो । मोहन विक्रम सिहले अहिले पूर्व नेकपालाई एक हुन र देशको नेतृत्व गर्न आग्रह गर्नुको पछाडि उनले पार्टीको आठौं महाधिवेशनमा जुन संशोधनवादी नीति पास गराएका छन् त्यो नीति एक्कासी पार्टीमा लागु गर्न कठिन छ । त्यसैले उनले अहिले पुरै धर्म निरपेक्ष र गणतन्त्रको रक्षाको झ्याली पिटेर गणतन्त्रको आवरणमा मिहिन संशोधनवादलाई पार्टीमा व्यवस्थित गर्ने तानाबाना बुन्दै छन् । यदि त्यसो गर्न सकेनन् भने उनको आगामी जीवन कालमा यस्तो मौका कहिलै मिल्ने छैन । त्यसैले त अहिले उनी पुरै जीउ फालेर यो काममा लागेकै छन् । आफ्नो पार्टीका देश भरका हजारौं कार्यकर्ता जो अहिले उनका गतिविधिका विरुद्धमा छन तिनीहरूलाई पार्टीबाट निष्काशन र निलम्बन गर्दै हिंडेका छन् । यस्तो अवस्थामा आफ्नो पार्टीलाई सिद्धान्तनिष्ठ बनाउने, आफूले सारा आन्दोलनको नेतृत्व गर्ने आफ्नो पार्टीलाई थप व्यवस्थित बनाउनेतिर सोच्नुपर्नेमा आज निहित स्वार्थमा डुबेर नेकपाको दलालीमा अग्रसर हुनु स्वाभिमानी नेतृत्व होइन ।
पहिला पहिला नेपाली काङ्ग्रेसको योजनामा हुने निम्न कामहरू, कर्मचारी तथा पुलिसको सरूवा, खानी–खोला–वन–जङ्गल–जडीबुटी र स्थानीय साधनस्रोतको ठेक्का, भन्सार तस्करी, राजस्व छली, अदालत र न्यायिक निकायहरूमा बिचौलिया, बैंक घोटाला, सार्वजनिक जमिनको दर्ता, हप्तावाल, नेटवर्क व्यापारजस्ता गतिविधिहरू अहिलेका नेकपाका नेता–कार्यकर्ताहरूको जीवन चल्न थालेको छ । राज्यका विकास, सुशासन, सुरक्षा आयोजनासम्बन्धी नीतिहरू पार्टी कार्यकर्ताका नियन्त्रणभित्र जाँदैछन् । पार्टी भित्र झाङिदै गएको वर्ग विभेदको खाडलमा त्यही पार्टीका इमान्दार कार्यकर्ता त्यही खाडलमा भासिदै गएका छन् । आजको नेकपा वा एमाले माओवादी पार्टीको माथिल्लो तहमा रहेकाहरूले बिगत दुई दशक यता थुपारेको सम्पत्ति वा भोग गरिरहेको साधनको हिसाब किताब गर्ने हो भने त्यसले ती नेताहरूको इमानदारीताको मापन गर्न सकिन्छ । यसरी वर्तमानको नेकपा र प्रतिपक्षी नेपाली काङ्ग्रेसका बीचमा तात्विक भिन्नता छैन । उनीहरूको इसारामा दलालहरूले राज्य र सार्वजनिक संस्थाहरूलाई नियन्त्रित गर्दैछन्, जसले गर्दा सुशासन र विकास प्रत्यक्षरूपले प्रभावित हँुदै आएका छन् ।
राजनीति र प्रशासनका विभिन्न तहमा यति (सम्मकी मधेसी जिल्लाका सिडिओहरू समेत को बन्ने भनेर ) बाहिरियाहरूले ‘सूक्ष्म व्यवस्थापन’ गर्ने गरेको तथ्य सबैका अगाडि आएकै छ । कुनै समय यस्तो थियो कि, पार्टी नेतृत्वमा रहेकोे व्यक्ति विदेशी शक्ति केन्द्रहरू वा दूतावासका कर्मचारीहरूसंग हिमचिम भएका वा दलाली गर्ने गर्छन् भनेर पार्टीमा कुरा उठिहाल्यो भने त्यो प्रतिष्ठाको विषय बन्थ्यो । जसका कारणले पार्टीभित्र त्यस्प्रकारका नेताहरू को हैसियत कमजोर हुन्थ्यो, वा उनीहरूको राजनीतिक जीवननै समाप्त हुन्थ्यो । त्यही पुरानो परम्परा या चिन्तनधारको आधारमा आजसम्म पनि मोहन बिक्रमले आफ्नो पार्टीका पुराना नेताहरू जो’ अहिले उनको विचारमा पूर्णतया विमती जनाएका छन्, तिनीहरूलाई ‘र’ ‘अ’ का एजेन्ट, प्रतिक्रियावादीहरूका मतियार, दुस्मन शक्ति सिआइडी, बाम संकीर्णवादी जस्ता आरोपहरू दर्ज गर्दै दोषी करार गरिरहेका छन् । तर अहिले माथि उल्लेख गरिएका विदेशी शक्ति केन्द्रहरूसंगको सम्बन्धलाई बलियो आधार बनाएर राजनीति गरिरहेका नेकपालाई देशको जिम्मा लगाउन पटक–पटक हारगुहार गर्नुपर्ने बाध्यता कसरी सृजना भयो मोहन विक्रमलाई ? समयले उत्तर दिने छ ।
नेकपामा जस्तै मसाल पार्टीका बैठक तथा सम्मेलनहरूमा पनि पार्टीका घोषित मूल्य, मान्यताहरू, सिद्धान्त, नयाँ विचार वा रचनात्मकता जस्ता विषयहरू प्राथमिकतामा पर्न छोडेका छन् । त्यसको ठाउँ बरू आज कसरी आफ्नो निहित स्वार्थ पूर्तिको लागि के योजना बनाउने, वा नयाँ–नयाँ भ्रमहरूको सृजना कसरी गर्ने, सत्ताधारी समुहको दलाली कसरी गर्ने ? एकाध विषयमा नयाँ तरिकामार्फत कसरी विषयलाई रहस्यमय बनाउने भन्ने तानाबाना बुन्दैमा समय खेर गइरहेको छ ।
हो देश बनाउने पार्टीले वा संगठनले नै हो
आजका पार्टीहरूमध्ये नेकपा मसाल नै अब्बल दर्जाको पार्टी थियो (सातौं महाधिवेशन पूर्व) । यो देश र नेपाली किसान मजदुर वर्गको हितलाई केन्द्र भागमा राखेको हुनाले नेपाल बनाउने कामको नेतृत्व लिन सक्छ भनेर विश्वास गर्ने गर्ने प्रमुख आधार थियो । तर यतिबेला भने पार्टी नेतृत्व यति लत्रेको छ कि अब उसले आफ्ना सम्पूर्ण मूल्य मान्यताहरू ध्वस्त पारेको छ र आफूले गर्नुपर्ने मुख्य काम अर्को एउटा दलाल राजनीतिक शक्तिलाई तैले गर भनेर गुहारी रहेको छ । हरेक पार्टीले यो मुलुक आफूले बनाउने विकास गर्ने र जनताको नेतृत्व गर्न आफू सक्षम भएको कुरा बताउँछन् जबकी तिनीहरूसंग असल सिद्धान्त नै छैन । तर हाम्रो जस्तो सैद्धान्तिक स्पष्टता र दृढताले लैस भएका कार्यकर्ताहरूको पार्टीको मूल नेतृत्वले आफूले मुलुकको नेतृत्व गर्ने जागर गर्नुपर्नेमा उल्टै अरूले गरिदिनु पर्ने जुन तर्क छ त्यो पुरै पार्टीलाई विसर्जनतर्फ डो¥याउने एउटा तरिका हो । पार्टी भौतिक आवश्यकताले निर्माण गर्छ र नेतृत्वको विकास संघर्षबाट नै हुने गरेको इतिहास छ । यो नयाँको हकमा बढी लागु हुन्छ तर हामीसङ्ग त पार्टी मेशनेरी छदै थियो तर उसको विसर्जनको यात्रामा रहेकाले उसले त्यो हिम्मत गरेन । मुलुकलाई आत्मनिर्भर बनाउने, गरिखाने श्रमजीवी वर्गका आजका समस्यालाई सम्बोधन गर्ने र क्षेत्रीय÷जातीय असमानता तथा विभेदलाई अन्य गरेर समतामूलक, समाज निर्माण अर्थात जनवादी क्रान्ति वा अर्को र वास्तविकता पुँजीवादी क्रान्ति पछि मात्रै नयाँ विकास, नयाँ नेपाल निर्माण हुने छ र त्यसकालागि नेतृत्व गर्नसक्ने पार्टीको पनि निर्माण हुने छ ।
राजनीतिलाई व्यवसायमा रूपान्तरण गरेका केही थान उच्च घरानाले राष्ट्रको बैभव लुट्ने राजनीतिक प्रक्रियाको नशा च्यापेर फिटिफिटी पार्न सक्ने नयाँ नेतृत्व नै वर्तमानको आवश्यकता हो । त्यही नेतृत्वले मात्रै देश बनाउने छ र देशको विकासका नारामा आफ्नो स्वार्थका रोटि सेक्ने तत्वका विरुद्ध क्रान्तिकारी आन्दोलनको जेहाद छेड्ने छ । यसरी नेतृत्वले जबर्जस्त आफ्नो दृढतालाई दोहो¥यायो भने मात्रै अविकसित र असमान अर्थ राजनीतिक संरचना कमजोर हुँदै जान्छन् । त्यसरी अगाडि बढ्ने क्रममा क्रान्तिकारी परिवर्तनको लागि हुने वास्तविक युद्धको सपना देख्नेहरू, जिउँदो जाग्दा बनेर प्रतिक्रियावादीहरूको छातीमा बज्रप्रहार गर्नेछन् र ति निमुखा नागरिकहरूको संसार निर्माण गरिदिने छन् ।
माक्र्सवाद, लेनिनवाद र माओ विचार धारानै यो समस्त नेपालीको दयनीय जीवन बदलेर एक प्रतिष्ठित जीवन, आसा लाग्दो र सम्मानपूर्वक बाच्ने आधार हो । खास मानव हितको निम्ति मानबले प्रत्याभूत गर्न सक्ने गरी काम गर्ने यो मात्रै एउटा सिद्धान्त हो । मसाल नेतृत्व अहिले तिनै सिद्धान्तलाई तोडमोड गरेर अमूर्त भाषामा क्रान्तिको हितमा भन्दा विधिविधानको दायरामा भन्दा आफ्नो इच्छा र आवश्यकताको निम्ति यो सब गर्दै छ । देश बन्न सिद्धान्त बोकेको पार्टी र उसको नेतृत्व दूर दृष्टिकोण भएको हुनुपर्छ । त्यस्तो नेतृत्वले बल्ल हरेक दिन खाडी र मलेसियातिर जाने लगभग दुई हजार किशोर र युवाहरूको ताँतीलाई रोक्नसक्नेछ । रूस र चीनमा क्रान्ति भएका थिए । ती क्रान्तिहरू पार्टी भित्रै रहेका संशोधनवादीहरूले प्रतिक्रान्तिमा बदले । आज त्यहाँ कम्युनिस्ट प्रणाली एक इतिहासमा परिणत भएको छ । त्यस्तै नेपालमा सिङ्गो कम्युनिस्ट आन्दोलनलाई संशोधनवादले घेराबन्दीमा पारेको छ । यो घेरा तोडेर अगाडि बढ्ने बेलामा त्यही संशोेधनवादीहरूको हातमा देश सुम्पने विचार अगाडि ल्याउनु भनेको एक प्रकारको मुर्खता मात्रै हो । देश बनाउनेतर्फ सांच्ने हो भने प्रतिक्रियावादीहरू र संशोधनवादीहरूलाई परास्त गर्ने र बामपंथी क्रान्तिकारी तथा जनपक्षीय शक्तिहरूले वर्तमानको गम्भीरतालाई मनन गरेर वैकल्पिक शक्ति निर्माणमा जुट्नुपर्छ । त्यसका निम्ति अहिले उपयुक्त समय आएको छ । जसरी रूसमा लेनिनले पुँजीवादी सरकारका विरुद्धमा धावा बोल्दै रेड स्क्वायरमा उभिएर स्मोल्नी भवन कब्जा गर्न आदेश दिएका थिए, ठिक त्यसै गरी अहिले यदि नेपाल बनाउने हो भने लेनिनले जस्तै वर्तमानको नेतृत्वले भद्रकाली अगाडि उभिएर सिंहदरबार कब्जा गर्ने आदेश दिनुपर्ने बेलामा लौ होइन यो व्यवस्थाको रक्षा गर्नुपर्छ । यो व्यवस्था र देश बचाउन नेकपा एक हुनुपर्छ त्यो नभएमा कार्यगत एकता गरेरै भए पनि तिमीहरूले चलाउ भन्नू कम्युनिस्ट आन्दोलन माथिको को निर्मम प्रहार हो ।
आजका तथ्यहरूको आधारमा भन्नु पर्दा नेपाललाई कुनै पनि हिसाबले अर्धसामन्ती–अर्धऔपनिवेशिक अवस्थाबाट पूर्ण मुक्त बनायर नै देशको विकास हुन सक्नेछ । त्यसो गर्न एउटा क्रान्तिकारी पार्टीले मात्रै सक्नेछ । अबको आन्दोलनले त्यसका निम्ति पहलकदमी लिनुपर्छ । देश बानाउनु पर्छ र समतामूलक समाज स्थापित गर्नु हाम्रो कर्तव्य हो भन्ने कुरा पहिला नेतृत्वले र त्यसपछि आम पार्टी सदस्यले अनि कार्यकर्ताले मनन गरेमा देश बन्ने छ । चिनियाँ अनुभव जो अहिलेका नेपाली पुस्ताले समेत अनुभव अगरिरहेको छ । विकासका लागि एउटा सिद्धान्तनिष्ठ पार्टी र अनुशाशीत कार्यकर्ता चाहिन्छ ।
विनास बिनाको विकास कल्पना बाहिरको कुरा हो
विकास पूर्वका केही कदमहरू अपृय हुनसक्छन् तर बिस्तारै विकासका चमत्कारले ती अपृय लागेको कदम क्रमशः प्रियतामा बदलिने छन् ।