देवदह । रुपन्देहीको देवदह नगरपालिकामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह–६, निवासी ४९ वर्षकी महिला रहेको देवदह नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या आएपछि बुटवलमा रहेको प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख बञ्जाडेले बताए । मृतक महिलाका श्रीमान देवदह नगरपालिका–६, का वडाअध्यक्ष समेत हुन् । केही महिना अगाडि वडाअध्यक्ष दामोदर क्षेत्रीलाई पनि कोरोना पोजेटिभ भएर काठमाडौं पु¥याइएको थियो । लामो समयको उपचारपछि निको भएर घर फर्किएका थिए ।