नेपाली सङ्गीतको आकाशमा “पिरतीमा A+” नामको अर्को इट्टा थपिएको छ। एकपछी अर्को खुड्किलामा उक्लदै सबैको मन जित्न सफल गायिका मोडेल तथा लेखिका शितल शर्माले अर्को परिक्षाको “पिरतीमा A+” नतिजा बाहिर आइसकेको छ । नव वर्ष २०७८ सालको पहिलो महिनाको पहिलो दिन पारेर उक्त नतिजा शितल शर्मा कै युट्युब च्यानल Shital Sharma बाट सार्वजनिक गरिएको छ। रमेश बिजिको शब्द संकलन रहेको उक्त गितमा बैकुण्ठ महतले सङ्गीत भरेका छन भने शितल शर्मा र बैकुण्ठ महतले नै आवाज दिएर उक्त गितलाइ जीवन्त पारेका छन। सबैको मनमा बस्न सफल रहेकी चर्चित एवं सुन्दरी मोडेल अञ्जली अधिकारी र अर्जुन गौतमको बेजोड अभिनय रहेको यस गितको संयोजन कृशन बिके भन्जाले गरेका छन भने मौसम हिमालीको निर्देशन रहेको छ।