टिका खरेल
सैनामैना
सैनामैना नगरपालिकाका कृषिलाई टेवा पु¥याउने उद्देश्यले कृषि बजार पूर्वाधार निर्माणअन्तर्गतको शित भण्डारण गृहको निर्माण सुरु भएको छ । सैनामैना वाड नं. ३ मा निर्माण हुने शित भण्डारको सैनामैनाका नगरप्रमुख चित्रबहादुर कार्कीले आइतबार शिलान्यास गरे ।
शिलायान्स गर्दै नगरप्रमुख कार्कीले कृषकहरूलाई सहज र सुविधा पु¥याउने उद्देश्यले शित भण्डार निर्माण सुरु गरिएको बताए । सैनामैनामा कृषिलाई उच्च प्राथमिकतामा राखेर विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको उनले बताए ।
सैनामैनामा किसानलाई लक्षित गरी ११ वटै वडामा कृषि पाठशाला सञ्चालन भएको तथा सयौको संख्यामा हाते ट््याक्टर वितरण गरिएको बताउँदै प्रमुख कार्कीले किसानहरूलाई समय समयमा अनुदानमा बीउ बिजन समेत उपलब्द गराउँदै आएको बताए । समृद्ध सैनामैना निर्माणका लागि हरेक प्रकारका योजनाहरू सैनामैनामा निर्माणको क्रममा रहेको नगरप्रमुख कार्कीको भनाइ थियो ।
२३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाई रहेको उक्त भवनका पूर्ण बन्द प्रविधिको हुने सैनामैनाका प्राविधिक प्रदीप गिरीले बताए । रु ६५ लाख ५१ हजारमा लक्ष्मी एण्ड सुजल निर्माण सेवाले यो वर्ष पहिलो चरणको सिविल वर्कको काम सम्पन्न गर्ने भएको हो । २०७७ चैत ९ गते ठेक्का सम्झौता भएको उक्त योजनाको २०७८ असार १५ सम्ममा निर्माण सम्पन्न हुने छ ।एक करोड ९६ लाख लागत अनुमान गरिएको उक्त शित भण्डार निर्माणको हाल पहिलो चरणको काम हुने छ । इलेक्ट्रिकल, मेकानिकल र रेफ्रीरेशनको काम भने दोस्रो चरणमा सम्पन्न हुने नगरपालिकाले जनाएको छ । कार्यक्रममा एमालेका जिल्ला सदस्य नरबहादुर घर्तीमगर, नेपाली कांग्रेसका जिल्ला उपसभापति फणेन्द्रप्रसाद शर्मा, माओवादीका मनबहादुर महत, गाउँनगर कृषक समूहका शेरबहादुर केसीलगायतले बोलेका थिए । कार्यक्रम सैनामैनाका कार्यापालिका सदस्य सविता भुषाल भण्डारीको अध्यक्षतामा तथा सैनामैैनाका कर्मचारी लक्ष्मी खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।