प्रेम सुनार
गुल्मी
गुल्मीको ठूलापोखरा माध्यमिक विद्यालय गुल्मीदरबार गाउँपालिका ७ का प्रधानाध्यापक रामबहादुर खत्री शुक्रबार कक्षा १० सञ्चालनको अनुमती लिन गौंडाकोट स्थित गाउँपालिका कार्यालयमा पुगेका थिए । तर दुर्भाग्य फर्केर आउने क्रममा त्यसै दिन साँझ आफैले चलाएको मोटरसाइकल दुर्घटनामा परी उनको ४४ वर्षको उमेरमा ज्यान गयो ।
राहत शिक्षक खत्रीले दुई वर्षअघि मात्र प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । उनले जिम्मेवारी सम्हालेपछि चार कोठे भवन प¥यो । जुन गत वर्ष सम्पन्न पनि भयो तर कक्षा कोठाको अभाव अझै रहेकोले तला थप्नका लागि पहल गर्दै थिए ।
माध्यमिक विद्यालय सम्बोधन भए पनि कक्षा ८ सम्म मात्रै पढाई हुन्थ्यो उनले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्ने बेलासम्म । त्यसपछि कक्षा ९ को पढाई सञ्चालन गरे ।
अबको शैक्षिक सत्रसङ्गै कक्षा १० को पढाई सञ्चालनको पहल थालेका खत्री शुक्रबार दिउँसो गाउँपालिकामा वडाको सिफारिससहित आवश्यक प्रक्रियासहितको कागज पत्र बोकेर हिंडेका थिए ।
त्यस गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पान्डे भन्छन्–‘त्यस दिन सार्वजनिक सुनुवाइ कार्यक्रम थियो । उहाँ पछाडि बस्नु भएको थियो । कार्यक्रम सकिए पछि शिक्षा शाखामा कक्षा १० सञ्चालन अनुमतिका लागि फाइल पेश गर्नु भएको हो ।’ उनी थप्छ्न–‘हाम्रो पालिकाका प्रधानाध्यापकहरू माध्यमिक तहको उहाँ एकदमै भद्र व्यक्ती हुनुहुन्थ्यो, दुर्भाग्य उहाँको दुर्घटनामा मृत्यु हुँदा कक्षा १० सञ्चालन गर्ने उहाँको सपना अधुरै रह्यो ।’
मृतक खत्रीका साथी शिक्षक हरिप्रसाद अर्याल भन्छ्न–‘उहाँ र म अलग अलग विद्यालयका शिक्षक हांै तर पनि निकै नजिकका साथी थियौ । एउटा अशल व्यक्ती , विद्यालय सुधारमा अतुलनीय योगदान पुराएका उहाँलाई गुमाउनु पर्दा स्तब्ध भएका छौं ।’
त्यस विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मण अर्यालले त्यस दिन आफूहरू सङ्गै गएको केही बेर कुरा भै शिक्षा शाखामा फाइल छोड्न उहाँ बसेको र आफू घर फर्केको बताए । त्यस गाउँपालिका शिक्षा शाखा प्रमुख सुन्दर चालिसेले ६ बजेतिर आफूलाई फाइल बुझाउन आएको तर केही डकुमेन्ट अपुग भएका कारण पछि सङ्गै लिएर आउँछु भन्दै हिंडेको बताए ।
शंकाको घेरामा एम्बुलेन्स
चारपालास्थित शिक्षक ईन्द्र थापाको निधनमा समवेदना दिन आएका एक जना व्यक्तिलाई गौंडाकोटसम्म मोटरसाइकलमा राखेर लगेका थिए प्रधानाध्यापक खत्रीले । त्यस वडाका वडाध्यक्ष टोपबहादुर बस्नेत भन्छ्न ‘मुख्री सडकको घुम्तिसम्म म पछाडि उहाँ अगाडि हुँदै सङ्गै आएका हौं ।
गुम्तिमा उहाँ रोकिएर एक जनासङ्ग कुरा गर्न थालेपछी म हिंडेको हुँ । घर आएर हेर्दा एम्बुलेन्स पछाडि आएको देखेको हुँ । प्रमुख प्रशासकीय अधिकृतलगायत पनि साँझ शिक्षक थापाको परिवारमा समावेदना दिएर फर्किने क्रममा पनि दुई वटा मोटरसाइकल पछाडि, त्यस अगाडि एम्बुलेन्स र त्योभन्दा अगाडि खत्रीको मोटरसाइकल भएको कुरा आएको छ ।’
एम्बुलेन्सबारे सोधपुछ अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी पुर्षोतमप्रसाद पान्डेले बताए । उनी उर्लेनिको बोर्डिङ स्कुल , ठुलापोखराकै अर्को बोर्डिङ्ग स्कुल हुँदै आठ वर्ष अघिदेखि राहत शिक्षकमा त्यस ठुलापोखरा माविमा पढाउन सुरु गरेका थिए ।