प्रदेशस्तरीय यु–१६ क्रिकेट
भैरहवा । रूपन्देहीको भैरहवामा जारी बलियो नेपाल प्रदेशस्तरीय यु–१६ टी–२० क्रिकेट प्रतियोगितामा बुधबारको दुई खेलमा रूपन्देही र कपिलवस्तु विजयी भएका छन् । रूपन्देहीले गुल्मीलाई ३२ रन र कपिलवस्तुले अर्घाखाँचीलाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन् ।
सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ गरेको रूपन्देहीले ९ विकेटको क्षतिमा १२१ रनको योगफल बनायो । उसका लागि प्रकाश गिरीले ३९ र विशाल भुसालले ३८ रन जोडे । बलिङमा गुल्मीका प्रशान्त श्रेष्ठ र विष्णु आलेले समान २÷२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको गुल्मीले ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनायो । उसका लागि विष्णु आलेले २६ र नवीन हिताङले २४ रन बनाए ।
बलिङमा रूपन्देहीका सुमित पराजुली, साजद आलम र सन्तोष यादवले समान २÷२ विकेट लिए । प्रकाश गिरी म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको अर्घाखाँचीले ८ विकेटको क्षतिमा १३२ रन बनायो । उसका लागि सागर खत्रीले ३१ र विजय पोख्रेलले २३ रन बनाए । बलिङमा कपिलवस्तुका विपीन खनालले २ तथा कम्रान खाँन र रोशन खाँनले समान १÷१ विकेट लिए । प्रतिउत्तरमा कपिलवस्तुले १७ ओभर २ बलमा २ विकेट गुमाउँदै १३३ रन बनाई लक्ष्य पूरा ग¥यो । उसका लागि रिषभ बेल्बासेले ५६ र रोशन खाँनले ४९ रनको योगदान गरे । बलिङमा अर्घाखाँचीका रोशन बञ्जाडेले १ विकेट लिए ।
रिषभ बेल्बासे म्यान अफ द म्याच भए । प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागी छन् ।