आर.सी. चापागाईं
वैज्ञानिक समाजवाद नेपालमा लोकप्रिय बनेको छ । वहसमा सिमित छ प्रयोग कम छ । सम्राजवाद – दलाल पूँजीवाद – संशोधनवाद राजकिय शक्ति सरकार चलाउँछन् । हाल डबल नेकपा केपी ओलीको सरकार छ । अर्को डबल नेकपा प्रचण्ड–माकुने प्रतिपक्ष जस्तो छ । मालेमावादी किरण र विप्लवको जनगणतन्त्र – नयाँ जनवादी – समाजवादी मोर्चाले उन्नत – वर्ग संघर्ष सत्ताको लागि शसक्त संघर्ष चलाएको छ ? यो सर्वहारा वर्गीय सत्ताकै लागि संघर्ष हो ?
चार कम्युनिष्ट पार्टीको – रणनीतिक संयुक्त मोर्चा संघर्षले सरकार र रणनीतिक मोर्चाको वार्ता टेबुलमा पुगेको – उठेको छ, राष्ट्रिय र केन्द्रिय राजनीतिक संघर्षमा उठेको छ । सरकार पनि ‘कम्युनिष्टकै’ वार्ता टेबुलमा पनि कम्युनिष्टकै शासक – शासन – सत्ता भने दलाल पूँजीपति वर्गको दलाल पूँजीवाद – कम्युनिष्ट सरकारकै वैकल्पिक सरकार (सत्ता) रणनीतिक संयुक्त मोर्चा भने सर्वहारा वर्गीय मोर्चा हो ?
नेपालको दलाल पूँजी वादी कम्युनिष्ट केपी ओली डबल कम्युनिष्ट सरकारसंग नेपाली सर्वहारा वर्गीय रणनीतिक सयुक्त मोर्चा राष्ट्रिय स्वाधिनता र जनजीविक – जनतन्त्रका जल्दो बल्दो प्रश्न – समस्याहरू वार्ताको टेबुलमा पेश गर्नेछ दुवै थरिले धेर थोर सम्बोधन गर्नुपर्ने छ, जनताले देख्ने छ राष्ट्रले वहस गर्ने छ जनता समक्ष आ–आफ्ना अनुहार समाधान प्रस्तुत गर्ने छन् । प्रत्येक १०÷१५ वर्षमा यसैखाले प्रश्न उठे । वर्ग अन्तर्विरोध – वर्ग शत्रुता, बाह्य शत्रुता बदलिंदै छ । नेपाल नवऔपनिवेशिक र सिक्किमी करणको भुमरीमा फसेको छ अर्थात दलाल पूँजीवादी र अर्ध सामन्ति मुलुक बनेको छ । यसविरुद्ध सर्वहारा वर्गीय वैकल्पिक सरकार उठेर सरकारसंग वार्ता सुरु भएको छ ।
गणतान्त्रिक संसदीय व्यवस्थाको जन प्रतिनिधि सभा विघटन गरेर ताजा संसद निर्वाचन बैशाख १९÷२७ गते केपी ओली सरकारले गर्ने घोषणा गरेका थिए । अनि रणनीतिक संयुक्त मोर्चाको वैकल्पिक सरकारको असरदार घटक नेकपा ‘विप्लव’ ले वार्ता टोली गठन गरी पठाएका छन् । समिक्षा सभाको माग रणनीतिक संयुक्त मोर्चाको पनि हो र वैकल्पिक सरकारले नेकपा उपरको प्रतिबन्ध हटाउन वार्ता सुरु गर्न राष्ट्र व्यापी आन्दोलान चलाई आएको छ ।
विघटित संसद वा संस्थागत संसद वा ताजा निर्वाचित जुन सरकार भए पनि नेपालकै संविधान ०७२ कै – सत्ताकै सरकार हो । यो सरकार संसदीय दलकै सरकार हो । दल दर्ता – पहिचानको सवाल निर्वाचनले निश्चित गर्ने छ प्रतिनिधि सभा भए पनि यो सरकार सत्ता र संसदकै हो । केपी ओली सरकारले वार्ताको साहस – आह्वान गरे । वार्ता सफल पनि भयो ।
वार्ता पनि जित हारको रिहरसल – पूर्व अभिनय – खेल राजनीतिक खेल – वर्ग संघर्ष हो । पूँजीवादी सरकार र रणनीतिक संयुक्त मोर्चाको वैकल्पिक सरकारबीचको यो वार्ता साहसी – जटिल – पेचीदो छ । असीमित छैन सीमित छ आ–आफ्ना पहिचान – अनुहार पेस हुने छ सीमित नै भए पनि हार जितको राजनीतिक मूल्यांकन वहस – नैतिक साहस प्रस्ट देखीन्छ । साँच्चै सरकारले वार्ताको साहस गरेमा वार्तामा मालेमावादी वा कम्युनिष्टले राख्ने शर्त सीमा दुबैले पेश गर्नु पर्नेछ मुलुक राजनीतिक ध्रुवी करणमा प्रवेश गर्ने छ । यो वार्ता दुरूपयोग गर्न वहस शक्ति केन्द्रहरू पनि सक्रिय हुने छन् । २००७, २०४६, २०६३ पछिको ठुलो बहस यसै २०७७ को यसै वार्तामा उठेको छ । सरकार र नेकपा विप्लव दुवैसंग सरकार – वैकल्पिक सरकार वा सेना र जनमुक्ति सेना पनि छन् ।
पूँजीवादी गणतन्त्रीय संसदीय व्यवस्थाको बलियो सरकार केपी सरकार हो । मूल रूपमा नेपाल सरकार र कम्युनिष्ट विद्रोहीबीच भयानक बहस वार्ता हुँदै छ । फाल्गुण २० गते सरकारले वार्ता सफल बनाएको छ । भयानक ÷ डर लाग्दो वार्ता भन्न सकिन्छ किनकि दुवैतर्फ सुरक्षा पनि – सैन्य पंक्ति छ । तर साम्राज्यवादी सरकार र माओवादी विद्रोहीबीचको यो वार्ताको रूपमा लिइन्छ । यो रणनीतिक संयुक्त मोर्चाको उद्देश्य पनि माओवादी पार्टीकै सपना तिर बढेको छ ।
लोकतान्त्रिक – संसदीय दलको रूपमा गठित केपी ओली सरकार आन्तरिक र बाह्य राष्ट्रिय रूपमा विचलनको भुमरीमा फसेको छ । नेकपा विप्लव मालेमावादी र रणनीतिक संयुक्त मोर्चा एवं विद्रोही जनसत्ताको रूपमा परिवर्तन भएको छ । प्रयोगमा अन्तर्राष्ट्रिय सर्वहारा शक्तिको एक टुकडीमा रूपान्तरित भएको छ । यस सन्दर्भमा नेपाली जनता आकर्सित – संगठित हुँदै छन् । यस सन्दर्भको उक्त वार्ता आवश्यक थियो र छ । सिद्धान्त – आँखा तेजिलो – प्रगतिशील मात्र हैन मालेमावादी दिशा पकडेको छ , सर्वहारा विचार पकडेको छ र माओवादी रणनीतिको ढाचामा बढ्दै छ । यसका कार्यदिशा – लक्ष्य साम्यवाद तिरै बढेको मनन गर्न सकिन्छ । आजको नेपालमा रणनीतिक मोर्चा नै सबै भन्दा माओवादी देखिन्छ । आजको सूचना साम्राज्यवादको चौधराहटविरुद्ध लड्ने माओवादी पार्टी नै साधन सम्पन्न र पूर्ण छ ।
धेरैले साम्यवाद – माओवादको वहस – प्रचार गर्छन् तर प्रयोग गर्ने रणनीतिक संयुक्त मोर्चाको आधार पत्र – वार्ता नै देखिन्छ । मालेमावाद – पुष्पलाल झापाली विद्रोह र नेपाली माओवादी जनयुद्धको प्रयोग यहि किरण नेतृत्व र विप्लव नेतृत्व नै उत्रेको छ रणनीतिक मोर्चा – वार्ता बढेको छ । उत्तर – साम्राज्यवाद छैन तर नवउपनिवेशवाद – भूमण्डलीय साम्राज्यवाद – दलाल पूँजीवादले संशोधनवाद्को पालन पोषण गरेको छ चलेको छ विरुद्धमा नयाँ जनवाद – वैज्ञानिक समाजवाद – माओवाद जुधेको छ ।
औसरवादी – संशोधनवादीले वार्तालाई दुरूपयोग गर्नेछन्, औसर सम्झने छन् , हिसाब किताब – माया गर्ने प्रयत्न गर्ने छन्, सरकारले आफ्नो आयु लामो गर्न खोज्ने छन्, सहयोग सम्झने छन् , रणनीतिक संयुक्त मोर्चाले कुटनीतिक – वैचारिक सांगठनिक श्रेष्ठता सिद्ध गर्न सर्वहारा सिद्धान्तमा अडिग रहनु पर्छ । वार्ता – वर्ग संघर्ष संगै बढाउनु पर्दछ मूल चुरो वर्ग संघर्ष हो ।
वर्ग संघर्षले साम्राज्यवाद – नवउपनिवेशवाद – संशोधनवाद नष्ठ गर्न, दलाल पूँजीवादलाई मूल शत्रु मान्दै नयाँ जनवादी क्रान्ति – सर्वहारा क्रान्ति अधिन क्रान्तिको निरन्तरता मै केन्द्रित भै माओवादी जनयुद्ध सञ्चालन गर्दै आएको छ माओवाद – सर्वहारावाद – साम्यवाद यस उत्तर साम्राज्यवाद र माओवाद बीचको संघर्ष गर्नु युग सिद्धान्त माओवाद पकडेर दलाल पूँजीवादसंग लड्न सकिन्छ । यस क्रममा वार्ता – कुटनीति एउटा कडी हो वार्ता विघटन – पून विघटन हुने प्रक्रिया दुवैतर्फलाई आवश्यक हुन्छ दलाल पूँजीवाद – उत्तर साम्राज्यवाद अन्तिम सास रहुन्जेल वार्ता – मूल संघर्षमा आड लिन्छ सर्वहारा नयाँ जनवादी क्रान्तिले वार्ता – मूल संघर्षबाट साम्राज्यवादको ध्वंश गर्दछ । वार्ताद्वारा संसदवादमा फसाउने काम संशोधनवादले गर्दछ ।
स्थापित हुने क्रममा रणनीतिक सन्तुलनमा हेरफेर हुने क्रम चल्दछ रणनीतिक पद्दति प्राप्त हुन्छ वार्ता आन्दोलनले रणनीतिक पद्दतिकै सेवा गर्दछ, मालेमावादको प्रयोग – रक्षा – आत्मसात गर्न सके वार्ता – संकट हल गर्दै जान सकिन्छ, माओवादको विकास हैन प्रयोग – आत्मसात गरौँ ।