रुपन्देहीको मोतिपूरमा बन्ने प्रदेशस्तरीय औद्योगिक क्षेत्र करिब शिलान्यास भएको छ । यो औद्योगिक क्षेत्र करिबएक हजार विगाहा इोत्रफलमा फैलिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बस्ती शाहेकको खाली जमिनमा औद्योगिक क्षेत्र बनाउने बताए पनि स्थानीय बासिन्दाले भने त्यसको विरोध गरेका छन् । औद्योगिक क्षेत्रभित्र करिब चार सय घर परिवार र उनीहरुले जोतभोग गरेको जमिन छ । सुकुम्बासी बस्तीका रुपमा विकास भएको यो बस्तीको जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा छ । औद्योगिक क्षेत्र निर्माणको सुरुवात हुनु आफैमा महत्वपूर्ण कुरा हो । तर त्यससंगै त्यहाँ रहेका नागरिकको बसोबासको व्यवस्था गर्न पनि चुक्नु हुँदैन । किनकी उनीहरु त्यहाँ लामो समयदेखि बस्दै आएका छन् । स्थानीय बासीको मागलाई सम्बोधन गर्दै औद्योगिक क्षेत्रको ािर्माण गरिनु पर्दछ । औद्योगिक क्षेत्र शिलान्यास हुँदा राजनीतिक रंग पनि देखिन गएको छ । कोही पनि विकास र निर्माण कार्यको विरोधी हुनु हुँदैन । जतिधेरै उद्योगहरु खोलिन्छ त्यति धेरै रोजगारीका अवसरहरु पनि सिर्जना हुन्छन् । बेरोजगारी अन्त्य हुनका लागि उद्योगहरु महत्वपूर्ण अवसरका रुपमा रहेका हुन्छन् । जनताको आय आर्जनमा वृद्धि हुनु भनेको देशले देखेको समृद्धिको सपना साकार हुनु हो ।
फेरि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले घर नभएको स्थानमा मात्रै औद्योगिक क्षेत्र निर्माण गर्ने योजना रहेको बताएको छ । यसको गुरुयोजना निर्माण भइसकेको छ । त्यसैले विकासको क्रममा आउने कतिपय सास्यालाई स्थानीयले सहजीकरण गर्नुपर्दछ । किनकी भोली औद्योगिक क्षेत्र निर्माण पछि सबैभन्दा धेरै अवसर त्यहीका स्थानीयले प्राप्त गर्न सक्दछन् । कुनै पनि राजनीतिक आवरणमा औद्योगिक क्षेत्र निर्माणको विरोध गरिनु हुँदैन ।
अहिले बुटवल औद्योगिक क्षेत्र साँघुरो भएको कारण पर्याप्त उद्योग खुल्न सकिरहेका छैनन् । यही कारण मोतिपुर औद्योगिक क्षेत्रको घोषणा गरिएको हो । जहाँ ठुला उद्योगका लागि एक सय १९ वटा, मझौला उद्योगका लागि ५१ वटा र साना उद्योगका लागि ९२ वटा प्लट निर्माण हुनेछन् । नेपालमा आयात प्रतिस्थापना गर्नका लागि पनि उद्योगहरु स्थापना हुन जरुरी छ । त्यतीमात्र होइन औद्योगिक क्षेत्रले रोजगारी सिर्जनासंगै आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने छ । त्यसैले विकासलाई रोक्ने काम कसैले पनि गर्नु हुँदैन । मातिपुर आसपासमा बस्ने स्थानीय भूमिहीनहरुलाई जमिनको मालिक बनाउँदै औद्योगिक क्षेत्र निर्माण गर्नु आजको आवश्यकता हो ।