सुनवल ७ र ८ नम्बर वडामा बन्न लागेको अस्पताललाई सो स्थानमा नबनाई वडा नं. ५ को वनकट्टीमा बनाउने निर्णय गरेपछि निर्माण विवादमा परेको हो ।
रामकुमार श्रेष्ठ

नवलपरासी
पश्चिम नवलपरासीको सुनवल वडा नम्बर ८ मा १५ शैयाको अस्पताल निर्माणका लागि डेढ वर्ष पहिला शिलान्यास गरीएको अस्पताल निर्माणको काम स्थानीय सरकारको अवज्ञाका कारण अस्पताल निर्माण अलपत्र परेको छ ।
संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सुनवल स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको अस्पताल निर्माणका लागि २०७६ साल भदौमा शिलान्यास गरेका थिए ।
सुनवल स्वस्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको अस्पताल निर्माणको विषयमा सुनवल नगरपालिकाले नै अवज्ञा गरेका कारण अस्पताल निर्माण कार्य अलपत्र परेको सुनवल स्वाश्थ्य चौकीका अध्यक्ष समेत रहेका वडा नम्बर ८ का अध्यक्ष निलकण्ठ गैरेले बताए ।
सुनवल स्वाश्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारको निर्णय भएअनुसार केन्द्र सरकारका राज्य मन्त्री यादवद्वारा डेढ वर्ष पहिला नै शिलान्यास गरिएको स्वास्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको अस्पताल निर्माणका लागि संघिय सरकारबाट पहिलो चरणको रकम नगरपालिकामा आएको भए पनि नगरपालिकाको कार्यालयले आवश्यक प्रकृया अघि नबढाई दिँदा अस्पताल निर्माण कार्य डेढ वर्षदेखि अलपत्र परेको सुनवल वडा नम्बर ७ का अध्यक्ष बसन्तराज दहालले बताए । वडा अध्यक्ष दहालका अनुसार स्वाश्थ्य चौकीको स्तरउन्नती गरी १५ शैयाको अस्पताल निर्माण गर्ने संघीय सरकारले निर्माण गरी नगरपालिकाको खातामा तीन करोड २३ लाख रुपियाँ रकम पठाई सकेको अवस्थामा नगरपालिकाले आवश्यक प्रकृया अघि नबढाई दिँदा अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
सुनवल नगरपालिकाको कार्यपालिकामा बहुमतका आधारमा सुनवल ७ र ८ नम्बर वडामा बन्न लागेको अस्पताललाई सो स्थानमा नबनाई सुनवल ५ को वनकट्टीमा बनाउने निर्णय गरेपछि अस्पताल निर्माण विवादमा परेको हो ।
संघीय सरकाको प्राविधिक टोलिले अहिले स्वास्थ्य चौकी रहेको स्थानमै अस्पताल बनाउने गरी डी.पी.आर. समेत तयार भइसकेको अवस्थामा नगरपालिकाको अवज्ञाका कारण डेढ वर्ष पहिले शिलान्यास गरेको अस्पताल निर्माण कार्य सुरु हुन सकेको छैन ।
स्वास्थ्य चौकी स्तरउन्नती १५ शैयाको अस्पताल निर्माण गर्ने निर्णयअनुसार सुनवल स्वास्थ्य चौकीलाई स्तरउन्नती गर्ने भनि निर्णय आएको भए पनि स्थानीय सरकारले आपूmहरूले निर्णय गरेको स्थानमा बनाउन पाउनु पर्ने भन्ने आसयका कारण नगरपालिकाको कार्यपालिकाको बैठकले सो स्वास्थ्य चौकी स्तरउन्नतीको अस्पताल अन्यत्र लैजाने निर्णय गरेपछि स्थानीय रूपमा विवाद सिर्जना भएको स्थानीयबासी बाबुराम पौडेलको भनाइ छ ।
संघीय सरकारले दिएको अस्पताल निर्माणको विषयमा नगर बैठकले स्पष्ट धारण नबनाएको भन्दै शुक्रबार भएको सुनवल नगरपालिकाको नगरसभा सुनवल वडा नम्बर ७ र ८ सबै जनप्रतिनिधिहरूले बहिस्कार गरेका थिए । सुनवल ८ र सुनवल ५ को वनकट्टी दुबै स्थानमा अस्पताल निर्माण गरिने गरी नगरपालिकाले छिट्टै निर्णय गर्ने गरी आन्तरिक काम गरिरहेको सुनवल नगरपालिकाका प्रवक्ता कृष्ण देवकोटाले बताए ।