चौथो बुटवल खुल्ला लनटेनिस प्रतियोगिता
बुटवल । चौथो बुटवल खुल्ला लनटेनिस प्रतियोगिताको तेस्रो दिनसम्मको खेलसम्म मेन्स डबल्सको छिनोफानो भएको छ । मेन्स डबल्सतर्फको उपाधि रितिक राना र नविन मगरको जोडीले हात पारेका छन् । मेन्स सिगलतर्फ सेमिफाइनलमा प्रनव खनाल, रितिक राना, निशान श्रेष्ठ र सन्तोष खत्री स्थान बनाएका छन् ।
वुमन्स सिगलतर्फको सेमिफाइनलमा पे्ररणा कोइराला, सलोनी तामाङ, मायाङ्का राणा र अभिलाषा विष्ट पुगेका छन् । वुमन्स डबल्सतर्फ पहिलो सेमिफाइनल खेलमा अभिलाषा विष्ट र इरा रावतको जोडीले नेपालको रेकिङका नम्बर वन खेलाडी प्रेरणा कोइराला र मायाङका राणाको जोडीलाई ६–३, ६–३ को सेट तथा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीले सलोनी तामाङ र आजा रेग्मीको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् । यसैगरी ३५ प्लस सिगलतर्फ सेमिफाइनलमा कमल भण्डारी, रामु बिक, राजन पौडेल र संजय प्रकाश श्रेष्ठ प्रवेश गरेका छन् ।
यसैगरी ४५ प्लस सिगलतर्फ चन्द्र शाही, गोपी भट्टराई, धर्म लामिछाने र उत्तम बोगटी सेमिफाइनल प्रवेश गरेका छन् । यसैगरी ३५ प्लस डबल्सतर्फ पहिलो सेमिफाइनल खेलमा कमल भण्डारी र राजिव श्रेष्ठको जोडीले हेमराज ढकाल र नीमा लामाको जोडीलाई ६–३, ६–४ पराजित गर्दै फाइनल प्रवेश गरेका हुन भने अर्को सेमिफाइनलमा लोक गुरुङ र राजन पौडेलको जोडीले बुटवलका अनिल सेन्चुरी र संजय प्रकाश श्रेष्ठको जोडीलाई ६–३, ६–१ सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका छन् ।
यसैगरी ४५ प्लस डबल्समा गोपी भट्टराई र धर्म लामिछानेको जोडीले गोपाल ज्ञवाली र अर्जुन गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेका छन् ।
तेस्रो दिनको २६ वटा खेल सकिएको प्रमुख प्रशिक्षक कृष्णराज घलेले बताए । चौथौ दिन विधागत खेलका फाइनल खेलहरु हुने उनले बताए ।
प्रतियोगिताको पुरुष÷महिला सिगलतर्फ उपाधि विजेताले नगद ४५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि सिगलतर्फ नै पुरुष ३५ वर्षमाथिको विजेता, उपविजेताले क्रमश नगद २० हजार र १० हजार, ४५ वर्षमाथिका विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा ५५ वर्षमाथि उमेर समुहको विजेता, उपविजेताले क्रमशः १० हजार र ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
डबल्सतर्फको प्रतियोगिताअन्तरगत पुरुष डबल्स÷महिला डबल्सको उपाधि विजेताले नगद १५ हजार, उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।
यसैगरी डबल्सतर्फ ३५÷४५÷५५ वर्ष उमेर माथिका विजेता, उपविजेतालाई क्रमशः नगद १५ हजार र १० हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।