आर.सी. चापागाईं
संस्थापक चार कम्युनिष्ट पार्टीले माघ २९ गते ‘रणनीतिक संयुक्त मोर्चा’ क्रान्तिकारी धार भन्दै ‘आधार पत्र’ सार्वजनिक गर्दै यही फाल्गुन ६ गते, बुटवल उप–महानगरपालिकमा आम सभा गरेका छन् ।
उक्त ‘रणनीतिक संयुक्त मोर्चा’ मा अन्य ‘कम्युनिष्ट पार्टी’ वामपन्थी, लोकतन्त्रवादी, देशभक्त, स्वतन्त्र व्यक्तित्व समेतलाई सहभागी–सदस्य बन्न आग्रह गरिएको छ । तर माओवादी पार्टी र व्यक्तित्वहरूलाई सहभागी बन्न आग्रह गरिएको छैन ।
रणनीतिक संयुक्त मोर्चाको लक्ष ‘वैकल्पिक सरकार, जनगणतन्त्र÷वैज्ञानिक समाजवाद’ किटान गरिएको छ । नयाँ जनवाद, नयाँ जनवादी क्रान्ति, सर्वहारा क्रान्ति, सर्वहारा अधिनायकत्व, माओवादी पार्टी, माओवादी जनयुद्ध, माओवादी अन्तर्राष्ट्रवाद, मालेमावाद, संशोधनवादविरुद्ध, महान सर्वहारा सांस्कृतिक क्रान्ति जस्ता कम्युनिष्ट संघटक, सिद्धान्तहरू, योजनाबद्धरूपमा बदर गर्न संशोधनवादी प्रपञ्च भएको छ । ‘कम्युनिष्ट, वामपन्थी, लोकतन्त्रवादी, देशभक्त’ हरूको रणनीतिक संयुक्त मोर्चा बनाउन माओवादी पार्टी, समूह, संगठन एवं व्यक्तित्व समावेश सहभागी हुँदैनन् भन्ने जगजाहेर नै छ । ‘कम्युनिष्ट पार्टी’ संसारभर संशोधनवादीमा रूपान्तरित भएका छन् तिनले माओवादी पार्टी, माओवादी ईन्टरनेशनललाई आक्रमण गर्दै शत्रु बनेका छन् ।
‘उत्पीडित जाति– राष्ट्र – राष्ट्रियता र सर्वहारा वर्ग एक हौँ’ भन्ने सिद्धान्त एवं विश्व भरका माओवादी पार्टीले नयाँ जनवादी क्रान्ति – माओवादी जनयुद्धको नेतृत्व गरेका छन्, संगै ‘कम्युनिष्ट, वामपन्थी, लोकतन्त्रवादी – देशभक्त’ को भण्डाफोर गरेका छन्, ग्रामीण वर्ग संघर्षमा केन्द्रित छन् । ‘कम्युनिष्ट, वामपन्थी, लोकतन्त्रवादी र देशभक्त’ हरूले वैकल्पिक सरकार कै माग गर्दछन् नेकपा÷नेकपा सरकारको ‘वैकल्पीक सरकार’ को माग नेपाली कांग्रेस दहाल – नेपाल – कम्युनिष्ट पार्टी एवं जनता समाजवादी पार्टी समेतले उठाएका छन् । रणनीतिक संयुक्त मोर्चाले पनि वैकल्पिक सरकार कै जंगी नारा छ ।
वैकल्पिक सरकारको लागि रणनीतिक संयुक्त मोर्चाको हो भने ओली सरकार सट्टा भर्ना हुन्छ । अनि वामपन्थी, लोकतन्त्रवादी, देशभक्तहरूको वैकल्पिक सरकार बनाउन संविधान – ०७२ ले नै सुनिश्चित गरेको छ, संसद – निर्वाचनबाटै हुन्छ ।
माओवादी जनयुद्धको उपज नयाँ जनवादी सत्ता ग्रामीण क्षेत्र हँुदै यो राजसत्ता – साम्राज्यवादी – सामन्ती सत्ता ध्वंश खडा हुन्छ तब जनगणतन्त्रको सरकार बन्छ सर्वहारा अधिनायकत्व खडा हुन्छ तब वैज्ञानिक समाजवाद निर्माण हुन्छ ।
कुन वर्गको दृष्टिकोणमा सर्वहारावर्ग – माओवादी कम्युनिष्टको वा बुर्जुवा कम्युनिष्टको दृष्टिकोणमा खडा छ ? आधारपत्र ? वा संशोधनवादी दृष्टिकोणमा ? प्रस्ट लेख्नु पर्छ । मालेमावादी – माओवादी निर्देशक हुनेछ भनिन्छ । नभने संशोधनवादी ‘आधार पत्र’ भन्ने हुन्छ । ‘९÷१२ सालका वारा पर्सा, रौतहटका किसान आन्दोलन, झापाली विद्रोह, माओवादी जनयुद्ध’ गोहीको आसु लोकतन्त्रवादीले खसाल्दैन केवल संशोधनवादीले खसाल्छ । कम्युनिष्ट (संशोधनवादी) वामपन्थी (प्रचण्ड–नेपाल–मसालवादी) लोकतन्त्रवादी कांग्रेस राप्रपा, जनता समाजवादी पार्टी देशभक्त आदिबाट रणनीतिक संयुक्त मोर्चाबाट वैकल्पिक सरकार भन्ने राजनीति खु्रश्चोभ व्रेभनेम – गोर्वाचोभको होइन र ?
वैकल्पिक सरकार गठन गर्न नेकपा विप्लवको प्रतिबन्धित अवस्था फुकुवा गर्नु प¥यो, जनमुक्ति सेना विघटन गर्नु प¥यो, ताजा निर्वाचनमा जानु प¥यो, केपी ओली सरकारलाई पराजित गर्नु प¥यो, तब वैकल्पिक सरकार हुन्छ, मोर्चा समेतको गठबन्धन सरकार बन्दछ, वैज्ञानिक समाजवाद यही संविधानमा छ नभएको नयाँ जनवादी क्रान्ति हो यो संविधानले बर्जित – बदर गरेको सर्वहारा अधिनायकत्व हो । रणनीतिक संयुक्त मोर्चाले पनि मूल बदर गरेको माओवाद, माओवादी जनयुद्ध, नयाँ जनवाद र सर्वहारा अधिनायकत्व आदि हो । रणनीतिक संयुक्त मोर्चाले माओवादी पार्टी नै बदर–नकार गरेको देखिन्छ । रणनीतिक संयुक्त मोर्चा बनाउने कुरा चर्चामा आयो । पहिलो ड्राफ्टमा प्रगतिशील लोकतान्त्रिक सरकार भनियो अनि पछिल्लो आधारपत्रले वैकल्पिक सरकार भन्न पुग्यो अब तेश्रो आधारपत्रले चुनावी घोषणापत्र लेख्ने हो कि ?
सम्राज्यवाद – संशोधनवाद – नेपाली घरेलु प्रतिक्रियावादी राजनीतिक वैचारिक आक्रमणले मालेमावाद – माओवाद उपर केन्द्रित गरेको छ । अनि देशभक्त उपर केन्द्रित छ । दर्जन जति संशोधनवादी कोर्ष – स्कुल – पार्टी खोल्दै माओवाद र राष्ट्रियता क्षत् विक्षत पारेको छ । माओवादी पार्टी – जनयुद्ध पुनःस्थापना गर्ने प्रयास नष्ट भ्रष्ट गरेको छ । यो आधारपत्र चुनावी घोषणापत्र जस्तै देखिन्छ । नेकपा क्रान्तिकारी माओवादी मालेमावादले सर्वहारावर्गको पार्टीको निर्देशन र रक्षा गर्दै आएको छ सर्वहारा नयाँ जनवादको लागि लडेको छ, माओवादी जनयुद्ध खडा गरेको छ । वर्नस्टिन – काटस्की, ख्रुश्चोभ, व्रेझ्नेभ – ल्यूशाओ – देङ्गशाओ सिजीनपिङ – ववअभाकियनले जनताको पार्टी लोकतान्त्रिक पार्टीमा बदलेका छन् भने रणनीतिक संयुक्त मोर्चा लोकतान्त्रिक – वैकल्पिक सरकारको मुद्दा उठाउँदै सर्वहारा – माओवादी पार्टीको मुलोच्छेद गरेका छन् – ‘न्यू कम्युनिज्म’ मा पुगेका छन् ।
मनमोहन – केशर रायमाझी – केपी ओली, हिन्दू राजमा पुगे । महाकाली सन्धी – एमसीसी ल्याए, नेकपा ओली समूहले संसदकै हत्या गरे भने झैँ रणनीतिक संयुक्त मोर्चा – आधारपत्रले मूलत माओवादी खारेजी र वैकल्पिक सरकारको सदर गरेको छ । मनमोहनले नेकपाको प्रतिबन्ध फुकुवा गरेझै प्रतिबन्धित नेकपाको फुकुवा गर्न संसद हत्या गर्ने केपी ओली सरकारसंग वार्ता गरेका छन् ।
वाम मोर्चा, वाम – लोकतान्त्रिक मोर्चा २०४६ सालबाट नेपाली कम्युनिष्टले खडा गरे । पून अनमीनले ०६२ सालमा खडा गरे । त्यस्तै खडा गर्न रणनीतिक मोर्चा – आधारपत्रले कम्युनिष्ट, वामपन्थी, लोकतन्त्रवादी र देशभक्तलाई आह्वान गर्दै वैकल्पिक सरकार – सत्ता शेयरको मुद्दा उठाएको छ । ‘रणनीतिक मोर्चाको आधारपत्र’ का कार्यदिशा – कार्यक्रम गलत भएमा, संशोधनवादी भएमा मूलत ः वर्ग दृष्टिकोण गैर मालेमावादी संसदवाद हात लाग्छ । क्रान्ति भनेको सामाजिक क्रान्ति, नयाँ जनवादी क्रान्ति सर्वहारा क्रान्ति वा साम्यवादी क्रान्ति मात्रै हुन्छ, निर्देशीका माओवाद हुन्छ, माओवादी पार्टी योद्धा – संगठक हुन्छ, माओवादी विज्ञानको नाम शब्द शक्ति उच्चारण गर्न आधारपत्रमा संशोधनवादले प्रतिबन्ध लगाएछ । माओवादी रणनीतिक आधारपत्र चाहिन्छ क्रान्ति गर्न । कम्युनिष्ट आन्दोलनमा संशोधनवादको तितो कष्ठ पूर्ण रक्तरंजीत इतिहास छ । त्यो नेपालीले पनि व्यहोरेका छन् । कार्यनीतिक एकतामा पनि वैकल्पिक सरकार, निर्वाचन प्रयोगको जालोमा क्रान्तिकारी वर्ग – सर्वहारा वर्ग – जनता – श्रमजीवी समुदायलाई पार्ने प्रयास नगरौं ।