परासी । पश्चिम नवलपरासीमा पहिलो चरणको स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । पश्चिम नवलपरासीका सात वटै स्थानीय तहहरूमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, पाल्हीन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, सरावल गाउँपालिकामा पहिलो चरणको स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरिएको स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक मनोज पौडेलले जानकारी दिए ।
आम नेपाली नागरिकहरूको स्वास्थ्य उपचारमा सहज पहँुच पु¥याउने र स्वास्थ्य उपचारमा हुने अनियमित खर्चलाई न्यूनीकारण गर्ने उद्देश्यले उक्त कार्यक्रमकोे अयोजना गरिएको पौडेलले बताए ।
नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ भने संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरूको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी उल्लेख गरिएको छ ।
पहिलो चरण सुरुवात गर्ने र पूर्व तयारी गर्ने रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, पाल्हीन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, सरावल गाउँपालिकामा प्रतिनिधि तथा सरोकारवालाहरूरसंग स्वास्थ्य बीमासम्बन्धी अभिमुखिकरण गरिएको पौडेलले जानकारी दिए ।
उनको अनुसार स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरंग, अन्तरंग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने भएका छन् ।
स्वास्थ्य बीमा कार्यक्रम जिल्लाभर लागू गर्न सबै स्थानीय तहका वडा–वडामा दर्ता सहयोगी जनशक्ति नियुक्त गरिने छ , जिल्लाका १८ वडामा एक÷एक जनाका दरले सहयोगी नियुक्त गर्नुपर्छ ।
सोहीअनुरूप रामग्राम नगरपालिकामा प्रतिनिधि तथा सरोकारवालाहरूसंग स्वास्थ्य बीमासम्बन्धी अभिमुखिकरण एक दिने कार्यक्रम सम्पन्न भएको छ । रामग्राम नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिृकत रूद्रप्रसाद रेग्मीको अध्यक्षतमा भएको कार्यक्रममा रामग्राम नगरपालिका उपप्रमुख रम्भा कँुवरले विपन्न र असहाय परिवारका लागि यो अझै प्रभावकारी हुने बताउँदै हामी जनप्रतिनिधिहरूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन । सुक्रौली स्वास्थ्य चौकीका प्रमुख बालिराम सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष जीतेन्द्रप्रसाद गुप्तालगायतले बोलेका थिए । कार्यक्रममा रामग्राम वडा नं. १ देखि १८ सम्मका वडाअध्यक्ष कार्यपालिकाका सदस्यहरूको उपस्थिति रहेको थियो ।