पाल्पा । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले पाल्पामा उपशाखा कार्यालय औपचारिक रुपमा सुरुवात गरेको छ । तानसेनको बर्तुङ्गमा नयाँ उपशाखा खोलिएको हो ।
कम्पनीका अध्यक्ष उमेशचन्द्र उपाध्याय र प्रमुख कार्यकारी अधिकृत डा. डिल्लिराज अर्यालले एक संक्षिप्त्त कार्यक्रमका बिच कार्यालयको समुद्घाटन गरेका हुन् ।

कम्पनीका अध्यक्ष उपाध्यायले उपशाखा सञ्चाल सँगै पाल्पा गुल्मी स्याङ्जा लगायतका क्षेत्रमा गुणस्तरीय र भरपर्दो बीमा सुविधा विस्तारमा सहज हुने विस्वास व्यक्त गरे।

प्रमुख कार्यकारी अधिकृत डा. अर्यालले पाल्पामा शाखा खुले सँगै मोटर बीमा लगायत अन्य बीमा सम्बन्धी कार्यका लागि थप सहज भएको व्यवसायिक सम्बन्ध विस्तारमा कम्पनी प्रतिबद्ध भएको बताए ।
कम्पनी सचिव निरन्जन आचार्यले लुम्बिनी र गण्डकी प्रदेशका केही पहाडी जिल्लाका सेवाग्राहीलाई सहजताका लागि उपशाखा खोलिएको बताए । यसले व्यवसाय प्रवर्द्धनमा टेवा पुग्ने उनको विश्वास छ ।

कार्यक्रममा नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघका लुम्बिनी प्रदेश संयोजक डिल बहादुर ढुङ्गाना, जिफन्ट पाल्पाका चन्द्रकान्त न्यौपाने, श्रीनगर यातायात सेवा कम्पनीका महासचिब जगत बराल, यातायात ब्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख बिष्णु खनाल लगाएतका बक्ताहरुले गुणस्तरीय सेवा प्रदान गर्न र बिमाको झन्झटिलो ब्यवस्थालाई सरल बनाउनेतर्फ जोड दिएका थिए ।

पाल्पा उपशाखा प्रमुख सबिन पौडेलले २०७७ मङ्सिर देखि कारोबार सुरुवात भएको र यो अबधिमा २ हजार ३ सय भन्दा धेरै सेवाग्राहीले सेवा लिएको जानकारी दिए ।निर्जिवन बीमा क्षेत्रक्क एकमात्र सरकारी बीमा कम्पनी हो ।

कम्पनीले यसअघि बुटवलमा विमा अभिकर्ता तालिम सञ्चालन गरेको थियो ।