लवकुमार अधिकारी
युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ती हो । युवा देशका महान हस्ती हुन्, युवा परिवर्तनका सम्बाहक हुन्, युवा वर्तमानका साझेदार हुन् । युवा उमेर मात्र होइन, युवा प्रवृत्ति हो, दृष्टिकोण, जोस जागर र हिम्मत हो । अझ साच्चै भन्नु पर्दा युवा देशको मेरूदण्ड हो । यी भनाइहरू केवल नेताहरूले, मोटिभेट गर्ने सहकर्ताहरूले र अग्रजहरूले युवाहरूलाई हौसाउने शब्द मात्र सीमित भएको देखिन्छ । युवाहरू आर्थिक, सामाजिक, राजनैतिक र सास्ंकृतिक रूपान्त्रणका अग्रदुत पनि हुन् । थाहा, हँुदाहँुदै पनि स्थानीय सरकारमा प्रतिनिधित्व गर्ने जिम्मेवारी बोकेका सरोकारवाला निकायहरू युवाप्रति त्यति सन्तोषजनक भने देखिंदैनन् । एक तथ्यांकअनुसार नेपालमा कुल जनसंख्या मध्ये १६ वर्ष देखि ४० वर्ष उमेरका ४०.४३ प्रतिशत युवा देख्न सकिन्छ । झन्डै तिनवर्ष यता संघीय संरचना अनुसार स्थानीय सरकार आइसकेपछि पनि केही प्रतिशत युवाहरू गाउँमा बस्नै चाहेका छैनन् र उनीहरूले सम्भावना नै देखेका छैनन्् । विभिन्न खाले आर्थिक र राजनीतिक कारणले गर्दा वैदेशिक रोजगारको ढोका ढक्ढकाउन बाध्य भएका छन् ।
संघीय संरचनाअनुसार लुम्बिनी प्रदेशभित्र पर्ने प्यूठान जिल्लामा नौ स्थानीय तह रहेको जिल्ला हो । दुई वटा नगरपालिका र सात गाउँपालिका रहेको त्यसमध्ये जनसंख्या र भुगोलको हिसाबले अन्य स्थानीय तहभन्दा सानो माण्डवी गाउँपालिका हो । वि.स. २०६८ सालको जनगणनाअनुसार १५ हजार ५८ जम्मा जनसंख्या रहेको छ । ३ हजार ६८ घरधुरी रहेको माण्डवीमा लगभग सबैजसो घरधुरीबाट रोजगारीको शिलशिलमा युवाहरू भारत तथा तेस्रो मूलुकमा गएका छन् ।
चुनाव ताका पार्टीको झण्डा बोकेर हिंडेका युवाहरू पछिल्लो समय अर्थात अहिले टोल–टोलमा, चोक–चोकमा जुटपत्ति, लुडो र क्यारम्बोट खेलमा व्यस्त देखिन्छन् । जुन किसिमले झण्डा र झोला बोकेर गाउँ–गाउँमा हिंडेका थिए त्यसमध्ये अधिकांश युवाहरू त तेस्रो मूलुक प्रवेश गरिसकेका छन् । केही युवाहरू मात्रै गाउँमा यदाकदा देख्न पाइन्छ ।
मेरै गाउँपालिकाको कुरा गरौं । प्यूठानको नौ वटा स्थानीय तहमध्ये जनसंख्याको हिसाबले र उमेरको हिसाबले सबैभन्दा कान्छो पालिका हो । सिंगो पालिकाको नेतृत्व गर्नुभएका अध्यक्ष र मेरो उमेरमा दुई÷अढाइ वर्षको अन्तर होला । तर, पालिका अध्यक्षले जुन कुरामा युवालाई समेटेर लग्नु पर्ने हो जस्तै– युवा स्वरोजगार योजना, युवा लिडरसीप टे«निङ, युवा उद्यमशीलता टे«निङ, वैदेशिक रोजगारबाट फर्केर आफ्नो सीपअनुसारको व्यवसाय गर्ने चाहाना भएका युवालाई विशेष किसिमका अनुदान, सहज बैंकिङ लोन प्रकृया, ब्याज अनुदान अथवा गाउँपालिका नै जिम्मेवार भएर त्यस्ता युवाहरूलाई खोजि गरेर आफ्नो पालिका भित्र के–कस्ता सम्भाव्यताहरू छन् । सोहीअनुसारका कार्यक्रमहरू अगाडि सार्नु पर्ने थियो । वैदेशिक रोजगारमा रहँदा युवाले सिकेको सीप, दक्षता, देखेका बुझेका अनुभवीलाई पुस्तिकामा मात्रै सीमित नगराई कार्यक्रम नै अगाडि सार्नु पर्ने हो । तर, निर्वाचित भएर तीन वर्ष बितिसक्दा पनि त्यसो हुन सकिरहेको भने छैन । छ, त केवल राजनैतिक बल जबरजस्त सिफारिस भएका नेता तथा कार्यकर्ताहरूलाई अनुदान, क्षमता नभएकाहरूलाई पनि राजनैतिक दबाबद्वारा रोजगारी, फरक पार्टीका युवालाई गरिने भेदभावले मेरो पालिका पनि अछुतो रहेन ।
युवाहरू बेरोजगार भएकै कारण विदेशीएको ठ्याक्कै यति हो भन्ने तथ्यांक नभएपनि करिब ४० लाख नेपाली संसारको विभिन्न ठाउँमा रहेको तथ्यांक छ । प्यूठानकै परिवेश हेर्दा नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउनकै समयमा आएका ११ हजार नौ सय ८२ जना क्वारेन्टाइनमा बसेका थिए । जसमध्ये माण्डवी गाउँपालिकाको एक हजार ७३ जना थिए । आर्थिक तथा राजनीतिकमा ती युवाहरूलाई स्थानीय सरकारले जोड्न भने सकेन । जब लकडाउन खुकुलो हँुदै गयो भारत तथा तेस्रो मूलुक जाने युवाको संख्या ह्वात्तै बढ्यो । अझ यतिबेलाको राजनैतिक माहोल हेर्दा झन उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भएको देख्न सकिन्छ । यो अर्थमा की शिक्षित युवा गाउँमै छैनन् भनेको चाहीं होइन । शिक्षित भएर पनि चेतनाको कमी, चरम गरिबी, नेताहरूको नकारात्मक प्रभाव, व्यवसायमाथि राजनैतिक हस्तक्षेप, स्थानीय उत्पादनलाई बेवास्था गरिनु, चुनाव ताका नेताहरूले आफूसंग हिंडेका युवालाई मात्रै प्राथमिकता दिनु तर, वैदेशिक रोजगारबाट फर्केका युवालाई बेवास्था गरिनु, सिंगो पालिकाको अभिभावकले नै जनता बीच विभेद गरिनुलगायतका कारणले गर्दा युवाहरू नचाहाँदा नचाहाँदै पनि वैदेशिक रोजगारीमा होमिएको यर्थाथ हो भने, केही युवामा निरासापन, दुव्र्यसनमा फसेका, घरखर्च व्यवस्थापनमा संकट र महँगी जसको कारणले गर्दा वैदेशिक रोजगारीलाई बिट मारेर स्वदेश भित्रिएका ती युवाहरू पनि पुन ः वैदेशिक यात्रा तय गरेको प्रस्ट देख्न सकिन्छ ।
युवा वर्गले अन्य पेशाभन्दा चाँडो कमाउने उद्देश्यले राजनीति पेशालाई बुझ्न थालेका छन् । उद्देश्य नै चाँडो कमाउने राखेर राजनीतिमा प्रवेश गरेका केही युवाहरूले राजनीतिलाई सही दिशामा त लादैनन् अर्कोतर्फ मूलुकमा आवश्यक पर्ने युवाहरूलाई स्थान पनि दिँदैनन् । अघिल्ला विभिन्न व्यवस्थाले युवाहरूलाई समेट्न सकेको थिएन । स्थानीय सरकार आइसकेपछि युवाहरू नै नेतृत्वमा पुगेका छन् । तर, युवाले आफ्नो गाउँ ठाउँको विकास गर्ने योजना भएका युवाशक्तिलाई न त परिचालन गरेका छन्, न त कुनै अवसर दिएका छन् । यदि यस्तै व्यवस्था रही रहने हो भने अबको केही वर्षमै विकासको अवधारणा भएका, पढेलेखेका, हातमा सीप भएका, लाखांै खर्च गरेर व्यवसाय गरेका युवाहरू सबै बाहिरिएर गाउँमा युवाशक्ति नै नभेटिएलान् भन्न सकिन्न । तसर्थ यसतर्फ स्थानीय सरकार बेलैमा सचेत बनोस् ।
(लेखक–माण्डवी ग्रामीण विकास संस्था प्यूठानका अध्यक्ष हुन)