आर.सी. चापागाईं

नेपालको रचना नेपाली समाजले गरेको सन्दर्भमा नेपाल उपर ब्रिटिश भारतको ईष्ट इण्डीय कम्पनीले औपनिवेशिक आक्रमण र सिक्किमीकरणको विरुद्ध नेपाली समाज, नेपाल राज्य, नेपाल राष्ट्र, नेपाली सम्राट नेपाली जनता, देशभक्त र माओवादी कम्युनिष्ट पार्टी नयाँ जनवादी क्रान्तिकारी, नेकपा (पुष्पलाल), नेकपा (को.के), नेकपा (मशाल), नेकपा (माओवादी जनयुद्ध) रणनीतिक संयुक्त मोर्चा, जनगणतन्त्र वैज्ञानिक समाजवादी सत्ताले वर्ग संघर्ष चलाएका छन् । वर्तमान स्थितिमा साम्राज्यवाद – सामन्तवादविरुद्ध नयाँ जनवादी क्रान्तिको कार्यक्रम – रणनीतिक संयुक्त मोर्चाको वर्ग संघर्षको घोषणापत्र अथवा रणनीतिक संयुक्त मोर्चा (२०७७ माघ २९ गते)को ‘आधार पत्र’ प्रकाशित भएको छ । चार कम्युनिष्ट नेता – नेत्रविक्रम चन्द, मोहन वैद्य, आहुती, ऋषि कट्टेलले हस्ताक्षर गरेका पत्र प्रकाशित छ ।
नेकपाका संस्थापक महासचिव क. पुष्पलाल, (००६ बैशाख १० देखि २०३५ श्रावन ७ गते सम्म) झापाली माओवादी विद्रोह (०२८–०३९) नेकपा (मसाल–माओवादी) २०४२–६२ अनि यसका नेताहरू शृंखलाबद्ध पुष्पलाल, मोहन वैद्य, नेत्र विक्रम चन्द देखिएका छन् । नयाँ जनवादी क्रान्ति – जनगणतन्त्र – वैज्ञानिक समाजवादी सत्ताको लागि संघर्ष नेपाली क्रान्तिको मूल बाटो बनी आएको छ । अब गत २९ गतेको ‘रणनीतिक संयुक्त मोर्चाको आधार पत्र’ हेरांै ।
नेपाली माओवादी जनयुद्धको सञ्चालक नेतृत्व प्रचण्ड गुटले गद्दारी – विश्वासघात गरेको विरुद्ध, किरण, सिपी गजुरेल, विप्लव आदीले भण्डाफोर र दुई लाइन संघर्ष गर्दै आज आएर रणनीतिक मोर्चाको गठन गर्न पुग्नु भएको छ ।
‘जनगणतन्त्र – वैज्ञानिक समाजवादी सत्ताको लागि रणनीतिक संयुक्त मोर्चा’ गठन गर्दै त्यसको ‘आधारपत्र’ प्रस्तुत गर्ने चार कम्युनिष्ट नेतृत्व (पार्टी) अग्रसर भएका छन् । यसैलाई ‘नयाँ जनवादी क्रान्ति – सत्ताको लागि रणनीतिक संयुक्त मोर्चा’ को आधार पत्र भन्न सकिन्छ ? सकिन्छ स्वागत छ । ‘माओवादी रणनीतिक संयुक्त मोर्चाको नयाँ जनवादी सत्ताको लागि आधारपत्र’ भने पनि हुन्छ ।
जातीय मुक्ति – स्वाधिनता – सर्वहारा क्रान्तिका लागि नया जनवादी क्रान्ति – सत्ता ‘माओवादी पार्टी’ का विश्वव्यापी – सार्वभौमिक राजनीतिक एजेण्डा बनेका छन् । माओ शतवार्षिकी ‘रिम घोषणा’ र माओवादी पार्टी संगठनको ‘मई १ ०१६ प्रतिबद्धता पत्र’ मा निर्देशीत हुन् । साम्राज्यवादको नवउपनिवेसिशक संसारमा चालु माओवादी जनयुद्धका सार्वभौमिक सिद्धान्त नेपालको क्रान्तिमा नानाथरी – अनेकथरी – बटारबुटुर गर्नु विशिष्ठता, समृद्धि, विकास र नयाँ अनुभव र संदेश हो कि ? शक्ति सन्तुलनको नीति वा तुष्टि करणको पोलिसी हो कि ? मालेमा अध्यपन केन्द्र ०४९, माओवादी कम्युनिष्ट केन्द्र – ०४९ वा माओवादी कलेज बुटवल – २०२० ले अध्यपन मनन् गर्दै नयाँ जनवादी क्रान्तिको मूल बाटोको रूपमा ‘रणनीतिक संयुक्त मोर्चाको’ गठन र ‘आधार पत्र’ लाई वहस – प्रयोग गर्दै छ ।
नेकपा÷नेकपा ओली समूह र नेकपा प्रचण्ड समूहबीच सत्ता सरकार पद लुटको प्रतिष्पर्धा चुलिंदै संसदवादी खेल चम्केको छ । नेकपा विप्लव समूह समक्ष अन्य वैज्ञानिक समाजवादी सत्ता पक्षले सैद्धान्तिक हतियार बुझाएका छन् फलतः नेपाली क्रान्तिको कार्यक्रम – कार्यदिशा – रणनीति – मूलबाटो – आमबाटो अथवा मालेमावादी – ऐतिहासिक भौतिकवादी सिद्धान्त नयाँ जनवादी क्रान्ति – सर्वहारा अधिनायकत्वको कार्यक्रम – टोटल छाडिएको छ । चार दलीय रणनीतिक संयुक्त मोर्चाको ‘आधारपत्र’ रिम एवं माओवादी मई दिवस प्रतिबद्धताविरुद्ध केन्द्रित छ चाहे ‘प्रगतिशील सरकार’ वा वैकल्पिक सरकारका ‘मूलबाटो’ होस् । यसरी नेपाली कम्युनिष्ट आन्दोलन समग्र रूपमा ‘मालेमावादी मूलबाटो’ बाट हटेको – कटेको – पल्टेको – लडेको छ । किरण नेतृत्व समेत पल्टी खाएको छ । ‘भिरमा लडेको गोरूलाई काँध थाप्न मिल्दैन’ । सर्वहारा विज्ञान – सर्वहारा अधिनायकत्वविरुद्ध खडा नेकपा÷आन्दोलन संसद्वादी भएको छ । दुःख मुर्छित हेैन ‘ऐतिहासिक भौतिकवाद – सर्वहारा वर्गको उर्जा माओवादी पार्टी – जनयुद्ध’ को मूलबाटो सके जति – जहाँबाट पनि प्रचार गरौ ‘माओवादी कलेज सक्रिय पारौं’ । विश्व सर्वहारा वर्गको मूल बाटो – मालेमावादी – नयाँ जनवादी क्रान्ति÷ सर्वहारा अधिनायकत्वको कार्यनीति÷रणनीति हो प्रचार गरांै÷संगठित होऊ । माओवादी योद्धा बनौ मूल चुरो हो ।
कारपोरेट वित्तीय साम्राज्यवाद (एकाधिकारी पुँजीवाद) सूचना – प्रविधि विज्ञानबाट उत्पीडित जाति र सर्वहारा वर्ग उपर विश्वव्यापी हमला गरेको छ अर्थात इन्टरनेट हमला गरेको छ माओवाद उपर आक्रमण गरेको छ, नव संशोधनवादबाट संशोधनवादी ईन्टरनेटको स्वामित्व लिएर हमला गरेको छ । सूचना साम्राज्यवादले संशोधनवादी इन्टरनेट मोबाइलबाट सर्वहारा वर्गलाई तितर वितर भ्रमीत पारेको छ । सर्वहारा वर्ग, ग्रामीण वर्ग संघर्षले ‘वैकल्पिक सरकार’ हैन नयाँ जनवादी ग्रामीण सरकार खडा गर्छ । नेपाली कम्युनिष्ट आन्दोलनबाटै सर्वहारा वर्ग, माओवादी जनयुद्ध, नयाँ जनवादी क्रान्ति, ग्रामीण वर्ग संघर्ष, सर्वहारा वर्ग अधिनायकत्व, माओवाद संशोधनवादले हटाउन – नष्ट गर्न लगभग सक्षम भएको छ फलतः कम्युनिष्टले नै सरकारी पञ्च ¥याली र सरकारी प्रतिपक्ष ¥याली एवं वैकल्पिक सरकारको माग चलाएका – मच्चाएका छन् साम्राज्यवाद खित्का छाड्दै हाँसेको छ । यमराजले लाज मानेर दिल्ली – काठमाण्डु दरबारमा सिगारीदैछ ।
जबसम्म पुँजीवाद वर्गको साम्राज्यवाद, नव उपनिवेशवाद साम्राज्यवादी युद्ध, नव संशोधनवाद पुँजीको श्रम शोषण भैरहने छ तबसम्म उत्पीडित जाति र सर्वहारा वर्गको नयाँ जनवाद÷माओवादी जनयुद्ध हो ।
विश्व नयाँ जनवादी – सर्वहारा क्रान्तिको बाटो खन–जोत – सफा सुघ्घर सर्वहारा वर्ग –नयाँ जनवादी क्रान्तिले खोलेर १२ लेनको – चौतर्फी बनाएको छ नेपाली क्रान्तिको बाटो पनि खोली सकिएको छ । चौतर्फी खनिएको मूलबाटो माओवादी जनयुद्ध – ग्रामीण वर्ग संघर्ष हो भनिएकै छ यस बाटोमा अवरोध गर्ने साम्राज्यवाद – संशोधनवाद (नेपाली दलाल पुँजीवादी शासक वर्ग सत्ता हो – सिक्किमी करण हो । युरेनियम परियोजना – ःऋऋ सिक्किमी करण विरुद्ध खडा हुनुछ – नयाँ जनवादी क्रान्ति एवं माओवादी जनयुद्ध पून पून संगठित गर्नु हाम्रो मूल बाटो हो ।
यो युरेनियम परियोजना – सिक्किमी करण र विआरआई – लिपुलेक सन्धीले नेपाललाई सैन्य अखडा – केन्द्र बनाउँदै छन् यसविरुद्धको मूलबाटो माओवादी जनयुद्ध हो । अत्याधुनिक – सूचना साम्राज्यवाद – भूमण्डलीय पुँजी विज्ञानविरुद्धको रणनीतिक सैन्य कार्यनीतिसंग लड्ने सर्वहारा युग रणनीति कार्यनीतिक मूलबाटो केवल एक – अद्वैत माओवादी जनयुद्ध सूचना विज्ञान नै हो – सर्वहारावर्गको ।