कल्पना समर्पण

तिम्रो महान बात्सल्यलाइ सम्झिएर रुन्छु आमा ।
पल पलमा बिछोडको घाउ बल्झिएर रुन्छु आमा ।।

सपनीमा आउछेउ बोल्दिनौ केही किन होला ??
फेरि आफै हराउँछेउ ब्युझिएर रुन्छु आमा

तिम्रा सपना थियो कि केहि मैले पूरा गर्नु पर्ने,
भनिनौ केही फेरि कोल्टे फर्किएर रुन्छु आमा ।

उजाडियो माइती घर बाबाको त कुरै छोड्नु,
हरेक पलमा तिम्रो अभाव खड्किएर रुन्छु आमा ।।