• मंगलबार, चैत्र ६ २०८०

ऐतिहासिक सरकार

825
Shares
  • 825
    Shares

श्रीराम ज्ञवाली
नेपाल विश्वकै सर्वाेच्च शिखर सगरमाथा, मानवताका प्रतीक गौतम बुद्ध, महान नेता मदन भण्डारीको देश हो ।
यहाँका प्राकृतिक स्रोत, साधन, भौगोलिक विविधता, अनेकतामा एकता हाम्रो पहिचान हो । विश्वको इतिहासमै सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र हो । सम्भावना नै सम्भावना रहेको देश हो । हामी भातृत्वमा केन्द्रित रहेर स्थानीय साधन, स्रोत र जनशक्तिलाई उपयोग गरी स्वावलम्बी हुन आवश्यक छ ।
यसै अनुरूप स्थिरताबाट अल्पकालीन योजनादेखि दीर्घकालीन विकासका योजनाहरू पूरा गरी समृद्धिको यात्रामा अगाडि बढ्न सकिन्छ । यही प्रमुख अभिप्रायले स्थिर सरकार बनि समृद्धिको यात्रामा अगाडि बढ्यो । सरकारलाई यथेष्ट सहयोग गर्नु आजको आवश्यकता थिये। । वर्तमान सरकारले राष्ट्रियताका सवालमा नक्सा पारित गर्नदेखि स्वतन्त्रताका विषयमा स्वावलम्बी बन्नका लागि यथेष्ट ऐतिहासिक कामहरू गरेको छ ।
विकास निर्माणका सिलसिलामा ठूलाठूला गौरवका आयोजनाहरू रेल, पानी जहाज, हावाबाट बिजुली, ग्यासका पाइपहरू, जडानका पाईपबाट इन्धन आपूर्ति गर्ने, सुरूङ मार्ग जस्ता महत्वपूर्ण कामहरू तीब्र गतिमा अगाडि बढिरहेका छन् । यसैगरी विपन्नलाई सम्पन्नतातिर केन्द्रित गराई भूमिहीनलाई भूमि, मेहनत गरेर खान लगाउन नपुग्नेहरूलाई व्यवस्थापन, स्वास्थ्य क्षेत्रमा शिक्षा क्षेत्रमा रोजगारका क्षेत्रमा अत्यन्तै महत्वपूर्ण कामहरू सरकारले गरिराखेको छ । यसैैगरी उद्यमी व्यवसायी, कर्मचारी ,असहाय सबैको लागि समाजमा सहज हुने गरी वातावरण निर्माण गरेको छ । विकासका सम्पूर्ण पूर्वाधारहरूलाई प्रमुख एजेण्डा बनाई कार्यान्वयन गरिरहेको छ । सरकारले सबै वर्ग, जातजाति भाषाभाषी, धर्मसंस्कृति, सबैलाई समेट्ने गरी अगाडि बढेको छ । देशमा सुशासन कायम गर्नका लागि विकृतिहरूलाई, दुष्कर्मीहरूलाई दण्डित गरेको छ । सकारात्मक नागरिकहरूलाई जीवनस्तर उठाउन उर्जा थपेको छ । यसरी देश र जनताका लागि लागि परेको सरकारलाई दुष्भाव राख्ने व्यक्तिहरूले असहयोग गरिराखेका छन् । यस्तो ऐतिहासिक देशमा नराम्रा पक्षहरू बढिरहेका छन् । यहाँ हिंसावाद, तिकडमवाद, फुटवाद, गुटवादले समाजमा, देशमा अशान्ति मच्चाइरहेका छन् । सरकारका राम्रा कामहरूको पनि गलत प्रचार गरी जनतामा भ्रम सिर्जना गर्ने त्यस्ता व्यक्तिहरू लागि परेका छन् । सरकारले यस्ता प्रवृत्तिहरूलाई जेलनेल गरेर यात्रामा अगाडि बढ्नु पर्छ । यहाँ राम्रो व्यक्तिको अगुवाईबाट सबैलाई राम्रो हुन्छ भन्ने चेतना छाडेर उ अगाडि बढ्यो भने मेरो अस्थित्व रहन्न भन्ने गलत चिन्तन लाग्नेको बाहुल्यता कम गरी चेतनास्तर बढाउन आवश्यक छ ।
हामी स्थानीय साधन, स्रोत जनशक्तिलाई परिचालन गरी स्वावलम्बी बनी चेतनास्तर बढाउँदै, देशलाई अगाडि बढाउँदै, बाह्य देशहरूसँग सम्बन्ध विस्तार गर्न स्थिरता र समृद्धिमा लागिपरेको सरकारलाई सहजीकरण गरी जनादेशका आधारमा आफ्ना गतिविधि अगाडि बढाई समृद्ध नेपाल र सुखी नेपालीको व्यभारिक सिद्धान्त पूरा गर्न लाग्नु पर्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार