परासी । पत्रकार महासंघ पश्चिम नवलपरासी उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गतको शितगंगा नगरपालिकामा भएको पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारणसभामा प्रदेशको उत्कृष्ट शाखाको रूपमा सम्मानित भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शाखा अध्यक्ष हरि शर्मालाई दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरेका हुन् ।
आम सञ्चारकर्मी, सञ्चार क्षेत्र, पत्रकार महासंघको सुदृढीकरण र पत्रकारिताको विकासमा पश्चिम नवलपरासी शाखाले महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मानित गरिएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सम्मानित सबैमा बधाई ज्ञापन गर्दै सहीलाई खुलेर प्रशंसा र गलतलाई खुलेर आलोचना गर्न आग्रह गरे ।