दुई लाख सहभागी हुने बुटवलको सभाले देशलाई सन्देश दिनेछ : मुख्यमन्त्री
लुम्बिनी संवाददाता
बुुटवल
जनयुद्ध दिवसको दिन बुटवलमा हुने विशाल जनसभाले मूलुकभरकै लागि नयाँ सन्देश दिने नेताहरूले बताएका छन् । पछिल्ला राजनीतिक घटनाक्रमबारे जनाकारी दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशभर जनसभा गरिरहेको छ । ती जनसभामध्ये बुटवलको विशेष र ऐतिहासिक हुने नेताहरूले बताएका छन् ।
फागुन १ गते बुटवलको सिद्धेश्वर मैदानमा हुने सभालाई प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पार्टीका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनतालई वर्तमान राजनीतिको विषयमा जानकारी दिन अभियान थालिएको बताए ।
जनमतको अपहरण गर्न खोजेपछि जनतामा जाने फैसला गरिएको भन्दै उनले प्रचण्ड र माधवकुमार नेपालकै कारण प्रतिनिधि सभा विघटनको स्थिति आएको जिकिर गरे । ‘प्रचण्ड र माधव नेपाल पाटी एकता र जनमतको पक्षमा उभिएको भए, संसद विघटन हुने थिएन,’ लुम्बिनी प्रदेश इञ्चार्ज समेत रहेका पोखरेलले भने –‘प्रधानमन्त्रीलाई कमजोर बनाउने खेल खेलेकै कारण ताजा जनादेशमा जान खोजिएको हो ।’
नेता पोखरेलले आफूहरूलाई तानासाही र निरंकुशका रूपमा चित्रित गर्न खोजिएको बताउँदै संघीयता, गणतन्त्र र राष्ट्रियताको पक्षमा उभिने पार्टी नै आफूहरू भएको दाबी गरे । उनले विवादको कारण नभई परिणामका रूपमा संसद विघटनलाई बुुझ्नुपर्ने बताए । पार्टी एकता र परिवर्तनको नेतृत्व केपी शर्मा ओलीले नै नेतृत्व गर्ने उनको भनाई छ । ‘पार्टी एकता र परिवर्तनका लागि केपी ओली नेतृत्वले नै काम गर्ने हो,’ उनले भने –‘बुटवलमा हुने भेलाले संसद विघटनविरुद्ध गरिएको गलत सन्देशलाई चिर्नेछ ।’
उनले प्रचण्ड आफैले सुरु भएको जनयुुद्धको मर्मबाट बिचलित भएको उनले टिप्पणी गरे ।
‘फागुन १ गते ऐतिहासिक दिन हो, यसको मर्म र भावना प्रचण्डजीले भुल्नुुभयो,’ पोखरेलले भने–‘निराशा तोडिनेछ, पार्टी एकताको मूल पार्टी हामी हुनेछौं ।’ सभाको अघिल्लो दिन शुक्रबार बुटवलमा पूर्वजनमुक्ति सेनाहरुको भेला आयोजना गरिएको छ । भेलालाई उद्योग मन्त्री लेखराज भट्ट र मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्नेट्ट र मुख्यमन्त्री पोखरेलले सम्बोधन गर्नेछन् । नेकपा ओली समूहले बुुटवलमा हुने आमसभालाई आफ्नो शक्ति प्रदर्शनको हिसाबले निकै महत्वका रुपमा प्रचार गरेको छ । ओली समूहले फागुन १ गते हुने प्रर्दशनलाई ओलीको कदम सही भएको दाबी आमसभाको संख्याबाट पुष्टि गर्ने बताउँदै आएको छ । नेकपा ओली समूहका प्रदेश इञ्चार्ज समेत रहेका मुख्यन्त्री पोखरेलले बुुटवलमा हुने प्रदर्शन ऐतिहासिक हुने जिकिर गरे ।
प्रदेश प्रचार विभाग प्रमुख झपेन्द्र जिसीको अध्यक्षता र रुपन्देही प्रचार विभाग प्रमुख मोहन चपागाईंको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सह–इञ्चार्ज बैजनाथ चौधरी, प्रदेश अध्यक्ष लिला गिरी, रुपन्देही सह–इञ्चार्ज दधिराम शर्मा, जिल्ला अध्यक्ष शिवराज सुवेदीलगायतको सहभागिता रहेको थियो ।
बुटवलमा मोटरसाइकल ¥याली
सत्तारुढ नेकपाको बुटवलमा फागुन १ गते हुने आमसभाको पूर्वसन्ध्यामा मोटरसाइकल ¥यालि निकालिएको छ । सयौं मोटरसाइकल सहभागी ¥यालीले बुटवल शहर परिक्रममा गरेको थियो । मोटरसाइकल ¥यालीको लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य शंकर पोखरेलले उद्घाटन गरे ।
ओली समूहले फागुन १ गते बुटवलमा आमसभा गर्दैछ, जसलाई सम्बोधन गर्न प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली आउँदैछन् । बुटवलमा अहिलेसम्मकै विशाल प्रदर्शन हुने सो पार्टीले जनाएको छ ।