गङ्गा अभिलाषी

नारी स्रष्टा स्पन्दन हरेक साहित्यिक कार्यक््रmममा सहर्ष उपस्थित हुन्थिन । साहित्यिक मञ्चहरूमा बोल्दा साहित्य मेरो प्राण हो भन्थिन् । यसै फलस्वरूप हरेक साहित्यिक संस्थामा आजिवन सदस्यता लिएकि थिइन् । उनी धनले मात्र होइन मनले पनि धनि थिईन् । केही वर्ष अगाडि स्वस्पूर्mत आफ्नो कर्म क्षेत्रमा एउटा साहित्यिक संस्थामा नारी स्रष्टा स्पन्दन साहित्य पुरस्कार स्थापना गरिन् । त्यस संस्थामा अन्य साहित्यक पुरस्कार पनि थियो ।
त्यहाँबाट प्रायः पुरुष दाजु भाईहरू नै पुरस्कृत हुन्थे । महिला दिदी बैनिहरू पुरस्कृत नहुँदा मन खिन्न हुन्थ्यो । जब नारी स्पन्दन पुरस्कार स्थापना भयो, मन सारै हर्षित र प्रफुल्लित भयो । साथै पुरस्कृत नारी र पुरस्कार संस्थापकको गरिमा बढेको महसुस पनि गरायो ।
समय स्वच्छ गतिमा बग्दै गयो । एकदिन स्पन्दन पुरस्कार संस्थापकसँग सुटुक्क पुरस्कारबारे कुरा भएछ क्या हो । आजको समयमा पनि के नारी पुरुष भनेर छुट्याएको ? नारामा मात्र नारी पुरुष बराबरी भनेर हुन्छ ? व्यवहारमा नि लागू गर्न पर्छ तपाईले । यता पुरस्कृत हुने नारीहरू पनि नगन्यमात्रामा छन् । टाढाबाट बोलाउँदा खर्च बढ्छ । बरु सबैभन्दा राम्रो पुरुष या नारी कसैलाई नि यो पुरस्कार दिन मिल्ने गराउनुप¥यो ।
केही समयपछि सो कुराको जानकारी दिव्य ज्योति साहित्य समाजको साधारण सभामा खुलासा भयो । अरे ! पहिला त यो पुरस्कार नारीलाई मात्र समर्पित पुरस्कार थियो त यसो भए एक वर्ष पुरुष एक वर्ष महिलालाई दिउँ भन्ने व्यापक छलफल भयो । तर त्यो दिन यस सभामा संस्थापक स्वयं उपस्थित भएकोले उहाँबाट नै यसबारे स्पष्ट जानकारी लिने अपेक्षा भयो । पुरस्कार संस्थापकले निर्धक्कसँग अब हामी नारीहरू पनि पुरुषको दाजोमा आउन सक्न प¥यो । पुरुषसँग प्रतिस्पर्धा गर्न सक्न प¥यो नि अब देखि यो पुरस्कार पुरुष वा नारी जसलाई पनि दिन सकिन्छ, यसमा कुनै शंका छैन घोषणा भयो । यो कुरा उद्घोष हुँदा कुनै समय साहित्य पुरस्कार वितरणको निम्ति सदस्य हँुदा संयोजकले भनेको कुरा याद आयो । यस वर्ष यो पुरस्कार एउटा नारीलाई दिदाँ कसो होलाभन्दा संयोजक पुरुषले सहजै तपाईहरूको लागि एउटा नारी पुरस्कार सुरक्षित छँदै त छ निभनेको सम्झना दिलायो । जब की त्यस पुरस्कारबाट दशवर्षको अन्तरालमा एउटा पनि नारी पुरस्कृत हुने अवसर पाएको थिएन ।
आज एउटी नारीले अर्काे नारीलाई सदैव सम्मान प्रोत्साहन गर्न नपाइने पीडाले नारी गरिमामा ठेस लागेको नमिठो अनुभूति गरायो ।