(अनुसन्धानमुलक आलेखको समीक्षा)
माधवकुमार पौडेल

मार्टिन चौतारीबाट प्रकाशन हुने ‘समाज अध्ययन’ जर्नल वि. स. २०७६, अंक १४ मा प्रकाशित अनुसन्धानमूलक आलेख हो ‘सुकुम्बासी बस्तीः शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम’ । लेखक हुन् रामचन्द्र श्रेष्ठ । श्रेष्ठ स्वतन्त्र लेखकको पहिचान बोकेका बुटवलका युवा अध्येता हुन् । शिक्षण पेशामा आबद्ध उनका विभिन्न पत्रपत्रिकाहरूमा सामाजिकशास्त्रसँग सम्बन्धित समसामयिक लेखहरू प्रकाशित छन् । उनी कविता, निबन्ध र कृति समीक्षामा पनि उत्तिकै सिद्धहस्त छन् । मार्टिन चौतारीकै अनुसन्धनात्मक लेखहरूको संकलन ‘पैदल अनुसन्धान’मा पनि संकलित उनको यो लेख लुम्बिनी दैनिकको शनिबारीय परिशिष्टांक ‘पाहुर’को असोज १०, १७ र २४ गतेको अंकहरूमा पनि धारावाहिक प्रकाशन भएको थियो ।
‘समाज अध्ययन’ मार्टीन चौतारी, काठमाडौंले पुस्तकको रूपमा प्रकाशन गर्दै आइरहेको मिडिया अध्ययन जर्नलको विस्तारित स्वरूप हो । यसमा नेपाल सम्बन्धि विषयवस्तु छापिन्छन्, समाज विज्ञानसम्बन्धी पुस्तकहरूको समीक्षा पनि समेटिएका हुन्छन् । यो मूलतः समकक्षी–समीक्षित (पियर रिभ्यूड) जर्नल हो । जहाँ अनुसन्धानात्मक लेख, टिप्पणी, संस्मरण, व्याख्यान, साहित्य समीक्षा, अन्तवार्ता, चित्रकथा, महत्वपूर्ण एवं ऐतिहासिक दस्तावेज र पुस्तक समीक्षालाई स्थान दिइएको हुन्छ । यो अनुसन्धानमुलक आलेखको पृष्ठभूमी र विधि अलि भिन्न, मौलिक र रोचक खालको छ । सामान्यतया धेरैजसो प्राज्ञिक अनुसन्धानहरूमा साहित्यको पुनरावलोकन, तथ्यांक संकलन र प्रस्तुतिकरण जस्ता चलनचल्तिका स्थापित मोडेलहरूमा फिट गरेर निस्कने नतिजा विश्लेषण गर्ने गरेको पाईंन्छ । अध्येता रामचन्द्र श्रेष्ठले भने यहाँ अलि नौलो प्रयोग पछ्याएका छन् । ‘पैदल अनुसन्धानः प्रयोग र उपलब्धि’ पुस्तकमा पनि प्रकाशित छ यो आलेख ।
गुणात्मक अनुसन्धानको क्षेत्रमा रुचि हुने शोधार्थीहरूका लागि निकै काम लाग्ने सन्दर्भ श्रोत हुन सक्छ यो अनुसन्धान । स्नातकोत्तर, एम फिल र विद्यावारिधी गर्नेहरू अधिकांशको रोजाई धेरै जसो संख्यात्मक (क्वान्टिटेटिभ) अनुसन्धान हुने गर्छ । गुणात्मक अनुसन्धानको एउटा उत्कृष्ट नमूना हो यो अनुसन्धान ।
२९ पृष्ठमा समेटिएको यस अनुसन्धान सामग्रीमा लेखक श्रेष्ठले सुकुम्बासी बस्तीको प्राज्ञिक चिरफार गरेका छन् त्यो पनि अनुसन्धान स्थलमा आपैm पुगी प्राथमिक तथ्य÷तथ्यांक संकलन गरेर । आलेखको सुरुमा रोबर्ट न्यूअर्थलाई उधृत गर्दै लेखिएको छ–संसारमा लगभग एक अर्ब जनसंख्या सुकुमबासी छन् अर्थात् छ जना मध्ये एक जना अवैधानिक सुकुमबासी बस्तीमा बसोबास गर्छन् ।
अध्ययन बुटवलको नवीनतम सुकुम्बासी बस्तीको स्थापना, त्यसको स्थायित्वको लागि संघर्ष र त्यसको गतिशिलता (डाइलामिक्स), स्थायित्व सँगसँगै शहरसँग त्यहाँका बासिन्दाको अन्तरक्रियामा केन्द्रित छ ।
श्रेष्ठले कसरि शहरमा सुकुम्बासी बस्तीको आधार बन्छ, नयाँ बस्तीले कसरी स्थायित्व ग्रहण गर्छ, कसरी सुकुम्बासी बस्तीले शहरि संस्कृति ग्रहणमा भूमिका खेल्छ भन्ने कुराको मिहिन अध्ययन गरेका छन् अनुसन्धानमार्पmत । स्थानीय बासिन्दाहरूसँगको अन्तरक्रिया, बुटवलका पुराना जानिफकार व्यक्तिहरूसँगको कुराकानीलाई अध्ययनको मूल आधार मानिएको छ ।
बुटवलको ऐतिहासिक खोज छ आलेखमा । बुटवल बजारको स्थापना सुगौली सन्धिपछि उत्तर भारतका व्यापारी तथा कुटीर व्यवसायी र पाल्पाका नेवार व्यवसायीको आगमन पश्चात् भएको देखिन्छ । वि. स. १९५० सालसम्म बुटवलमा हिउँदे व्यापार मंसिरदेखि चैत्र–वैशाखसम्म चल्ने गथ्र्यो । वि स १९५० मा “चौतारा भन्सार अड्डा”को स्थापना पछि बुटवलमा बा¥है महिना बसोबास हुन थालेको तथ्य भेटिन्छ ।
त्यतिबेला बुटवल बुटवल भैसकेको थिएन । बटौली भनेर पश्चिमी भागको बस्तीलाई चिनिन्थ्यो भने पूर्वी भागलाई खस्यौली भनिन्थ्यो । बुटवल कसरी आर्थिक केन्द्रको आकर्षण बन्यो भन्ने दृष्टान्त छ अनुसन्धानमा ।
सुकुम्बासी बसाईंको शुरुवात छेउछाउबाट प्रवेश गर्ने तथ्य भेटेका छन् लेखकले । श्रेष्ठ भन्छन्— नयाँ बस्ती शून्यबाट स्थापित हुँदैन । शहरमा ज्यालादारी मजदुरी, स–सानो व्यवसाय र सरकारी तथा गैरसरकारी संस्थामा सामान्य पदमा काम गर्ने मानिसहरूका लागि बासस्थानको खाँचो हुन्छ । सुकुम्बासी बस्ती उनीहरूको खाँचो पूरा गर्ने साधन बन्छन् । उपयोगमा नआएका सार्वजनिक जमिन उनीहरूको चासोमा पर्दछन् …
अनुसन्धानको निष्कर्षमा भनिएको छ— सुकुम्बासी बस्ती शहरीकरणकै सहउत्पादन हो । पूँजीवादी विकासको चरित्रले नै गाउँबाट शहरतिर श्रमको बहाव बढाउँछ । बुटवलको सन्दर्भमा मुख्य राजनीतिक परिवर्तनको समयमा सुकुम्बारी बस्तीको आयातन वृद्धि हुँदै आएको छ । सुकुम्बासी शहरले जन्माएको शहरसँग अन्तत्र्रिmयाको माध्यम हो ।
अध्ययनको निष्कर्षको आधारमा अध्येता श्रेष्ठले सुकुम्बासी बस्तीको वैधताको खोजीलाई समाधान गर्दै शहरलाई सबै खालका मानिसको साझा बस्तीको रूपमा निर्माण गनुपर्छ भन्ने सुझाव दिएका छन् ।
स्थान (स्पेस) हो । मानविय गतिविधि हुने प्लेस अर्थात् सामाजिक पहिचान पनि हो । मानवीय गतिविधकामार्फत स्पेस प्लेसमा परिवर्तित हुन्छ । श्रेष्ठले प्लेस निर्माणको यो अवधारणाको कोणबाट सुकुम्बासी बस्तीको व्याख्या गरेका छन् । प्रायः गरेर नेपालको सुकुम्बासी समस्यालाई गरिबीसँग जोडेर हेर्ने गरेको पाईंन्छ । यस अनुसन्धानमा अध्येताले सुकुम्बासी समस्यालाई बुझाउन फरक अवधारणा सुझाएका छन् । सुकुम्बासी बस्तीको स्थापना हुनुमा शहरिकरणको भूमिका उजागर गर्ने श्रेष्ठको प्रयास प्रशंसनीय छ ।
स्थानीय पाठ्यक्रम लागू भइ पठनपाठन भैरहेको सन्दर्भमा श्रेष्ठको यो अनुसन्धानमूलक लेख शिक्षक र विद्यार्थीलाई गतिलो सन्दर्भ सामग्री बन्न सक्छ । समाजशास्त्रका विद्यार्थीका लागि समेत उपयोगी सन्दर्भ सामग्री बन्न सक्छ । साथै शहर व्यवस्थापन र शहर विकास नीति तर्जुमा गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सुकुम्बासी बस्ती बारे ठोस कार्यनीति तर्जुमा गर्न यो अनुसन्धान उपयोगी हुनेछ ।