आर.सी. चापागाईं
नेपाल संसदीय प्रणाली – धर्म निरपेक्ष राज्य लोकतान्त्रिक संघीय गणतन्त्र भएको राष्ट्र हो । चार जात छत्तिस वर्ण भएको फूलबारी नेपाल हो । मुलत ः संघीय राज्य हुनु पर्दछ । गणतन्त्र छ । धर्म निरपेक्ष छ – संविधान ०७२ मा नेपालको शासक वर्गले संसदीय दल, संसद, प्रधानमन्त्री – मन्त्री मण्डलमार्फत शासन – कमाई – पौरख गर्दछ । नेपालको शासकवर्ग – वर्गसत्ता – राज्य जङ्गे शासन कै पालादेखि शुद्धृढ हुँदै महेन्द्र राजा, गिरिजा बाबु , मनमोहन – केपी ओली प्रधानमन्त्रीले निकै अनुभवी बनाएका छन् ।
भीमसेन थापा – प्रथम प्रधानमन्त्री, लखन थापा प्रथम विद्रोही, योगमाया – प्रथम महिला विद्रोही, प्रचण्ड गोर्खा – प्रजापरिषद् – गंगालाल ‘००७ का क्रान्ति चिनीयाँ’ काजी – चोकबहादुर मगर, सुखानीका शहिद, माओवादी जनयुद्धका शहिद राजा वीरेन्द्रको वंशनास र स्वयं संसद कै हत्या गर्न सफल भएको शासक वर्गले नेपाल हाँकेको छ । व्रिटिश शासकको लागि जङ्गे लखनउ लुट, झासीकी महारानी, हङकङ्ग, मलाप, सिङ्गापुर, युरोप, आयरलेण्ड, रूसी क्रान्ति, चिनीयाँ क्रान्तिसंग जुद्धै नेपाली शासक फकलेण्ड हुँदै ‘शान्ति सेना’ बनेको छ – ‘कुशल’ छ । कस्मीर, नागा, आछाम हँुदै दोक्लाम – गलवान घाटीसम्म लड्ने ‘बहादुर–गोर्खा राइफल्स’ भएको–बनेको शासक वर्ग आज पनि ‘चार दलीय संयुक्त रणनीतिको मोर्चा’ ‘संयुक्त कार्यनीतिको एकता’ मोर्चासंग भिड्दै छ । अर्थात एकीकृत जनक्रान्ति – जनगणतन्त्र – वैज्ञानिक समाजवादसंग भिड्दै छ ।
नेपाली सुरक्षा यन्त्र – व्रिटिश – भारातसंग लड्दै सामन्ति सम्राट पृथ्वीनारायण शाहको नायकत्वमा नेपाल राष्ट्रको निर्माण भयो यही सुरक्षा यन्त्र सुगौली सन्धि १८१६ अनि व्रिटिश भारत –नेपालबीच भएको त्रिपक्षीय सन्धि – दिल्ली – १८४७ र नेपाल भारातमैत्री सन्धि १९५० – दिल्ली सन्धि शृंखला हुँदै एम.सी.सी. अमेरीका – २०१७ सन्धि शृंखलामा फसेको छ, धरापमा छ । यो नेपाली राज्य धुर्त छ र संघीय गणतन्त्रको गहनाले सिगारिएको छ, कम्युनिष्ट सरकार चलाएको छ, कैयौ मन्त्री र आठबार कम्युनिष्ट सरकार चलाउँदै ‘विचरा’ प्रधानमन्त्री केपी ओली भारतीय बलिको बोको बनाउँदै यहि पौस ५ गते ०७७ मा संसदको हत्या गर्दै प्रतिगमन गर्न सफल भएको छ ।
उपरोक्त उल्लेखीत कार्य शृंखला गर्ने नेपाली सुरक्षा यन्त्र हो जुन कार्य शृंखलाले संघीयता – लोकतन्त्र – धर्मनिरपेक्षता, गणतन्त्रलाई धरापमा पारेको छ । प्रतिगमनको कलंक ओलीको निधारमा डामीएको छ । संसदकै उही संसद्को पुनःस्थापना र ताजा – नयाँ – बैशाखे निर्वाचनमा मूलुक गाडिएको छ । संसद र संसदीय गणतन्त्र नेपालमा असफल भएको छ । यही संसदीय असफलताको शृंखलामा गोल चक्करमा नेपाल फसेको छ । यस गोल चक्करको खेलको नायक – रेफ्री दिल्ली संसद भवनको नेपाल डेस्क हो ।
नेपालका संसदीय दलहरू नेपाली संविधान ०७२का प्रतिनिधि – एजेन्ट – दलाल हुन् । १. ज्ञानेन्द्रवादी, देउपा वादी, केपी ओलीवादी, दहालवादी, माकुनेवादी, गौतमवादी, डा. भट्टराईवादी, यादववादी, एम.बी. घर्तिवादी, रोहितवादी छन्– परिवर्तित हुँदै जाने छन् । यी संविधानवादी र सरकार प्रतिस्पर्धी खेलाडी हुन् यी सबैहरू एन्टीमाओवादी हुन् । गोल चक्करवादी र संविधानवादी यिनै संसदीय हुन् । जुन पार्टीको सरकार भए पनि ओली प्रधानमन्त्रीकै स्थिति हो । गत संसदको हत्याले संसदीय गणतन्त्रको आम संकट कै गोल चक्करको भुमरी हो । सिक्किमी करणकै धराप कस्सिएको छ । यो चक्करको सिक्किमी करणको यात्रा – यात्री नेपालकै संविधान हो । संविधानकै दलहरू हुन् । अमेरिकी – भारतीय – चिनीयाँ मन्त्री, राजदुत, जासुस, पत्रकार – सुधीर चौधरीले बालुवाटार कब्जा गरेका छन् आजै माघे संक्रान्ति मनाउन परराष्ट्रमन्त्री ज्ञवाली दिल्ली दरवारमा लतारीएका छन् ।
देश भक्तहरू भ्रमको जहरबाट मस्त निद्रामा छन् । जनवादी र माओवादीहरू – आधार वर्गहरू संसदीय दलका जहरबाट चिर निद्रामा छन् । एउटा एकीकृत जनक्रान्तिले जनगणतन्त्र – साम्राज्यवादी सत्ताको कुरा उठाएको छ , कार्यगत एकता र चारदलीय संयुक्त रणनीतिक मोर्चा खडा छ । सत्ताको शेयर बिक्री हुन्न र शेयर धारी पनि हुन्नन् । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा ‘माओवादी जनयुद्ध’ सर्वहारा क्रान्तिले चलाउँछ, सत्ता शेयर –सत्ता घारी खोज्नु संशोधनवाद हो जुन संसदीय बस्तु बन्दछ । वर्ग – शासक – सत्ता सर्वहारा वर्गले माओवादी जनयुद्धबाटा हासील गर्छ । सत्ताको कमाण्डर – एक वर्ग – एक पार्टी – माओवादी पार्टी हो । संशोधनवाद उपर विजय नगरी माओवादी जनयुद्ध उठ्दैन । युग विज्ञान माओवाद हो समाधान नयाँजनवाद हो ।
संसारका कम्युनिष्टले माओवादी जनयुद्ध संस्थापन गरेका छन् । संयुक्त रणनितिक मोर्चा माओवादी रणनितिक मोर्चामा नै बदल्नु पर्छ, मालेमावाद अध्यपन केन्द्र २०४९ वा माओवादी कलेज बुटवल नेपाल (ःऋद्यल्) ले हार्दिक स्वागत गर्दछ । माओवादी रणनितिक मोर्चाको हार्दिक प्रचार गर्दछ । संसदीय गोल चक्करको भण्डाफोर गर्छ । सिक्किमी करणको रणनीतिक मोर्चालाई पछार्ने – ध्वंश गर्ने नयाँ जनवादी क्रान्ति हो माओवादी जनयुद्ध हो, नेकपा (माओवादी)ले जनयुद्ध सञ्चालन गर्छ पुनरस्थापना गर्छ । १. मनमोहन २. केशरजङ्ग रायमाझी ३. तुलसीलाल अमात्य ४. मोहन विक्रम ५. रोहित ६. सिपि मैनाली ७. मदन भण्डारी ८. पुष्प कमल दहाल ९. केपी ओली १०. माधव नेपाल ११. विष्णुबहादर नेतृत्व शृंखला संशोधनवादी – संसदवादी हुन्, यो शृंखला नेतृत्वबाट विद्रोह गर्दै माओवादी पार्टी बन्दछ जसको नेतृत्व – शृंखला १. क. महासचिव पुष्पलाल २. झापाली – नक्शाली विद्रोह ३. माओवादी जनयुद्ध ४. यो माओवादी रणनितिक मोर्चा संयुक्त रणनितिक मोर्चा हो । यसको स्वागत गरौ, समर्थन गरौं, प्रचार गरौं । माओवादी पार्टीले जनक्रान्ति, एकीकृत जनक्रान्ति, नयाँजनवादी क्रान्ति, संघीय जनगणतान्त्रिक, समाजवादोन्मुख सर्वहारा क्रान्तिको नेतृत्व – योद्धा बन्दछ । पेशेवर माओवादी योद्धा–पार्टीले जनयुद्ध गर्दछ । उक्त नौ जना संशोधनवादीले नेपाली क्रान्तिलाई ध्वंश गर्दै आएपनि संयुक्त रणनीतिक मोर्चा खडा छ – माओवाद जिन्दावाद !
सुगौली सन्धि शृंखला – दिल्ली सन्धि शृंखला र एमसीसी सन्धि शृंखलाले खडा गरेको नेपाली शासक शासन – वर्गसत्ता – राजासत्ता सिक्किमी करण तिर लतारीएर – लडेर – भिर डिलमा पुगेको छ, संसद – संसदीय दलका नौटंकी उदाङ्गिदै रअ – सामन्त गोयल सैन्य प्रमुख – नरवाडे – प्रशासक – शंकर र सुधीर चौधरीको पाउमा परेको छ, बालुवाटार – ओली निवास स्वागत कक्ष बनेको छ । ओली प्रधानमन्त्रीलाई राष्ट्रवादी भन्दै राष्ट्रघाती बनाउने कार्य–रेफ्री दिल्ली नै हो ।
यो लेख कालमाक्र्स २०० औं जयन्ती र संशोधनवाद को अन्तिम माग – दोश्रो भागको – फेडरिक एङ्गेल्स २०० औ जयन्ती र संशोधनवाद हो । ७२ वर्षे उमेरमा मुटु–किटनी–दम–अलसर–व्रेन हेमरेज रोग ग्रस्त छु । साम्राज्यवाद विरुद्धका राष्ट्रिय मुक्ति संघर्ष र नयाँजनवादी – माओवादी जनयुद्धको प्रचार प्रसार गर्न समर्पित छु – मालेमावाद अध्यपन केन्द्र–०४९ र माओवादी कलेज (ःऋद्यल्) एवं माओवादी कम्युनिष्ट केन्द्र नपालको प्रचार अखण्डित राखेको छु – विगत २९ वर्ष देखि। गणतन्त्र नेपालको संविधान र देशभक्त आन्दोलनमा संयुक्त कार्यगत एकता संयुक्त जनआन्दोलनूमा हिडियो अनि सिक्किमी करणविरुद्ध माओवादी–संयुक्त रणनीतिक मोर्चाका लागि प्रचारक छु ।
हिन्दुराज, हिन्दुराजा पुनःस्थापनाको भेल पनि उठेको छ । सिक्किमी करणको भेल पनि संसद विघटन गर्दै (ःऋऋ)ले उठाएको छ । ‘आफै झाँक्री आफै बोक्सी’ दन्ते कथा झैँ सरकार पनि आफैले, राष्ट्रवाद पनि आफैले वा सरकार पनि आफैले ‘विद्रोही’ प्रति विद्रोही पनि आफैले दिल्ली संसद भवनले चलाएको छ । बुद्ध भूमि, सीता भूमि, सगरमाथा – हाम्रै हो भन्छ – दिल्लीले । ःऋऋ ले सैन्य मैदान बनाउने भएपछि कालापानी – लिपुलेक – लिम्पियाधुरा नेपालको हो भने पनि के अर्थ ?
माक्र्स – एङ्गेल्स – लेनिन – स्तालीन – माओ – च्याङ्गचिङ्ग – चारू – गोञ्जालो सर्वहारा वर्गका सिद्धान्तकार – योद्धा हुन् । कम्युनिष्ट लिग १८४७ देखि चीनको महान जनयुद्ध – सर्वहारा संस्कृतिक क्रान्ति १९७६ ले माओवादी जनयुद्ध र कम्युनिष्ट पार्टी (माओवादी)को जन्म ग¥यो । माओवादी जनयुद्ध साम्यवादसम्म जारी रहन्छ भन्ने उद्घोष माओवादी मेड्रिड भेलाको हो ।
१. माओवाद २. माओवादी पार्टी ३. माओवादी जनयुद्ध ४. माओवादी ईन्टरनेशनल ५. नयाँजनवादी क्रान्ति यी ५ सिद्धान्तको संश्लेषण नै असली विद्रोह – क्रान्ति हो । यसै ५ सिद्धान्तको योगमा सर्वहाराक्रान्ति हुन्छ । अरू संशोधनवाद हो – संसदवाद हो – साम्राज्यवादसंग सम्बन्धित हुन्छन् । माओवादी बिना जनगणतन्त्र – वैज्ञानिक समाजवाद प्राप्त हुन्न निसंकोच क्रान्ति गर्नुछ भने । ६. ग्रामिण वर्ग संघर्ष – सशस्त्र आधार क्षेत्र अनिवार्य हुन्छ । यी ५ सिद्धान्त विना क्रान्तिको आह्वान – सत्ताको संघर्ष गर्नु अपराध मानिन्छ – संशोधनवाद हुन्छ । यो कुरा नेपाली सर्वहारावादी क्रान्तिकारीले बुझेका छन् र बुझ्नु पर्दछ । देशभक्त जनवादी र माओवादी शक्तिबीच कार्यगत एकताले सिक्किमी करणविरुद्ध संघर्ष गर्नुपर्छ । रणनीतिक मोर्चा –संयुक्त रणनीतिक मोर्चाका नेताहरूले नयाँजनवादी क्रान्तिको नेतृत्व गर्नु पर्दछ । अर्थ न वेर्थको २२ दलीय मोर्चा विघटन भएको छ लास भएको छ ।
संसदवाद र माओवाद सिक्किमी करण र देश भक्तहरू बीच मूल अन्तरविरोध छ । हिजै नेकपा विप्लव नेतृत्वका नायक धर्मेन्द्र बास्तोला प्रहरीले घेरा हाली पकडेको छ, प्रतिक्रान्ति बढ्दै छ र क्रान्तिकारी देशभक्तहरू मोर्चाबद्ध बन्नु आवश्यक छ ।