टिका खरेल
सैनामैना
परम्परागत सीपलाई संरक्षण र सम्बद्र्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले सैनामैना नगरपालिकाले आरन पेशा सञ्चालन गर्दै आएका यहाँका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरेको छ ।
स्थानीयको सीप र प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको र पेशामा पनि वितृष्णा जाग्न थालिरहेका बेलामा सैनामैनासहितका यहाँका कतिपय पालिकाले भने नमूना कामको थालनी गरेका छन् ।
परम्परागत प्रविधि र सीपलाई संरक्षण एवम् सम्बद्र्धन गर्ने अभियान स्वरूप पहिलो चरणमा आरन पेशामा लागेर जीविकोपार्जन गरिरहेका समुदायलाई आधुनिक उपकरण प्रदान गरिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए ।
घरेलु प्रयोजन र कृषि औजारका साथै निर्माणकार्यमा प्रयोग हुने सामग्रीहरू उत्पादन हुँदै आएका परम्परागत कोइलाका आरनलाई आधुनिक उपकरण दिएर पेशाको प्रवद्र्धन गर्ने प्रयास गरिएको प्रमुख कार्कीको भनाइ छ ।
गाउँघरमै बनाउन सकिने कुटो, कोदालो, हसिया, खुकुरी, डोकाडाला, थुन्से, भकारी, गुन्द्री, राडीपाखी, कपडाहरू बुन्ने सीप कलाहरू विस्तारै हराउँदै जान थालेका बेला पछिल्ला केही समय यता भने संरक्षणको अभियान सुरु भएको छ ।
सैनामैना नगरका ११ वटै वडामा रहेका आरन पेशा अंगालेका समुदायलाई सोही पेशाको सहायक हुनेगरी नयाँ उपकरण प्रदान गरिएको हो । पहिला हातले चलाउनुपर्ने आरन मेसिनलाई अब बिजुलीबाट चलाउन सकिने छ ।

माघ १ गते बाट थारू समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ । वर्षभरीको पारीवारिक र गाउँको सार्वजनिक योजना बनाउने गरिन्छ । यो प्रचलन अझैं छ । परिवारमा छुट्ट भिन्न हुने टुंगो पनि यसैबेला गरिन्छ ।
गाउँमा अगुवा, कट्कन्दार, भलमन्सा चुन्ने पनि गरिन्छ । यो लोकतन्त्रिक प्रकृया थारू समुदायमा वर्षाैं अघिबाट चल्दै आएको छ । अहिले पनि चलिरहेको छ ।
थारू संस्कृतिका अध्ययनकर्ता उदयराज आलेले थारू समुदायको परम्परा मान्ने चलनमा सुधार आएको बताए । ‘परम्परागत रूपमा मान्दै आएको चलनमा केही सुधारहरू आएको छ । सुधार भन्नाले अत्याधिक मादक पदार्थ सेवन र अत्याधिक माछा मासु खाने प्रचलनलाई केही सुधार गरेको पाईन्छ,’उनले भने–‘विगतमा जस्तो दुःख छैन ।
जाड रक्सीमा धेरै अन्न खर्च गर्ने चलन थियो । थारू समुदायमा माछा मासु नखाने पूर्ण शाकाहारी अभियान पनि चलेको छ । व्यवस्थित किसिमले ‘माघ’ मान्न थालेका छन् । यो राम्रो हो ।’ परम्परालाई मान्दै र सुधार पनि गर्दै जाने दुवै कुरा राम्रो भएको तर्क उनको छ ।
परम्परागत…
स्थानीय मौलिक सीपका धनीहरू मर्ने, वृद्ध हुने र युवा पुस्तामा विदेशिने क्रमले पनि स्थानीय प्रविधिहरूको अस्तित्व हराउन थालेको गुनासा आइरहेका बेलामा यसखालको अभियान सुरु भएको हो ।
श्रमप्रति सामाजिक सम्मान बढाउने र नयाँ पुस्तामा पनि सीप हस्तान्तरण गराउने उद्देश्यले उपकरण प्रदान गरेर हौसला बढाउने कोसिस गरिएको प्रमुख कार्कीले बताए । जातीय पेशासँग जोडिएको श्रमप्रति सामाजिक सम्मान बढाउने र युवा पुस्तालाई त्यसमा पनि आकर्षित गर्ने उद्देश्य रहेको उनले बताए ।
घरेलु मेसिनको संरक्षणलाई प्राथमिकता दिने मात्रै होइन परम्परागत सीपलाई पुस्तामा हस्तान्तरण गरेर त्यसलाई अझ आधुनिक बनाउनुपर्ने खाँचो रहेको सैनामैनाका प्रमुख कार्कीको भनाइ छ ।
उखु पेलेर खुदो निकाल्ने, अमिलो पेलेर चुक बनाउने र तोरीबाट तेल निकाल्न प्रयोग गरिने परम्परागत घरेलु मेसिन ‘कोल’ अहिले लगभग विस्थापित भइसकेका छन् । कतिपय गाउँमा आरन पेशामा रहेका समुदायमा पनि युवा पुस्ताको आकर्षण खासै छैन ।
यहीँ अवस्थालाई मध्यनजर गर्दै युवालाई पनि आकर्षित गर्ने र परम्परादेखिको सीपलाई पुस्तामा हस्तान्तरण गरेर आधुनिक बनाउन जरूरी रहेको छ ।
करिब तीन दशक अगाडिसम्म निकै चलनचल्तीमा रहेका यी घरेलु मेसिनको प्रयोग विस्तारै लोप हुन थालेको भन्दै कतिपय स्थानमा यसको संरक्षणको अभियान सुरु भएको छ ।
सैनामैनाले पहिलो चरणमा नगरका २४ जना आरन पेशा सञ्चालन गर्दै आएकालाई आधुनिक उपकरण प्रदान गरेको हो । मेसिन प्रदान गरेका समुदायले उत्पादन गरेका औजारको बजारीकरणका लागि पनि नगरपालिकाले सहयोग गर्ने गरी योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
सैनामैनाका आरन व्यवसायको पराम्परागत पेशालाई आधुनिक ढंगले अगाडि बढाउन सकुन भन्ने उद्देश्यले आधुनिक उपकरण वितरण गरिएको सेतो गुराँस बाल विकास केन्द्रका प्रमुख सुमित्रा शर्माले बताइन् ।
सैनामैना नगरपालिका र युएनडीपीको सहकार्य र सेतो गुराँस बाल विकास केन्द्रको समन्वयमा बुधबार नगरपालिकामा एक समारोहको आयोजना गरी ती उपकरण हस्तान्तरण गरिएको थियो ।
त्यसक्रममा सहभागी आरन पेशा अंगालेका समुदायका अगुवाहरूले आफुहरूको पेशाको सम्मान भएको र पेशा सञ्चालनमा समेत सहज हुने उपकरण पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
सैनामैना ८ निवासी दीपक रसालीले गाउँ घरको हसिया कोदालीमा धार लगाएर दैनिकी चलाउँदै आएको तर स्रोत र साधनको अभावका कारण सोचे जस्तो काम गर्न नपाएकोले पेशा नै परिवर्तन गर्ने अवस्थामा सैनामैना नगरपालिकाले आरन व्यवसायीलाई निःशुल्क उपलब्ध गराएको आधुनिक उपकरणको कारणले उत्साही भएको बताए ।
आधुनिक उपकरण पाएपछि अब आरन व्यवसायी गरेर नै आयआर्जन गरी दैनिकी चलाउने सैनामैना वाड नं. १ का नरबहादुर बिकले बताए ।
“विगतमा साधन अभावले गर्दा खासै काम गर्न सकेका थिएनौ, जसले गर्दा खासै आम्दानी हुन सकेको थिएन अब भने नगरपालिकाले आधुनिक उपकरण दिएपछि सजिलै काम गरेर बाँच्न सक्ने वातावरण भयो ।”– आरन व्यवसायी ओमबहादुर लोहारले बताए ।
सैनामैना नगर भित्रका २४ जना आरन व्यवसायीलाई करिब ३५ हजार मूल्य बराबरको आधुनिक आरनका उपकरणहरू वितरण गरिएको हो ।
आधुनिक आरनका उपकरण वितरणसंगै प्राविधिक तालिम पनि दिइने योजना रहेको नगरपालिकाले जनाएको छ।