सल्लाहकार विश्वकर्मा केन्द्रीय सदस्य
बुटवल । सिद्धार्थ पब्लिकेशन प्रा.लि.द्वारा प्रकाशित दैनिक लुम्बिनीका सल्लाहकार एमबी विश्वकर्मा नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
शनिबार र आइतबार काठमाडौंमा सम्पन्न महासंघको सातौं वार्षिक साधारण सभा तथा तेस्रो महाधिवेशनबाट विश्वकर्मा खुला सदस्यतर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी बुटवलमै लामो समयदेखि सुनचाँदी व्यवसायमा क्रियाशील जोगलाल विश्वकर्मा महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन् ।
महाधिवेशनले मानिकलाल शाक्यको नेतृत्वमा ७२ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । महासंघको नयाँ नेतृत्वमा भैरहवाका व्यवसायी प्रेमकुमार सेन्चुरी विज्ञ परामर्श समितिका संयोजक बनेका छन् भने बुटवलका व्यवसायी दीपककुमार विक मनोनित केन्द्रीय सदस्य बनेका छन् ।