दिपक न्यौपाने
बुटवल
काठमाडौं उपत्यकाबाहिर सबैभन्दा धेरै फुटबल प्रतियोगिता हुने जिल्लामध्ये एक हो – रूपन्देही । तर यहाँ हुने ठूला प्रतियोगितामा निरन्तरता छैन । स्थापित क्लबहरूले समेत फूटबलको विकासमा निरन्तरता दिएका छैनन् । ग्रामीण क्षेत्रमा रहेर पनि फर्साटिकर कपले आफ्नो लय भने गुमाएको छैन ।
कोरोना कहरका कारण रूपन्देहीमा रोकिएका धेरै फूटबल प्रतियोगितामध्ये फर्साटिकर कप निरन्तर छ । यसले हरेक चुनौतीलाई पन्छाउँदै ग्रामीण क्षेत्रको फूटबल उकास्नमै आफुलाई केन्द्रित गरिरहेको छ ।
त्यसो त यो एउटा यस्तो प्रतियोगिता पनि हो जुन कोरोना कहरका बीचमा पनि खेल र खेलाडीको विकासका लागि तल्लिन रहिरह्यो । विसं. २०७० सालबाट रूपन्देहीको शुद्धोधन गाउँपालिका फर्साटिकरमा सुरु भएको यस प्रतियोगिताको आठांै संस्करण अहिले चलिरहेको छ । ६० हजार प्रथम पुरस्कारबाट सुरु भएको यस प्रतियोगिता आठौं संस्करणसम्म आइपुग्दा दुई लाखभन्दा बढी पुरस्कार राशी पुगेको छ । ‘हामी यहाँका स्थानीय खेलाडी उत्पादनमै केन्द्रित रहेर प्रतियोगिताको सुरुवात गरेका हांै,’ आठांै फर्साटिकर कपका खेल संयोजक टेक भन्डारी भन्छन् – ‘गाउँमा भएर पनि फूटबल प्रतियोगिता निरन्तर त चलाइरहेका छांै त्यसमाथि प्रत्येक वर्ष पुरस्कार राशीमा पनि वृद्धि गर्दै खेलाडी सम्मान कार्यक्रमलाई पनि प्राथमिकतामा राखेका छौं ।”
छोटो समयमा क्लबले फर्साटिकर एकेडेमी स्थापना गरेर स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गरेको छ । जिल्ला फूटबल सघं रूपन्देहीका उपाध्यक्ष एवम् क्लबका अध्यक्ष मुकेश कँुवरले फर्साटिकर युवा क्लबले प्रतियोगिता मात्रै नगरी रूपन्देहीसहित विभिन्न जिल्लामा स्थापित टुनामेन्टमा सहभागिता जनाएर क्लबको राम्रो परिचय दिएको बताउँछन् ।
उनकाअनुसार क्लबले फूटबलमा मात्रै मोफसलमा नाम चलेका दर्जनबढी प्रतियोगिताको उपाधि हात पार्न सफल भइसकेको छ । क्रिक्रेट र एथलेटिक्समा पनि क्लबले फड्को मारिरहेको उनी बताउँछन् । ‘२०६३ सालमा स्थापना भएको क्लबले छोटो समयमा नै रूपन्देहीको नम्बर वान क्लबका रूपमा आफूलाई उभ्याएको छ भन्दा अत्युक्ति नहोला,’ खेलप्रेमी प्रकाश भट्टराई भन्छन् – ‘म सुरुदेखि नै निरन्तर रूपमा यस प्रतियोगिताको साक्षी बनिरहेको छु र यहाँबाट धेरै राष्ट्रिय खेलाडीहरू पनि उत्पादन भइरहेका छन् ।’
गाउँपालिकाको पाँच लाख
फुटबल चलाउन कोरोना कहरका कारण निजी क्षेत्रबाट उल्लेख्य रूपमा प्रायोजकहरू पाउने अवस्था अहिले छैन । तैपनि शुद्धोधन गाउँपालिकाले भने प्रतियोगितालाई राम्रो साथ दिएको छ । करिब १० लाख खर्चको अनुमान गरिएको प्रतियोगितालाई सुरुवातका समयमा टेन्सबर्ग बियरले प्रायोजन गरेको थियो । ‘बिगत २÷३ वर्षदेखि तालमेल नमिलेपछि हामीले “टेन्सबर्ग फर्साटिकर कप”को नाम नै परिवर्तन ग¥यांै,’ प्रतियोगिताका प्रचारप्रसार संयोजक महेन्द्र गौतम भन्छन् – दुःख सुख गरेरै भए पनि युवाहरू एकजुट भएर शुद्धोधन गाउँपालिकाका विभिन्न क्षेत्रमा खेलकुदका गतिविधि अगाडि बढेको छ ।’
सुरुमा एक डेढ लाख रुपैयाँ स्पोन्सर गरे पनि आफ्नै ठाउँकै टेन्सबर्गले वास्ता गर्न छाडेपछि यो वर्ष गाउँपालिकाले ठुलो राहत दिएको छ ।
क्लबका शुभेच्छुक रमेश खनाल भन्छन्– ‘हामी सबैले फर्साटिकर कपको विकासका लागि एकजुट भएर अगाडि बढ्ने प्रयास गरेका छांै । गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले पनि रूपन्देहीकै नमूना प्रतियोगिता गराउने गरी सहयोग गर्ने बताए ।
प्रतियोगिताअन्तर्गत ०७०, ०७२ मा खनाल ब्रर्दश फर्साटिकर, ०७१ मा सूर्योदय एफ.सी. मुर्गीया, ०७३, ०७४,०७६ मा फर्साटिकर युवा क्लब र ०७५ मा विश्वशान्ति युवा क्लबले कप उचालेका थिए ।