गौरीशंकर जयसवाल
परासी
वनदेवी मन्दिरलाई संरक्षण गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न स्थानीयबासी जुटेका छन् । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको वडा नं. ११ जमुवाडस्थित वनदेवी मन्दिर ऐतिहासिक महत्व बोके पनि ओझेलमा परेकोले पर्यटकीय गन्तव्य बनाउन स्थानीयहरू जुटेका हुन् ।
जमुवाड गाउँको ईतिहास दर्शाउने मन्दिर ओझेलमा परेकाले पर्यटकीय प्रवद्र्धन र संरक्षणमा लागिपरेको रामग्राम नपा वडा नं. ११ का नरपति थारूले बताए । ऐतिहासिक वनदेवी मन्दिर ओझेलमा परेपछि स्थानीयहरूले ११ सदस्यीय वनदेवी मन्दिर संरक्षण व्यवस्थापन समिति बनाएर संरक्षण र प्रवद्र्धनका काम अघि बढाएको अध्यक्ष आराधना भट्टले जानकारी दिइन ।
उनले भनिन्– ‘उक्त मन्दिर जमुवाड गाउँको चिनारी भएकोले अब यसलाई सबै स्थानीयबासीहरू मिली पर्यटकीय प्रवद्र्धन र सरक्षणमा जुट्न आवश्यक छ । हामी सबै स्थानीयहरू मन्दिरलाई सौन्र्दयीकरणदेखि प्रवद्र्धनमा जुटेका छौं ।’ प्राकृतिक सुन्दरताले भरिपूर्ण सो क्षेत्रमा सचेतना नहुँदा पर्यटकीय गतिविधि फष्टाउन नसकेको भन्दै प्रचार प्रसारमा स्थानीयहरू लागेका हुन् । स्थानीयको सक्रियतामा वनदेवी मन्दिरमा पिकनिक स्पोर्ट, मन्दिरमा पूजाअर्चना गर्ने पूजारी बस्ने भवन निर्माण गरिएको छ । समितिले मन्दिर संरक्षण र प्रवद्र्धनका लागि स्थानीय निकाय र जनप्रतिनिधिको ध्यानाकर्षण गराएपछि रामग्राम नगरपालिकाले बजेट पनि यस वर्ष विनियोजन गरेको समितिका अध्यक्ष भट्टले बताइन ।
सो मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नको लागि आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकाले १५ लाख विनियोजन गरेको रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।
सो क्षेत्रमा पार्क, पिकनिक स्र्पोट र शौचालयहरू, मन्दिरसम्म जाने बाटो निर्माण कार्य हुने उनले बताए । गुप्ताले नगरभित्र ऐतिहासिक महत्व बोकेका मठ मन्दिरलाई संरक्षण सम्बद्र्धनको निम्ती नगरपालिकाले बजेट विनियोजन गरेर अगाडि बढेको बताए । बुढापाकाको किम्बदन्तीअनुसार स्व. जीतबहादुर भट्टको सपनामा जंगलबाट निस्केको एउटा बाघ आएर वनदेवीको मन्दिर स्थापना गर्न भनेपछि वि.स १९९८ मा उक्त वनदेवी मन्दिरको स्थापना भएको थियो ।
उक्त मन्दिरमा नवदुर्गाको अष्टमीका दिन भट्ट परिवारसहित अन्य स्थानीयहरूले बोकाको बलि दिने चलन छ । स्थानीयहरूले भाकल गर्दा पूरा हुने जनविश्वास रहेको छ । उक्त मन्दिर २ बिगाह क्षेत्रफलमा फैलिएको स्थानीयहरू बताएका छन् । उक्त मन्दिरमा चैत्र महिनामा चैते दसंैको दिनमा ठूलो मेला लाग्ने गरेको छ ।