गङ्गा अभिलाषी

प्रकृतिको नियम शास्वत र सत्य कुरा जन्मे पछि मर्नु पर्छ । मृत्युको खबरले हामी सबैलाई उदेक र मर्माहित गराउछ । विशेष आफ्नो मान्छे आफन्त इष्ट मित्र साथीभाइको देहान्तले । दिन पुगेपछि उमेर भन्दैन । यस्तै दुःखको कुरा कात्तिक २३ गते थाहाभयो । नेपाल पौरसत्य समाजको भर्चुअल सत्सङ्ग गोष्ठिमा चितवन निवासी जगनाथ पण्डित सरले शिव सर त रहेनन् निभन्नु भयो । यो कुरा सुनेर एकछिन सोचमा परे । ४० मिनटको कार्यक्रमको अन्तिममा यो कुरा सुनाउनु भयो । को हो र सोध्न पाइएन । दुई बजे पछि नेट चलाए । सिर्जनशील साहित्यिक समाजको फेसबुक मेसेन्जर चलाए । सारै दुःखद खबर, डा. शिव प्रसाद पौडेलको निधन लेखिएको देखे । साच्चै अचम्मै परियो । के भएर होला जिज्ञासा लाग्यो । शंकरनगर निवासी स्रष्टा दुर्गा पौडेलसँग जानकारी लिए । स्कुटिसिक्ने क्रममा घर आँगनमा नै ठोक्किएर भन्ने कुरा थाहा पाएँ । ओहो दिन आएपछि यो संसार एउटा न एउटा निहुँले छाड्नै पर्ने मनमनै गुने । अनि म २६गते उहाँको घर दुःखमा जाने निधो गरे तर जान जुरेन, त्यही साँझ ४ बजे म पनि साइकलबाट लडेर घाइते भए ।

२०२३ साल चैत्र १७गते गुल्मीमा जन्मनु भएको आदरणीय व्यक्तित्व डा.शिव प्रसाद पौडेलसँग साहित्यिक माहोलमा सुपरिचितहुने सुवणर््ा अवसर मिल्यो । उहाँको कृति उखान टुक्का पुस्तक आदरणिय स्रष्टा डा.कपिल लामिछानेबाट प्राप्त भयो । यसै पुस्तकबाट उहाँको जन्मदिन डायरीमा कैद गरे । लगभग दशवर्षसम्म जन्मदिनमा उहाँलाई शुभकामना दिन पाएँ । यस्तै साहित्यिक जमघटमा भेट हुँदा सप्रेम गंगाजी के छ खबर आरामै हुनुहुन्छ भनेर बोल्नु हुन्थ्यो । आफू भन्दा ठूला अग्रजविद्वानले बोल्दा मन फुरुङ्ग हुन्थ्यो । निम्तो पाएसम्म र समयले साथदिएसम्म उहाँ साहित्यिक माहोलमा पुग्ने व्यक्तिको रूपमा उहाँलाई चिन्ने अवसर पाए । एकदिन भैरहवाको साहित्यिक गोष्ठिमा आदरणिय लेखक व्यक्ति गुरुदत्त ज्ञवाली सारै विरामी हुुनुहुन्छ भन्ने मञ्चबाट जानकारी गराउनुभयो । दुईदिन पछि शंकरनगर निवासी दुर्गा पौडेल नारी स्रष्टालाई लिएर गुरुदत्त स्रष्टालाई भेट्न गए । यसको देन म उहाँलाई दिन्छु । उहाँ साहित्यिक यात्राको आदरणीय व्यक्तित्वमानेर ०७५ सालमा सिर्जनशील साहित्यिक समाज रूपन्देही भैरहवाको मोती जयन्तीविशेष स्रष्टा सम्मान कार्यक्रममा उहाँलाई प्रमुख अतिथिको आतिथ्यताप्रदान गरिएको थियो । समयको गती यस्तै साहित्यिक माहोलमा चलिरहेको बेला ०७६ साल फागुन १० गते नवलपरासी आदरणिय स्रष्टा डा.श्यामप्रसाद न्यौपाने सरको एघारौ कृती समीक्षा कतिपय विमोचनमा मलाई जाने अवसर मिल्यो । त्यस हलको कार्यक्रममा प्राङ्गणमा डा.शिव प्रसादसँग सहृदय नमस्कार आदन–प्रदान भयो । गंगाजी बधाई छ है भन्नुभयो, म भने छक्क परे के को बधाई होला भनेर । सोध्न पनि अप्ठ्यारो लाग्यो । धन्यवाद भने । तर मनमा कुरा खेलीरह्यो । केहि समयपछि कार्यक्रममा स्रष्टा सम्मान तथा कृति विमोचनभयो । यस कार्यक्रममा डा.शिवप्रसाद पौडेल कृतिको समिक्षक हुनुहुँदोरहेछ । यस कृतिमा मेरो कथा संग्रहको पनि समिक्षा रहेछ अनी यसैको लागि मलाई बधाई दिनुभएको भन्ने कुरा उहाँले कृति समिक्षा गर्दा थाहा पाएँ । त्यस कार्यक्रममा मेरो नाम सहर्ष उचारण गरिदिदाँ आफुलाई गौरवान्वित महसुस गर्दै मनमनै आभार प्रकट गरिरहें । समय आफ्नैै गतिमा सलल बग्दै गयो । कोरोना कहरले संसारलाई नै डगमगाईरहेको बेला नेपालमा चैत्र ११ गतेबाट लकडाउन भयो । साहित्यिक कार्यक्रममाहरूको चहलपहल पनि ठप्प भयो । जहा समस्या त्यहाँ उपाए मान्छेहरूले नेटको माध्यमबाट मिटिङ गोष्ठी सत्सँग कार्यक्रम प्रयोगमा ल्याए । संयोगले मैले पनि डा.बाबुराम ज्ञवाली मार्फत नेपाल पौरसत्य समाजको नामबाट संचालित सत्सँग गोष्ठीमा भाग लिने अवसर पाए । यो कार्यक्रममा बैशाख पूर्णीमाबाट सुरु भएको थियो ।यस कार्यक्रममा भागवतगीताबारे केहि जान्ने अवसर पाएँ । यसै कार्यक्रममा डा.शिवपौडेलको पनि भदौ महिनासम्म सहभागिता रह्यो । यस कार्यक्रममा उहाँले पंचतन्त्रका नीतिकथा भन्नुहुन्थ्यो । यस समाजले असार २९ गते भानु जयन्ती र भदौ कुशे औशिमा मोतीजयन्तीको अवसरमाकविता गोष्ठी हुँदा उहाँले सहभागीहरूले सुनाएका रचनाबारे स्वस्थ्य, समीक्षा गरिदिनु भएको थियो । कुशे औंशी पछिबाट डा. शिव सर यस भर्चुअल कार्यक्रममा देखिन छाड्नु भयो । कता जानु भएछ भन्ने लाग्दथ्यो मनमा तर सोध्न सकिएन ।

उहाँ भरखर २०७७ सालमा बुटवल बहुमुखि क्याम्पसको सह–प्रध्यापक हुनुभएको रहेछ । स्कुटि सिकेर बुटवल बहुमुखि क्याम्पस जाने भनेर नयाँ स्कुटि सिक्ने क्रममा उहाँको देहान्त भयो । उहाँको आत्माले शान्ति पाओस् भावपूर्ण श्रद्धाञ्जली शोकसन्तपत घरपरिवारमा हार्दिक संवेदना प्रकट गर्दछु । संसारको नियम जन्मे पछि मर्नु पर्छ । अघि पछि मात्र न हो । जिन्दगी भन्नु सम्झनामात्र रहेछ ।