बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टी भित्रको अन्र्तरबिरोध जटिल मोडमा पुगेको बताएका छन् । यसअघिका यो तहको अन्र्तरबिरोधन नदेखिएको भन्दै यसको समाधान प्रयास भइरहेको बताए ।


आज बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पौडेलले अन्र्तरबिरोधका नाममा पार्टीका मर्यादाहरु नाघन नहुने बताए । कतिपय अभिव्यक्ति तथा लिखतमा मयार्दा नाघिएको र त्यसबाट पछि फर्किएर समस्यामा केन्द्रीत भई समाधानमा लाग्नुपर्ने उनले बताए ।
पार्टीभित्रको अन्तरविरोधको जड नै पत्ता लगाउन कठिन भएको बताएका छन् । भदौं २६ गतेको स्थायी कमिटी बैठकपछि नेतृत्वबीचको दुरी टाढिनुपर्ने कुनै कारण नदेखिएको उनले बताए ।


‘कल्पनाभन्दा बाहिरको जटिल समस्या पार्टीभित्र आएको छ । पार्टीलाई एकताबद्ध लैजान सकिन्छ कि सकिदैन भन्ने प्रश्न आएको छ, उनले भने,–‘मैले यसपटक बुझ्न सकेको छैन । पार्टी भित्र के त्यस्तो सुनामी आयो र अन्तरविरोध भयो ?’ यसको पृष्ठभूमिमा सैद्धान्तिक अन्तरविरोध छन कि अरु हुन भन्ने बुझ्नै नसकिएको उनले बताए ।


एकजना अध्यक्षले सरकार सञ्चालन, पुर्नगठन र अर्का अध्यक्षले महाधिवेशनको तयारी गर्ने स्थायी कमिटिले म्याण्डेट दिएको उनले बताए । तर स्थायी कमिटिका निर्णय कार्यान्वयनको हुने अवस्थामा फेरि अन्तरबिरोध आएको उनले बताए । ‘अन्र्तबिरोध हुनुपर्ने त्यस्तो कुनै दुर्घटना नै भएजस्तो लाग्दैन, तर अहिले मर्यादाबाहिर गएर आरोप प्रत्यारोप गर्ने काम भएको छ, उनले भने–‘मर्यादाबाहिरका काम रोक्नुपर्छ ।’


मंगलबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पौडेलले कम्युनिष्ट पार्टीको आन्तरिक जीवन समस्याग्रस्त र अन्तरबिरोध विगतकोभन्दा जोखिमपूर्ण रहेको बताए । ‘यसपटक देखिएको यो तहको समस्या यसभन्दा अघि कहिल्यै देखिएको थिएन । यसअधिका विवादहरु समाधान गरेका थियौं । अहिले कम्युनिष्ट पार्टीको भविष्य कठिन मोडमा छ । म यहाहरु समक्ष लुकाउन चाहान्न, उनले भने । पार्टी एकता जोगाउनका लागि आफूले अन्तिम समयसम्म कसरत गरिरहने बताए ।
पार्टीको एकता मुलुकको भविष्यसंग जोडिएको भन्दै उनले स्थायित्वका लागि पनि पार्टीको एकता जोगाउन आवश्यक रहेको बताए । आम नेता कार्यकर्ता र जनताले पार्टी टुक्र्याउन नहुने पक्षमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउनको विकल्प नभएको उनले बताए ।


अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले प्रधानमन्त्री र प्रतिपक्ष दलका नेताको भेट स्वभाविक रहेको जिकिर गरे । ‘प्रधानमन्त्री र कांग्रेसका सभापतिको भेटमा सत्ता साझेदारीको विषय प्रवेश नै भएको छैन, उनले भने,–‘सुबिधाजनक बहुमत भएको प्रधानमन्त्रीले सत्ता साझेदारका विषयमा कुरा गर्ने प्रसंग पनि आउदैन ।’ सबैधानिक निकाय, कोरोना महामारीका विषयमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच कुराकानी भएको उनले बताए ।