समर्पण कल्पना

लुटिएको लुटिइ छ त देश खै कसले बचाउँछ
बिरोध राजधानीमा हुन्छ,दुस्मन सिमानामा सलबलाउँछ ।

ब्युझिएनन, कैले नथाक्ने समरका ती यात्रीहरू
जब विस्तारवादले पछाडीबाट प्रहार गरी सताउँछ ।

देश बदल्ने अभिभारा बोक्दै थियो हिजोसम्म ,
आज सेतो महल बनाइ आफ्नो औकात सम्झाउँछ ।

मातृभुमी बचाउन त अग्रजबाटै सिक्नु पर्छ भो,
छिमेकीले त गिद्ध बनि सुस्ता, कालापानी दुखाउँछ ।