लामो समयसम्म भत्ता नपाउँदासमेत बेवास्था गरिरहेको अस्पताल प्रशासन र भत्ता नपाएकै निहँुमा उपचार रोक्ने डाक्टरका कारण बिरामीको ज्यान जोखिममा परेको छ ।
लुम्बिनी संवाददाता
बुटवल
गम्भीर बिरामीले भरिएको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार सात जना डाक्टर उपस्थित भएनन् । उनीहरू करार सेवाका थिए । केही समयदेखि जोखिम भत्ता नपाएको गुनासो गरिरहेका थिए । मंगलबार अल्टिमेटम दिएर बुधबारदेखि अनुपस्थित भए ।
काम गरिरहेका डाक्टर सेवामा उपस्थित नभएपछि अस्पतालमा बिरामीको उपचारमा सकस भएको छ । लामो समयसम्म भत्ता नपाउँदासमेत बेवास्था गरिरहेको अस्पताल प्रशासन र भत्ता नपाएकै कारण धोका दिने डाक्टरका कारण बिरामीको ज्यान जोखिममा परेको छ । त्यसै पनि कोरोना अस्पतालमा बिरामीको प्रभावकारी उपचार नभएको आरोप लाग्दै आएको छ । त्यसमाथि डाक्टर नै अनुपस्थित भएपछि समस्या विकराल बनेको छ । नर्स र दुई डाक्टरको भरमा डेढ दजर्न आइसीयु, भेन्टिलेटरका बिरामीको उपचार गरिएको छ ।
त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन् । उनीहरूले सञ्चाकर्मीसंग पनि ती गुनासा प्रकट गरिरहेका थिए । अस्पताल प्रशासन सुनेको नसुन्यै गरेको थियो । अहिले डाक्टर नै नआए पनि भने ध्यान दिएको छ । कोरोना महामारी फैलिएसँगै सञ्चालन गरिएको अस्पतालको सेवा प्रवाहका लागि लुम्बिनी प्रादेशिक अस्पतालले सात जना मेडिकल अफिसरलाई गत साउनदेखि करार सेवामा नियुक्त गरेको थियो ।
तर सातै जना चिकित्सक कोरोना जोखिम भत्ता नपाएको भन्दै बुधबारदेखि सेवामा नफर्किएपछि अस्पतालमा कार्यरत कन्सल्टेन्ट र नर्सिङ स्टाफहरू खटाएर भए पनि अस्पतालमा सेवा प्रदान गरिएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले सातै जना चिकित्सकले कोरोना जोखिमभत्ता नपाए सेवामा नआउने भन्दै मंगलबार मात्रै अल्टिमेटम दिएको र बुधबारदेखि नै काममा नआएको बताए । डा. खनालले करार सेवाका चिकित्सकहरूले मंगलबार दिएको निवेदनपछि सामाजिक विकासमन्त्री र मन्त्रालयका सचिवसँग छलफल गरी प्रक्रिया पूरा गरी तिहारपछि जोखिमभत्ता उपलब्ध गराउने सहमति समेत भएको बताए ।
उनले कोरोनाजस्तो महामारीको समयमा भत्तालाई बहाना बनाएर सेवा प्रभावित बनाउन खोज्नु चिकित्सकीय मर्यादा र आचरणविरुद्धको काम भएको बताए ।
‘यो जोखिम भत्तासँगको विषय मात्र होइन, मानिसको जीवनसँग जोडिएको विषय हो,’ उनले भने– ‘जटिल अवस्थामा आइसीयुमा खटाइएको चिकित्सक बिना जानकारी आफ्नो ड्युटीमा अनुपस्थित हुनु भनेको चिकित्सकीय मर्यादा र आचरणविरुद्धको कुरा हो ।’
डा. खनालले आफू प्रशासन प्रमुख भए पनि स्वयं चिकित्सक भएको र चिकित्सकको अप्ठ्यारो समस्या बुझेर जोखिम भत्ता उपलब्ध गराउने प्रयास गरिरहँदा आफूमाथि पनि विश्वास नगरेको बताए ।
‘म मेसुसँगै चिकित्सक पनि हुँ, मेसुमात्र बोलेको थिइन, जोखिम भत्ताको लागि पहल भइरहेको छ भन्दा पनि विश्वास गरिएन।’– भने ।
कोरोना महामारीपछि साउन महिनामा करार सेवामा नियुक्ति भएका चिकित्सकको करार अवधि असोज महिनामा सकिए पनि तीन महिना थप गरी पुस महिनासम्म पु¥याइएको थियो ।
अस्पतालले मेडिकल अफिसरहरू विशाल झा, कल्याण रेग्मी, प्रतिमा भण्डारी, पूजन ज्ञवाली, राजेश लिम्बू, सविता अर्याल र एलिसा सिंहलाई करार सेवामा भर्ना गरेको थियो ।
डा. खनालले अस्पतालले मानिसको जीवनसँग नै खेलवाड गर्ने कुनै पनि कर्मचारीको विकल्प खोज्नुपर्ने बताए । ‘कुनै उद्योग र कलकारखाना र व्यवसायमा जस्तो मन लाग्दा जाने र मन लागेन नजाने गर्न अस्पतालमा मिल्दैन, आइसीयुमा खटाएको चिकित्सक बिना जानकारी अनुपस्थित हुन्छ भने भोलिका दिनमा कसरी विश्वास गर्ने?’– उनले भने ।
डा. खनालले अस्पतालले व्यवस्था गरेको होटलमा बसेर अस्पतालकै सेवा प्रभावित पार्ने गरी काम नगर्न पनि चिकित्सकहरूलाई आग्रह गरे ।
‘हड्ताल गर्ने हो भने अस्पतालले राखेको होटलमा बसेर होइन बाहिर निस्किएर गर्ने हो, होटलमा बसेर हड्ताल गर्न पाइँदैन ।’–उनले भने ।
करार सेवाका चिकित्सक सेवामा नआएपछि अहिले कन्सल्टेन्टहरू प्रशान्त गुप्ता, सुदर्शन थापालगायतका चिकित्सक र नर्सिङ स्टाफहरूले कोरोना विशेष अस्पतालको आइसोलेसन र आइसीयुमा सेवा प्रदान गरिरहेका छन् ।
विगत सात महिनादेखि सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा कार्यरत स्थायी सेवाका चिकित्सक तथा नर्सिङ स्टाफले समेत कोरोना जोखिम भत्ता पाएका छैनन् ।
बौद्ध विश्वविद्यालयको…
‘विश्वविद्यालयको संरचना बन्नु, कैयौ विषय पढाई हुनु चानचुने विषय होइन,’ उनले भने–‘आगामी ५० वर्षको भविष्यलाई हेरेर विश्वविद्यालय निर्माणमा सबैले सहयोग गर्नुपर्छ ।’
भेलामा वडा नम्बर १२ का अध्यक्ष दुर्गाप्रसाद सुवेदी र वडा नम्बर १३ का अध्यक्ष नारायण पुनले विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनका लागि स्थानीय सरकारबाट सबै सहयोग हुने बताए ।
बौद्ध विश्वविद्यालयले बुटवलबाहेक देवदह, रामग्रामर तिलौराकोटमा पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्दैछ । देवदहमा एक सय विगाहा क्षेत्रफलमा गुरुयोजना निर्माणको काम भइरहेको छ । रामग्राम र तिलौराकोटमा पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम एकैसाथ अघि बढाउने योजना रहेको छ ।
डेढ दशकअघि स्थापना भएको विश्वविद्यालय सात वर्षअघि मात्रै लुम्बिनीमा पठनपाठनसहित आएको थियो । स्थानीयस्तरबाट पदाधिकारी चयन भएपछि विश्वविद्यालयले पछिल्लो पाँच वर्षमा स्वरूप परिवर्तन गरेको हो । अहिले लुम्बिनीमा गुरुयोजना अनुरूपका सबै संरचना तयार भइसकेका छन् । बुटवल र देवदहमा एकाध वर्षभित्रै पूर्वाधार निर्माण सक्ने योजना बनाइएको छ ।