सैनामैना । सैनामैना नगरपालिकाका सबै सेवाहरु २४ गतेसम्मका लागि बन्द गरिएको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेकाले जोखिम हुने भएपछि सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज अर्यालले बताए । भोली शुक्रबार देखि एक हप्तासम्मका लागि नगरपालिकाका सेवा अवरुद्ध हुने उनले जनाए । यद्यपी, अत्यावश्यक सेवाहरु भने निरन्तर सञ्चालन रहने उनको भनाई थियो । सैनामैनामा हालसम्म करिब साढे तीनसय जनामा कोरोना संक्रमण देखिइसकेको छ भने संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।