ईश्मत चुग्ताई
अनुवादः माधवकुमार पौडेल

आमालाई कहिले भेटौं जस्तो भैरहेको थियो । आमासँगको बिछोड पीडाले मुटु तृषित थियो । दाइभाइहरूसँग लडाईं, झगडा गरेबापतको यो सजाय धेरै कडा भैरहेको थियो मलाई । जतिबेलापनि केटाहरूसँग खेल्ने मेरो आमालाई मन पर्थेन । अब मलाई भन्नुस्, के दाजुभाईहरू आफ्नै प्रियहरूलाई खाने नरभक्षी हुन् ? अनि केटामान्छेहरू को हुन् ?

(ईश्मत चुग्ताइ (२१ अगस्त १९१५–२४ अक्टोबर १९९१) भारतिय उर्दु उपन्यासकार, कथाकार र फिल्ममेकर हुन् । उनले सन् ३०को शुरुबाट व्यापक रूपमा महिला यौनिकता र नारिवाद, मध्यम वर्गिय विशिष्टता र वर्ग संघर्ष जस्ता विषयमा खास गरेर माक्र्सवादी दृष्टिकोणबाट लेख्न थालेकि थिइन् । लिहाफ (सिरक) कथाको लोकप्रियतासँगै उनका कृतिहरूको आलोचनात्मक पुनःमुल्यांकन शुरु भएको हो । पछिल्ला समयमा यो कथाको महत्त्व अझ बढेको पाईंन्छ । यो कथाले सामन्ती समाजमा एउटी उपेक्षित श्रीमतीको अपमानित जीवन उजागर गरेको छ । आधुनिक भारतीय समाजकोे ऐतिहासिक कथा हो लिहाफ । किनकी त्यहाँ यौन अझै पनि बर्जित मानिन्छ । यो कथा चुग्ताइको सबैभन्दा उत्कृष्ट सिर्जना मानिन्छ । उनका अंगारे, र लिहाफ जस्ता धेरै लेखनमा भएका सुधारवादी र नारीवादी विषयले यथास्थिीतिवादीलाई चोट पुग्छ भनेर दक्षिण एसियामा निषेध भएका थिए । चुग्ताइ हिन्दु, मुस्लिम र क्रिश्चियन परिवारबाट आएकी हुन् । उनी उदारवादी मुस्लिम थिइन् । उनका छोरी, भदाह, भतिजाहरूले हिन्दुसँग विवाह गरेका थिए । चुग्ताइले खुल्ला सोंचका साथ कुरान, गिता र बाइबल पढ्थिन् ।)

जाडो याममा जब म सिरक ओढ्छु, भित्तामा त्यसको छाया चलमलाए जस्तो मान्छु र मेरो दिमाग विगतको दुनियाँकोे पर्दामा एकदमसँग दौडिन थाल्छ । थाहा छैन के के कुराहरू याद आइरहन्छन् ।


माफ गर्नुहोला म तपाईंलाई आफ्नो सिरक बारेको रोमाण्टिक कथा भन्न गैरहेकी छैन । सिरकलाई रोमान्सको विषयसँग सायदै जोड्न सकिएला । मेरो विचारमा कम्बल कम आरामदायी नहोला तर त्यसको छाया भित्तामा नाचिरहने सिरकको जस्तो भयानक हुँदैन ।

यो त्यतिबेलाको वर्णन हो जतिबेला म सानी केटी थिएँ । दिनभरी आफ्ना दाइभाइ र उनीहरूका साथीहरूसँग लडिबुडी गर्थें । किन म यति धेरै आक्रामक हुन्छु ? कहिलेकाहिं यस्तो लाग्थ्यो । मेरो उमेरमा दिदीहरू प्रेमी आकर्षित गरिरहेका हुन्थे । तर म भने आफ्नो होस् या पराई, केटा होस् या केटी जोसँग पनि लड्न र भिड्न तयार भैहाल्थें ।

यहिं कारणले गर्दा एक हप्ताको लागि आमालाई आगरा जानुपर्दा मलाई उहाँको धर्म बहिनी कहाँ छोडियो । त्यहाँ मसँग लड्न भिड्नका लागि कोही चरा मुसा समेत हुनेछैनन् भन्ने आमालाई थाहा थियो । मेरा लागि यो ठूलो सजाय थियो । हो, आमाले मलाई बेगमजानसँग छोड्नु भयो । उनै बेगमजान– जसको सिरक अहिलेसम्म पनि मेरो दिल दिमागमा तातो फलामको डाम जस्तै सुरक्षित छ । बेगमजानका गरिब मातापिताले पाको उमेरका नवाब साहेबलाई ज्वाईं बनाएका थिए । किनकी तिनी अत्यन्तै भलाद्मी थिए । नवाबका घरमा कोही रण्डी, बजारु महिला देखिन्थेनन् । आफू हाजी थिए र धेरैलाई हज गराएका थिए ।

मान्छेहरूका आफ्नै खाले शोख हुन्छन् । कोही परेवा पाल्छन्, कोईली लडाउँछन् भने कोही कुखुरा लडाउन आनन्द मान्छन् । तर उनको एउटा अचम्मको शोख थियो । यस्ता प्रकारका वाहियात खेलप्रति नवाब साहेबलाई घृणा थियो । उनको घरमा त विद्यार्थी/छात्रहरू रहन्थे । गोरो वर्णका, पातलो कम्मर भएका नौजवानहरू जसको खर्चपर्च नवाब आफैले व्यहोर्थे ।
तर बेगम जानसँग बिहे गरेपछि उनले पुरा साज सजावटका साथ घरमा छोडेर गए । बिचरी दुब्ली पातली बेगम एकान्तपनको पीडामा हराउँदै गई ।

थाहा छैन, अब उसको जिन्दगी कहाँबाट सुरु हुने हो । जहाँबाट उ जन्मिने गल्ति गरि अथवा त्यहाँबाट जब उ एउटी नवाब बेगम बनेर आई । र, खाटमा बिच्छाइएको ओछ्यानमा जिन्दगी बिताउन लागि । अथवा जब उसले आफु बस्ने बैठक कोठाबाट नवाब साहेबले जम्मा गर्दै, संख्या बढाउँदै गएका नौजवानहरूलाई हेरेर दिन काट्थी । उनीहरूको भान्साबाट बेगमको लागि मिठामिठा परिकार आउँथे । घरको दलानबाट बेगमजान तिनै पातलो कम्मर भएका चुस्त तिघ्रा र सफेद रंगका आकर्षक शर्ट लगाएका अत्तरले सुवासित केटाहरूलाई हेरेर बस्थी । भर्भराउँदो आगोको राप झैं महशुस गथी ।
अथवा जब शुरु भयो तब हरेक प्रयासका बावजुद पनि नवाब साहेब आफ्नो टाउँबाट टसको मस भएनन् । उनले नवाबको पे्रम र मायालाई आफुसँगै बाँधेर राख्न के सम्म गरिन ? जन्तर लगाइदिई, जादु टुनाको साहरा लिई । धार्मिक पाठ लगाई रातभर । ढुङ्गा पग्लियोस् न नवाब साहेब ! नवाब जानको मन फाट्यो । किताब पढ्न लागि । तर राहत मिलेन । रोमाण्टिक उपन्यास र कुरानका भावुक श्लोकले उसलाई झन् निराश बनायो । उसको रातिको निद्रा हरायो । पश्चाताप, व्यग्र चाहना र वेदनाले ग्रस्त घरपालुवा जनावर जस्तै भई ।

बेगमलाई लाग्थ्यो लगाएका सबै लुगा अगेनामा फालिदिउँ । कपडा त कसैलाई प्रभावित गर्न लगाईन्छ । नवाबलाई अब खासै फुर्सद हुन्थेन । बेगमलाई बाहिर निस्कने अनुमति पनि थिएन । नवाब साहेब आफु पनि दुब्लाउँदै गएका थिए । आफन्तजनहरू भने बेलाबखत आउथे र महिनौसम्म बस्थे । बिचरा बेगम भने घरभित्रै बन्दी जीवन जिउन बाध्य थिई । यी आगन्तुकलाई देखेर बेगमको रगत उम्लिन्थ्यो । पाहुनाहरू आपैmले मिठामिठा परिकार बनाएर खान्थे र उनीहरूका लागि व्यवस्था गरिएका बिस्तारामा न्यानो भएर सुत्थे । यता बेगम भने नयाँ कपासबाट बनेको सिरक (लिहाफ)का बाबजुद पनि जाडोले कठ्याङ्ग्रिएको महशुस गर्थी । छटपटिमा कोल्टे फेर्दा उसको सिरकबाट विभिन्न आकृतिका छाया देखिन्थे भित्तामा । तर कुनै पनि ती आकृतिमा उसको जीवनको छाया देखिन्थेन । उसो भए यस्तो निरश जीवन किन बाँच्ने ?………त्यस्तो जीवन जो बेगमजान बाँच्न अभिसप्त थिई । तर पछि उसले आफ्नै तालले जीवन जिउन थाली र पूर्णरूपमा आफ्नो बाँकी जीवन बिताई ।

रब्बुले बेगमलाई पतन हुनबाट जोगाई । वा भनौं बेगमको जीवन उद्धार गरिदिई । विस्तारै बेगमको दुब्लो शरीर मोटाउँदै गयो । अनुहारमा चमक आउन थाल्यो । सुन्दरतामा निखार आउँदै गयो । अर्धमृत तुल्य भैसकेकी बेगमजानको जीवनमा रब्बुको विशेष तेल मालिसले नयाँ जीवन भर्यो । माफ गर्नुहोस् तपाईंले यो तेल मालिसको नुस्खा (रेसिपी) कुनै पनि पत्रिकामा भेट्नुहुने छैन । मैले पहिलो पटक देख्दा बेगम जान यस्तै चालीस/बयालीस वर्ष जतिकी थिई । सोफामा ढल्कि परेर बसेकी महारानी जस्तै देखिन्थी । रब्बुले पछाडिबाट उसको ढाड/कम्मर मालिस गरिरहेकी थिई । वैजनी रङ्गको सलले गोडा ढाकिएका थिए । म उसको व्यक्तित्व देखेर मोहित हुन्थें । लाग्थ्यो घण्टौंसम्म बेगम सँगै बसिरहुँ । उसैको प्रशंसा गर्दै । उसको छालाको रङ्ग मार्बल जस्तै सेतो थियो । कपाल कालो थियो, जतिबेलापनि तेलले नुहाए जस्तो । कपाल चिटिक्क परेको थियो । चिटिक्क पारेर शृङ्गार गरिएको हुन्थ्यो । कपालको एउटा धर्सो पनि यताउता भएको हुन्थेन । आँखा काला काला सलज्ज थिए । चिटिक्क पारेर उखेलिएका आँखिभौं नशालु आँखामाथि दुई धनु जस्ता देखिन्थे । आँखाका ढकनि गर्हौं थिए र परेला गाढा कालो । यद्यपि, उनको मुहारको सबैभन्दा आकर्षक भाग ओंठ थियो— प्रायजसो लिपष्टिकले रङ्गाइएका । कनपट र गाला लामो कपालले ढाकेको हुन्थ्यो । कुनै कुनै बेला एकोहारो हेरिराख्दा मलाई उसको अनुहार बदलिएजस्तो लाग्थ्यो । कुनै लक्का जवान केटाको अनुहार हो कि जस्तो प्रतित हुन्थ्यो ………

उनको त्वचा पनि सफेद, चिल्लो थियो । लाग्थ्यो कसैले उसको शरीर कसिलोसँग सिलाएको हो कि ! मालिस गराउने क्रममा जब उनी खुट्टा पैmलाउँथिन म उनका उज्याला गोरा साप्रा लुकिलुकी हेरेर आनन्दित हुन्थें । बेगमजानको कद अग्लो थियो । ह्रृष्टपुष्ट शरीरले गर्दा भीमकाय र जाज्वल्यमान देखिन्थिन् । हातहरू सुडौल र चिल्ला, कम्मर निकै आकर्षक । रब्बुले घण्टौं लगाएर उनको पिठ्यु मालिस गरिरहन्थि । मानौं कि मालिस गराउनु नै उनको जीवनको आधारभुत आवश्यकता हो । केहि मात्रामा–जीवनमा अन्य आवश्यकता भन्दा अझ बढि महत्वपूर्ण ।

रब्बुको अरु कुनै पनि घरायसी कामको जिम्मेवारी थिएन । उ जतिबेलापनि सोफामा अडेस लगाएर बेगमका अङ्ग अङ्ग मालिस गरिरहेकी हुन्थि । कहिलेकाहिं त मलाई रब्बुको अनवरत मालिस कर्मको दृश्य सैह्य हुदैनथ्यो । मेरो आफ्नै कुरा गर्ने हो भने त मलाई लाग्छ कसैले बारम्बार त्यसरी छुँदा शरीर सडेर मर्थे होला !

दैनिक मालिस मात्र पर्याप्त थिएन । बेगमजानले नुहाएको दिन, रब्बुले किसिमकिसिमका तेल र पेष्टले दुई दुई घण्टासम्म मालिस गरिदिन्थी । रउसले यस्तो उत्साह र जोसका साथ मालिस गर्थी कि कल्पना गर्दा पनि म बिरामी हुन्थें । ढोका बन्द गरिन्थ्यो, ब्रेसियर (ब्रा) खोलिन्थ्यो र मालिस प्रारम्भ हुन्थ्यो । त्यस्तो बेला प्राय गरेर रब्बुलाई मात्र भित्र बस्ने अनुमती हुन्थ्यो । अरु नोकरहरूले आवश्यक सामाग्री ढोकासम्म पु¥याइदिन्थे ।अनि अस्वीकृतिका शब्द भुनभुनाउँथे ।

वास्तवमा बेगमजान लगातारको चिलाउने (खुजली) बाट पिडित थिइन् । अनेकप्रकारका तेल र मल्हम (बाल्म)को प्रयोगका बावजुद पनि चिलाई अनन्य र निरन्तर रहिरहन्थ्यो । डाक्टरहरू भन्थे उनको छालामा कुनै दाग समेत छैन । “यि डाक्टरहरू पागल हुन्………तिम्रो शरीरमा कुनै गडबडी छैन । यो सब शरीरको तापले गर्दा भएको हो”, रब्बु भन्ने गर्थी । बेगम जानलाई एकोहोरो र काल्पनिक तरिकाले मुस्कुराएर हेर्दै ।

रब्बु ! जति बेगम गोरी थिई, त्यति कालि थिई । अरु केही सेतोको तुलनामा बैजनी रङ्गकी थिई । ऊ तातेको आइरन जस्तै रापिलो देखिन्थी । अनुहारभरी बिफरका दाग थिए । होंची, पुड्की, थसुल्ली थिई, पेट भने सानो थियो । उसका हात साना तर चपल र चुस्त थिए । उसका ठूला सुन्निएका ओंठ जतिबेलापनि रसिला देखिन्थे । उसको शरीरबाट एउटा अनौठो, बिरामी गराउने खालको दुर्घन्ध आइरहन्थ्यो । उसका साना, बाक्ला हात निपुणतापूर्वक बेगमजानको शरीरमा चलिरहेका हुन्थे । पहिले कम्मरमा, त्यसपछि पुठ्ठामा अनि अन्त्यमा साप्रा हुँदै गालिगाँठोसम्म सल्बलाइरहेका हुन्थे । जतिबेला म बेगमजानको नजिकै बसिरहेकी हुन्थें मेरा आँखा उनका अङ्ग अङ्गमा दौडिरहेका रब्बुका हातमा टाँसिएका हुन्थे ।

बर्षभरी नै बेगम जान सेतो भुवादार हैदराबादी जालिदार कर्गा कुर्ता र उज्यालो रङ्गको पाइजामा लगाउँथिन् । गर्मी याममा पंखा चलिरहेने भएतापनि हल्का पातलो सलले शरीर छोपेकी हुन्थिन् । जाडो याम उनलाई प्रिय लाग्थ्यो । मलाई पनि जाडो याममा बेगमको घरमा बस्न मन पथ्र्यो । उनी घरबाहिर बिरलै निस्किन्थिन् । रब्बुले पिठ्यु मालिस गर्दै गर्दा उनी सुकेका फल खाइरहेकी हुन्थिन् । अरु नोकर्निहरू रब्बुप्रति इष्र्या राख्थे । कुकुर्नी ! बेगम जान सँगै बस्छे, खान्छे र सँगै सुत्छेपनि । तिनिहरू रब्बु र बेगम जानका कुरा काटेर बस्थे फुर्सदमा । समूहको कोहि एकजनाले रब्बु र बेगमको नाम लिन्थ्यो अनि पुरै समूह ठूलो गफमा मस्त हुन्थे । कस्तो रसिलो कथा बनाएका थिए तिनिहरूले रब्बु र बेगम जानका बारेमा ! बाहिरी दुनियाँबाट पुरै बेखबर बेगमलाई भने यस्ता कुराप्रति कुनै वास्ता थिएन । बेगमको अस्तित्व स्वयंमा र निरन्तरको चिलाइमा केन्द्रित थियो ।

मैले माथि नै बताइसकें कि म त्यो बेला सानी केटी थिएँ र बेगमजानको प्रेममा थिएँ । उनी पनि मलाई असाध्यै माया गर्थिन् । आमा आगरा जाने भएपछि मलाई एक हप्ताको लागि बेगमजान कहाँ छोडिएको थियो । घरमा मलाई एक्लै छोड्ने हो भने म दाइभाईसँग झगडा गर्छु, लड्छु र बाहिरतिर बरालिन्छु कि भन्ने चिन्ता थियो आमालाई । यो व्यवस्थाबाट बेगमजान र म दुवै खुशी थियौं । जे भए पनि बेगमजान मेरी आमाकी धर्म बहिनी थिइन् ! अब म कहाँ सुत्ने भन्ने प्रश्न उठ्यो मनमा ? स्वभाविक रूपमा बेगम जानको कोठामा । उनको विस्ताराको छेउमा अर्को एउटा सानो विस्तारा थियो । हामी राति १०/११ बजेसम्म गफ गर्दै तास खेल्थ्यौं । त्यसपछि म विस्तारामा जान्थें । रब्बु अझैपनि बेगमको पिठ्यु मालिस गर्दै थिई म निदाउन्जेसम्म । कुरूप आइमाई ! म सोंच्थें । राति ब्युँझिएँ र भयभीत भएँ । चुक खन्याए जस्तो निस्पट अँध्यारो थियो । बेगम जानको सिरक जोडजोडले हल्लिइरहेको/मच्चिइरहेको थियो मानौं कि सिरकभित्र कुनै हात्ती संघर्षरत छ ।

“बेगमजान…..” डर र त्रासका कारण मुस्किलले शब्द उच्चारण गर्न सकें मैले । हात्ती हल्लिन छोड्यो र सिरक सामान्य अवस्थामा झर्यो ।
“के भयो ? चुप लागेर सुत”, कतैबाट बेगमको आवाज आएजस्तो लाग्यो । “मलाई डर लागिरहेछ” सासै सासले बोलें म ।
“चुप लागेर सुत । डराउनुपर्ने यहाँ के नै छ र ? आयातुल कुरसी (कुरानमा उल्लेखित दुष्ट आत्मा भगाउने श्लोक) वाचन गर ।”
“हुन्छ……” मैले प्रार्थना वाचन गर्न थालें तर बीचैमा अड्किएँ । जबकि मलाई उक्त श्लोक कण्ठ थियो ।
रातको त्यो डरलाग्दो दृश्य बिहान हुँदासम्म मैले भुलिसकेकी हुन्थें । म अलि अन्धविश्वासी छु । रातिमा डराउने, निद्रामा हिंड्ने र बोल्ने केटाकेटी देखि कै बानि हो मेरो । सबैले भन्थे ममा दुष्ट आत्माको प्रभाव छ । त्यसैले घटना मेरो स्मृतिबाट हरायो । बिहान उठेर हेर्दा सिरक बिल्कुल निर्दोष जस्तो देखिन्थ्यो ।
तर त्यसपछिका प्रत्येक रात म फेरी ब्यूँझिन्थें र बेगमजान र रब्बु सानो आवाजमा झगडा गरिरहेको सुन्थें । तर के विषयमा उनीहरू झगडा गर्थे मैले स्पष्ट सुन्न सकिन । र झगडाको खास कारण के थियो ? मैले चाल पाइन तर मैले रब्बु रोईरहेको सुनें । त्यसपछि बिरालोले प्लेट चाटे जस्तो लपलप आवाज आयो ……म भयभीत भएँ र निदाउने कोशिसमा लागें ।

अर्को दिन रब्बु आफ्नो चिढचिढे र क्रोधी स्वभाव भएको जवान छोरो भेट्न गई । बेगम जानले उसलाई धेरै प्रकारका सहयोग गरेकी थिई— दुकान किनिदिएकी थिई, गाउँमै जागीर मिलाइदिएकी थिई । तर केहि गरे पनि उ सन्तुष्ट थिएन । उ केहि समय नवाब साहेबसँग बस्यो । नवाबले उसका लागि नयाँ लुगा र अरु उपहार दिन्थे । तर उ बिनाकारण त्यहाँबाट भागेर हिंड्यो । र कहिल्यै पनि फर्केर आएन । आफ्नी आमा रब्बुलाई भेट्न समेत फर्किएन उ ।
रब्बु छोरालाई भेट्न आफन्तको घरमा गई । बेगमजान उसलाई जान दिन चाहिरहेकी थिइन तर उनलाई रब्बु साहराविहिन छे भन्ने महसुस थियो । त्यसैले चाहेर पनि उसलाई जानबाट रोक्न सकिनन् ।

पुरा दिनभरी बेगम जान आफ्नो (तत्व) अस्तित्व भन्दा बाहिर भइन् । शरीरका प्रत्येक जोर्नीहरूमा दुखेको आभाष भयो । तर उनले अरु कसैको पनि स्पर्श सहन सकिनन् । खाना पनि छोडिन् र पुरा दिनभर विस्तारामा पल्टेर बस्थिन् । “के म तपाईंको पिठ्यु मालिस गरिदिउँ बेगम जान….?” तास फिट्दै गर्दा उत्साहका साथ मैले सोधें । उनले मलाई घुरेर हेर्न थालिन् । “साँच्चिकै गरौं त मैले ?” तासको गड्डी छेउँ लगाएर बेगमजान आनन्द मानेर पल्टिरही । रब्बु अर्को दिन फर्केर आउनु पर्ने थियो….तर उ आईन । बेगमजानको चिढचिढापन झन्झन् बढ्दै गयो । एकपछि अर्को कप चिया पिउन लागी लगातार । उसको टाउको झन् दुख्न थाल्यो ।

मैले फेरी उसको पिठ्यु मुसार्न थालें जुन टेबुलको माथिल्लो समतल भाग जस्तै चिल्लो थियो । विस्तारै मुसार्न थालें र उसको लागि केहि काम लाग्ने साबित भएकोमा खुशी भएँ ।


“अलि बढि जोडले …….पट्टी खोल”, बेगमजानले भनिन् ।
“यहाँ ….कुमभन्दा थोरै अलि तल…ल ठिक छ…आहा ! कस्तो आनन्द …” उनले आफ्नो सन्तुष्टी व्यक्त गरिन् । “अझै थोरै पर …” बेगमजानले निर्देश गरिन्, यद्यपि उक्त स्थानमा उनको हात पुग्न सक्थ्यो । तर उनी चाहन्थिन् मैले नै झड्का दिउँ त्यहाँ । कति गौरवान्वित भएकि थिएँ म । “यहाँ…ओह ! ओह्, तिमिले मलाई कुतकुति लगायौ ………आह् !” उनी मुस्कुराइन् । मैले गफ गर्दै मालिस गरिरहें ।
“ म भोलि तिमीलाई बजार पठाउँछु …..तिमी के चाहन्छौ? …..एउटा सानो खेलौना जो तिमीले चाहेअनुसार सुत्ने उठ्ने गर्छ ?”
“नाईं, बेगमजान ….मलाई खेलौना चाहिन्न ……के तपाईंलाई लाग्छ कि म अझै केटाकेटी छु ?”
“के उसोभए तिमी बुढी आइमाई होउ त ?” उनी हाँसिन् । “खेलौना नभए म तिम्रो लागि एउटा बबुवा (केटाले खेलाउने खेलौना) मगाइदिन्छु …..त्यसलाई तिमी आफै लुगा लगाइदेउ । मैले तिमीलाई टन्नै टालाटुली दिन्छु । हुन्छ ?”
“हुन्छ, मैले उत्तर दिएँ ।”
“यहाँ”, उनी मेरो हात उठाएर आफ्नो चिलाएको स्थानमा लैजान्थिन् र म बबुवा (खेलौना)को कल्पनामा हराउँथे, उनी बोल्दै जान्थिन् म उनले निर्देश गरेका प्रत्येक ठाउँमा कन्याइदिन्थे ।
“सुन ………तिमीलाई अरु धेरै फ्रकहरू चाहिन्छ । म भोलि टेलरलाई बोलाएर तिम्रा लागि नयाँ फ्रक तयार गर्न लगाउँछु । तिम्री आमाले लुगा सिलाउन केहि कपडा छोडेर जानुभएको छ ।”
“मलाई त्यो रातो कपडा मन पर्दैन ….यो त सा¥है कमसल देखिन्छ ।” म फतर फतर गरिरहेकी थिएँ, हात कता कता दौडिरहेका थिए म बेखबर थिएँ । बेगमजान स्थीर भएर पल्टिएकी थिइन् ….हरे भगवान ! मैले हठात आफ्नो हात हटाएँ ।
“ए केटी हेर तिम्रा हात कहाँ छन् …तिमीले मेरो करङ्गमा चोट पु¥यायौ ।” बेगमजान दुष्ट ढंगले मुस्कुराइन् । म लज्जित भएँ ।
“यता आउ र मेरो छेउमा सुत ….” मलाई आफ्नो अंगालोमा राखेर सुताइन् । “कति दुब्लि हौ तिमी ……तिम्रा करङ्गका हड्डी बाहिर आएका छन् ।” उनले मेरा करङ्गका हड्डी गन्न थालिन् ।

मैले विरोध जनाउने कोशिस गरें ।
“आऊ म तिमीलाई खान्न । कति कसिलो हो यो स्वेटर ! अनि तिमीसँग लगाउनलाई अलि न्यानो भेष्ट समेत छैन् ।” मलाई असजिलो महसुस भयो ।
“मान्छेका करङ्गका हड्डी कतिवटा हुन्छन् ?” उनले प्रसङ्ग बदलिन् । “नौ वटा एकापट्टी र अर्कोपट्टी दशवटा ।” स्कुलमा स्वास्थ्य शिक्षा पढ्दा जानेको कुरा मन नलागी नलागी भनें ।
“हात हटाउ त खै ……हेरम्…एक, दुई, तीन ….”

म भाग्न चाहन्थें । तर उनले मलाई जोडले समाएकी थिइन् । मैले फुत्किने प्रयास गर्न थाले । बेगमजान जोडले हाँस्न थालिन् । जब म बेगमको त्यो क्षणको अनुहार सम्झिदा आजका दिनसम्म पनि मलाई डर लागिरहन्छ । उनका आँखाका ढकनी लत्रिएका थिए, उनको माथिल्लो ओंठमा कालो दाग देखिन्थ्यो । जस्तो सुकै जाडोमा पनिओंठ र नाकमा पसिनाको थोप्लो टल्किरहेको हुन्थ्यो । हात हिउँ जस्तै चिसा हुन्थे, मानौं ती शरीरबाट अलग्गै भएका हुन् कि ! सल शररिबाट हटेको थियो र मिहिन कर्घा कुर्थामा शरीर मुछेको सेतो पिठोको डल्लो झैं चम्किलो देखिन्थ्यो । कुर्थामा जडित सुनका ग¥हौं बटन खुल्ला र एकातिर हल्लिरहेका थिए ।

साँझ पर्दै थियो । कोठामा अध्यारोले ढाकिदै थियो । म एउटा अनौठो बिचलनले अभिभुत भएँ ! बेगमका गहिरा निला आँखा ममा केद्रित भैरहेका थिए । मलाई भने रोउँ रोउँ झै लाग्यो । उनले मलाई माटोले बनेको खेलौनालाई झै बेस्सरी थिचिरहेकी थिइन् । उनको शरीरको ताते गन्धले उकुसमुकुस भएर भागौं कि जस्तो भएको थियो । तर पनि फेरि उनी आफ्नै मालिक जस्तो लाग्थ्यो । न म जोडले चिच्याउन सक्थें न रुन कराउन ।

केहि समय पछि बेगमजान रोकिइन् र थाकेर पल्टिन् । उनी जोडजोडले सास फेरिरहेकी थिइन् । उनको अनुहार पहेंलो र निन्याउरो देखिन्थ्यो । मैले सोंचे उनी मर्न पो लागिन कि ? त्यसैले कोठाबाट छिटोछिटो बाहिरिएँ …..
भगवानको कृपा त्यहिं रात रब्बु फर्केर आइ । म अलि छिट्टै विस्तारामा गएँ सुतन र सिरकले मुख छोपें । तर घण्टौंसम्म पनि निदाउन सकिन ।

आमाले आगराबाट फर्किन धेरै समय लगाउँदै थिइन् । म बेगम जानसँग निकै भयभीत र त्रसित थिएँ । त्यसैले दिनभर नोकर्नीहरूको साथमा रहन्थे । म उनको कोठामा प्रबेश गर्न डराएँ । बेगमजानसँग मलाई डर लाग्छ भनेर कसलाई के नै भन्न सक्थें र म ? अनि बेगमजानसँगको मेरो सामिप्यता ?
त्यो दिन रब्बु र बेगमजानको झगडा पर्यो । मलाई निको लागिरहेको थिएन यो कुरा । किनकी बेगमको मन मतर्फ निर्देशित हुँदै थियो । बेगमले महशुस गहि कि म बाहिर चिसोमा भौतारिन्छु र निमोनियाको कारणले मर्छु । “बालिका, के तिमी मलाई सार्वजनिक रूपमा बेइज्जत गराउन चाहन्छौ ? कथंकदाचित तिमीलाई केहि भैहाल्यो भने त्यो ठूलो भवितव्य र दुर्घटना हुनेछ ।” बेसिनमा हात धुदै मलाई छेउमा बस्न लगाइन् । अलि पल्तिर त्रिखुट्टीमा चिया बसालिएको थियो ।

“कृपया चिया बनाउँ …र एक कप मलाई ल्याइदेउँ”, गम्छाले मुख पुछ्दै बेगमले भनिन् । “म तुरुन्तै कपडा बदल्छु ।”

उनले कपडा बदलुन्जेलसम्म मैले चिया पिएँ । शरीर मालिस गर्ने बेलामा उनी मलाई बारम्बार बाहिर पठाउँथिन् । म भित्र जानथे, काम सकेर बाहिरिदा अनुहार अर्कैतिर फर्काउँथे । जब जब उनी लुगा फेर्न थाल्थिन म डराएको महशुस गर्थे । त्यसैले अनुहार अर्को दिशामा फर्काएर चिया सुरूप सुरूप पारें ।

आमालाई कहिले भेटौं जस्तो भैरहेको थियो । आमासँगको बिछोड पीडाले मुटु तृषित थियो । दाइभाइहरूसँग लडाईं, झगडा गरेबापतको यो सजाय धेरै कडा भैरहेको थियो मलाई । जतिबेलापनि केटाहरूसँग खेल्ने मेरो आमालाई मन पर्थेन । अब मलाई भन्नुस्, के दाजुभाईहरू आफ्नै प्रियहरूलाई खाने नरभक्षी हुन् ? अनि केटामान्छेहरू को हुन् ? मेरा आफ्नै दाजुभाईहरू र तिनीहरूका कमजोर र साना साथिहरू ! आमा महिलाहरूलाई पराइबाट अलग्गै राख्नुपर्छ भन्ने कट्टर विश्वास गर्नुहुन्थ्यो । यहाँ त बेगमजान सारा संसारका लोफर, लफङ्गाहरू भन्दा डरलाग्दो थिइन् । मलाई एक्लै छोडिएको भए म बाहिर सडकतिर भौतारिन्थे, अझै धेरै पर परसम्म ! तर म सहराविहिन थिएँ र चाहनाविपरित नै त्यहाँ बस्न विवश थिएँ । बेगमजानले आपैmलाई विस्तृतरूपमा सजावट गरिन । अत्तरको न्यानो सुगन्ध पैmलिरहेको थियो । त्यसपछि मलाई स्नेहको वर्षा गर्न थालिन् । “म घर जान चाहन्छु”, मेरो प्रतिउत्तर हुन्थ्यो बेगमको हरेक सुझावप्रति । त्यसपछि म रुन थालें ।

“यहाँ, यहाँ….मेरो नजिक आउ…..म तिमीलाई आज बजार लिएर जान्छु । हुन्छ ?”

तर म घर नै जान चाहन्थें । संसारभरीका खेलौना र मिठाई प्रति मेरो कुनै रुचि थिएन् ।
“दाजुभाइले तँलाई बेस्सरी कुट्ने छन् , तँलाई कुकुर्नी !” उसले मेरो गाला चिमोटी मायालु पाराले ।
“छोडिदेउ उनीहरूलाई”
“काँचो आँप अमिलो हुन्छ, बेगमजान”, रब्बु सिँ….. सिँ…र झाईंझुईं गर्दै इर्ष्याले जल्दै थिइ ।

त्यसपछि बेगमजान निराश र हतास देखिइन् । केही समय अघि मात्रै मलाईं अफर गरिएको सुनको नेकलेस टुक्रा टुक्रा भएर हावामा उड्यो । मुस्लीन दुपट्टा च्यातिएर धुजा धुजा भयो । सँधै चिरिच्याट्ट भएर रहने उसको कपाल भुतुल्ले भयो ।
उहुँ ! उहुँ ! उहुँ ! पीडाको चित्कार आयो । म बाहिर भागें ।

धेरै ठुलो उपद्रो र सेवापछि बेगमजानको होस टाउँमा आयो । जब मैले कुर्कुच्चा उचालेर बिरोलाको चालमा कोठाभित्र चियाएँ, मैले देखें रब्बु बेगमजानको शरीर मालिस गर्दै थिई, कम्मर नजिकै टाँसिएर ।
“जुत्ता खोल्नुस्”, बेगमजानको ढाड मसार्दै रब्बु बोली । मुसोले झै– आफ्नो सिरकभित्र टाउको घुसारेर साहारा लिएँ ।

अनौठो खालको हल्ला भयो फेरि त्यहाँ । अँध्यारोमा बेगमजानको सिरक फेरि एकपटक हात्ती झैं चल्मलाइरहेको थियो । “अल्लाह ! आहा !….” कमजोर आवाजमा म विलाप गर्न थालें । सिरकभित्रको हात्ती घरी माथि उठ्थ्यो र घरी तल झर्थ्याे । म मौन थिएँ । हात्ती फेरी मच्चिन थाल्यो । म एकदमसँग डराएँ । यद्यपि, जे हुने हो होस् भनेर बत्तिको स्वीच अन गर्ने तरिका खोजिरकेकि थिएँ । हात्ती फेरी हलचल गर्न थाल्यो । यस्तो लाग्थ्यो त्यो टुक्रुक्क बस्ने कोशिस गर्दैछ । कसैले उनको ओंठमा थपथपाएजस्तो आवाज आयो, मानौं कि कोहि मिठो अचारको स्वाद लिएर जिब्रो फड्कार्दैछ । अब मलाई थाहा भयो ! बेगमजानले दिनभरी केही खाएकी थिइनन् । रब्बु, कुकुर्नी, कुख्यात घिचुवाइ लाद्रे थिई । उ आफ्नो पाखण्डलाई अझ चम्काउँदै थिई, पलिस लगाउँदै थिई । मैले नाकको प्वाल नजिकैबाट उडिरहेको हावाको गन्ध महसुस गरें । त्यहाँ अत्तरको मात्र सुगन्ध थियो, चन्दन र हिना, अरु केहि होईन ।

फेरि एकपटक सिरक हलचल गर्न थाल्यो । म शान्तपुर्वक सुत्न चाहन्थें तर सिरकले यस्तो विद्रुप रूप धारण गर्दै थियो कि म डरले काँपिरहेकि थिएँ । यस्तो लाग्थ्यो एउटा ठूलो भ्यागुतो हावाले आफै भरिदैछ र उफ्रेर मै माथि आउँदैछ ।
“आ …..अम्मी…” म साहसका साथ फुसफुसाएँ । कसैलेपनि ध्यान दिएन । सिरक मेरो दिलदिमागमा व्याप्त थियो र त्यो विस्तारै पैmलिदै थियो । मैले भयातुर हुँदै विस्ताराको अर्को छेउसम्म खुट्टा पसारेर छामछुम पारे स्वीच खोज्न र अन गरें । हात्ती सिरकभित्र पल्टियो र तुरुन्तै सिरक अपस्फीत भयो । पल्टिदै गर्दा सिरकको एउटा कुना लगभग एक फिट माथि उठेको थियो…

धन्य प्रभु ! स्वाँ स्वाँ गर्दै म आफ्नो सिरकभित्र पसें ।