बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । बुधबार गरिएको हेरफेर पछि अर्थमन्त्रीमा नेकपा महासचिव विष्णु पौडेललाई नियुत्त भएका छन् । त्यस्तै रिक्त सञ्चार तथा सूचना मन्त्रालयमा पार्वत गुरुङलाई नियुक्त गरिएको छ ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी मन्तिपरिषद् हेरफेर भएको उल्लेख गरेको हो ।

यसक्रममा अर्थमन्त्रीको जिम्मेवारी नेकपा महासचिव विष्णु पौडेलले पाएका छन् भने रक्षामन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

यसैगरी कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्री र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरिएको छ ।

महिला बालबालिका मन्त्रालयमा रहेका पार्वत गुरुङले भने सञ्चार मन्त्रीको रूपमा जिम्मेवारी पाएका छन् ।

मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबी छलफल भएको थियो ।