लुम्बिनी संवाददाता
बुटवल
नेपालमा अहिलेसम्मकै धेरै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यीसंगै देशभर २५ हजार ७ सक्रिय संक्रमित पुगेका छन् । लक्षण देखिएकामा मात्रै कोरोना परीक्षण गर्न थालिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । यसअघि सबै प्रकारका व्यक्तिको परीक्षण हुँदै आएको थियो ।
देशभरका प्रयोगशालामा १४ हजार दुई सय नौ नमूना परीक्षण गर्दा एक हजार दुई सय ६१ महिला र दुई हजार एक सय ७८ पुरूषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार दुई सय ५३ पुगेको छ ।
उनीहरूमध्ये पाँच सय ७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् ।
१४ हजार चार सय ११ होम र १० हजार पाँच सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरूमध्ये दुई सय ३३ जनाको आइसीयु र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा एक हजार ६ सय ८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका एक हजार दुई सय ९६, ललितपुर दुई सय ९३ र भक्तपुरका ९५ जना छन् । यस्तै मोरङका तीन सय २२ जना, सुनसरीका एक सय ९३, चितवनका एक सय ३१, रूपन्देहीका एक सय ३०, बाँकेका एक सय ६, मकवानपुरका ९९, सुर्खेतका ७८, काभ्रेका ५१, दार्चुलाका ४८, रौतहट, कास्की र बाग्लुङका ३४ र ३४ जना, सप्तरी र कपिलवस्तुका ३३÷३३ जना, सिन्धुलीका ३०, कैलालीका २५, दाङका २४ झापा र बर्दियाका २२÷२२ र लमजुङ र पाल्पाका १९÷१९ जनामा संक्रमण पुष्टि भएको छ ।
धनुषा र नवलपरासीका १८÷१८ जना, सर्लाही र नवलपुरका १७÷१७ जना, पर्सा र सिराहाका १५÷१५ जना, बारा, गोरखा र तनहुँका १३÷१३ जना, सिन्धुपाल्चोकका ११, धादिङका १०, नुवाकोट, गुल्मी र सल्यानका ९÷९ जना, रामेछापका आठ, दोलखाका ६, महोत्तरी, दैलेख र अछामका पाँच÷पाँच जना तथा उदयपुर, ओखलढुंगा र कञ्चनपुरका चार÷चार जनामा पनि संक्रमण देखिएको छ ।
यस्तै खोटाङ, धनकुटा, संखुवासभा, पर्वत, स्याङ्जा, प्यूठान, रूकुम पश्चिम र डोटीका तीन÷तीन जना, भोजपुर, म्याग्दी, अर्घाखाँची, रोल्पा र बैतडीका दुई÷दुई जना तथा इलाम, रूकुम पूर्व, कालीकोछ, डोल्पा, डडेलधुरा र बझाङका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।