बुटवल । चर्चित गीतकार तथा संगितकार शिव पी सुवेदीले नयाँ गीत ‘राम कथा’ ल्याएका छन् । माया प्रेममा आधारित यो गीत युटुवमार्फत सार्वजनिक गरिएको छ ।
आफ्नै शव्द र संगीत रहेको गीतमा रुपक डोटेलको स्वर दिएका छन् । यो गित सुवेदीले आफ्नै नामको युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।


बुटवलको भुगोलमा छायांकन गरिएको गीतको भिडियो समेत उत्कृष्ट रहेको छ । भिडियोमा सुरज पन्तले अभिनय गरेका छन् । आवास ज्ञवाली, प्रभा न्यौपाने, रोशन शर्मा, अन्सु भुसाल, टिका खनालले अभिनयमा साथ दिएका छन् । महेश विक्रम पाण्डेको एजेन्स रहेको गीतको भिडियो प्रदीप कंडेलले खिचेका हुन् ।


संगितकार सुवेदीले यसअघि कैयौ एल्बमहरु ल्याएका छन् । दर्शक श्रोताले निकै रुचाएका कलाकार सुवेदीले यो गीतलाई पनि रुचाइने विश्वास गरेका छन् ।