दिलिप कुमार यादव
कपिलवस्तु ।
कपिलवस्तुको २२ जना कोरोना संक्रमितलाई क्वारेन्टाइनमा नै राखिएको छ । कपिलवस्तुको महराजगञ्ज नगरपालिकामा ९ जना मायादेवी गाउँपालिकामा ७ जना वाणगंगा नगरपालिकामा ५ जना र कपिलवस्तु नगरपालिकामा १ जना क्वारेन्टाइनमा नै रहेका छन् । महराजगञ्ज नगरपालिकाको तेनुवाको मदरसामा ९ जना छुट्टै कोठामा रहेका छन् । त्यस्तै मायादेवी गाउँपालिकाको वडा नं. ४ गौरामा रहेको जनता प्रा.वि.को क्वारेन्टाइनमा ७ जनालाई छुट्टै कोठामा राखिएको छ ।
त्यस्तै शुक्रबार वाणगंगा नगरपालिकामा भेटिएका ५ जना र कपिलवस्तु नगरपालिकामा भेटिएका १ जना पनि क्वारेन्टाइनमै रहेका छन् । मायादेवी गाउँपालिकाले गाउँपालिकाको पकडी र फुलिकामा १ सय बेडको आइसुलेसन वार्ड तयार गरिरहेको छ । उनीहरूलाई शनिबार नै आइसुलेसन वार्डमा राख्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले बताएका छन् । उनले भने–‘हामी कोरोना विशेष अस्पतालमा पठाउनको लागि संघ र प्रदेश सरकारसंग अनुरोध गर्दा पनि बेड खाली छैनन् भन्ने जवाफ आयो ।’
पालिकाले नै शनिबारसम्म आइसोलेसन तयार गर्ने उनले बताए । आइसुलेसन तयार नहुन्जेलसम्म संक्रमितहरूलाई क्वारेन्टाइनमा छुट्टै राखिएको उनले बताए । सबैको स्वास्थ्य अवस्था समन्य रहेको कुर्मीले बताएका छन् । त्यस्तै महरागञ्ज नगरपालिकाले पनि क्वारेन्टाइनमै ९ जनालाई छुट्टै राखेको छ । महाराजगञ्ज नगरपालिकाका कोरोना संक्रमित ४ बालबालिकासहित ९ जनाको बिचल्ली भएको छ । उनीहरूले थप उपचारका लागि अस्पताल नपुराउँदा समस्या भोग्नु परेको छ । ४ जना बालबालिका मध्ये २ जना बालबालिकाको आमा पनि संक्रमित रहेका छन् । २ जनाको अभिभावकमा संक्रमण छैन । उनीहरू एउटै कोठामा बसेको र बहिरा निस्कना नपाए पछि समस्य भएको छ । उनीहरूको राम्रोसंग खाना र बस्ना समेत पाएका छैन्न । बालबालिका भएकोले समस्या धेरै नै आइरहको क्वारेन्टाइनको १ जनाले बताएका छन् । यसमा स्थानीय सरकारले काम नगरेको नागरिक समाजको अगुवाहरूको भनाइ रहेको छ ।
कपिलवस्तुमा आए भेटिएका १ जना संक्रमितले भने रिपोर्ट आएको यती समय भई सक्दा पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको कुनै पनि उपस्थिति देखिएको छैन । बिहान रिपोर्ट आएपछि जानकारी गराइयो । त्यसपछि के गर्ने कहाँ बस्ने अहिलेसम्म कसैले केही भनेको छैन । म आफै नै एउटा कोठामा बसेको छु । यसमा स्थानीय सरकार आफ्नो नागरिकको स्वास्थ्य प्रति चनाखो हुनु पर्नेमा अहिलेसम्म केही गरेको छैन उनले दुखेसो पोखे ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले छुट्टै कोठामा बसेको बताए । ‘त्यही नै आसुलेसन हो,’ उनले थपे –‘आइसुलेसन भनेको नै छुट्टै बस्नु हो । कपिलवस्तुमा सबै ठिकसंग बसेका छन् । कसैलाई स्वास्थ्य समस्या परेको खण्डामा कोरोना अस्पताल पठाउनेछौं ।’ सामान्य अवस्था हुँदासम्म यही राख्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारीले लक्षण देखिए अस्पताल पठाउने र लक्षण नदेखिएसम्म स्थानीयमै व्यवस्थापन गर्ने बताएपछि व्यवस्थापनका लागि महाराजगञ्ज बजारमा रहेको जानकी माविमा तयारी गरेको छ ।
स्रोतका अनुसार कोरोना अस्पतालमा बेड खाली नभएकोले सबैलाई क्वारेन्टाइनमा राखिएको छ । यता स्वास्थ्य कार्यालय कपिलवस्तुले मताहतको सबै अस्पताल तथा प्रदेश र संघलाई जानकारी गराइसकेको छ