कोरोना पोजेटिभको वेवास्ता, उपचारभन्दा मृत्युको सन्देश फैलाउन सक्रिय

लुम्बिनी संवाददाता
बुटवल
महामारीका बेला प्रवाह हुने सूचना अर्थपूर्ण हुने भन्दै संवेदनशील बन्न सरकारले बारम्बार आग्रह गरिरहेको छ । केही दर्ता नभएका अनलाईन र सामाजिक सञ्जालमा अफवाह फैलाउने व्यक्तिलाई कारबाहीको दायरामा समेत ल्याइएको छ ।


प्रदेश ५ मा भने मन्त्री र नगर प्रमुखका कारण गम्भिर ‘अफवाह’ फैलिएको छ । कोरोना पोजेटिभ बिरामीको मृत्यु भएको भन्ने गलत सूचना दिएकै कारण जीवितै रहेकालाई कैयौं श्रद्धाञ्जली दिए । परिवार र आफन्तमा आघात प¥यो । सूचना दिन अधिकृत नगरिएकै व्यक्तिले हतार गर्दा यस्तो अवस्था सिर्जना भएको हो । सरकारी सूचना प्रवाहमा प्रवक्ता वा सूचनाअधिकारी तोकिएको हुन्छ । अझ अस्पतालजस्तो टेक्निकल विषयमा चिकित्सक नै बोल्नुपर्छ । मन्त्री र मेयरले भने आफूलाई अरुले दिएको मौखिक हल्लाको भरमा मृत्युको सूचना अरुलाई बाँडेका छन् ।


गलत सूचना दिने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तमा नगरपालिकाका मेयरले अन्य व्यक्तिलाई दोषि देखाएर पन्छिने प्रयास गरेका छन् । मन्त्री बरालले आफूले त्यस्तो केही नबोलेको भन्दै विज्ञप्ती जारी गरेका छन् । ‘विरामीको मृत्युको विषयमा मन्त्रीज्यूले केही बोल्नुभएको छैन, अवस्था गम्भिर रहेको, जानकारी लिदैछु मात्रै भन्नुभएको छ, स्वकीय सचिव यदु ज्ञवालीले जारी गरेको विज्ञप्तीमा उल्येख छ ।


मेयर घिमिरेले अस्पतालका सञ्चालकसमेत रहेका नगर कार्यपालिका सदस्य दुर्गाप्रसाद पाण्डेले दिएको सूचनाको आधारमा बोलेको बताएका छन् । पाण्डेले भने आफूले मृत्यु भएको विषय मेयरलाई भन्दै नभनेको दावि गरेका छन् ।


पोजेटिभ विरामीको वेवास्ता
रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालमा उपचार गराइरहेका गुल्मीका व्यक्तिमा जेठ ५ गते कोरोना संक्रमण भेटियो । कोरोना पोजेटिभ विरामीलाई आइसोलेसन अस्पतालमा पुराएर उपचार गर्नुपर्छ । स्थानीय प्रशासनले गुल्मी मदानेका ४१ वर्षिया ती पुरुषको निगरानीमा कुनै चासो नै दिएन् । प्रशासनले संक्रमण रोक्न भन्दै अस्पताल शील ग¥यो तर त्यसपछि उत्पन्न समस्याबाट पन्छिने काम ग¥यो ।
निजी अस्पतालमा उपचार गराइरहे पनि विरामीको अवस्था र सम्पर्कमा रहेका व्यक्तिको खोजीमा सरकारी निकाय क्रियाशिल हुनुपर्ने थियो । सरकारी निकायबाट त्यस्तो हुन सकेन । न त विरामीको सामान्य अवस्थाको बारेमा नै जानकारी राख्यो । बरु मन्त्री र जनप्रतिनिधिले नै जीउदै रहेका व्यक्तिलाई मृत्यु भएको घोषणा गरे ।
क्रिमशन अस्पतालमा राखिएका गुल्मी मदानेका विरामीको रेखदेखमा सरकारी निकाय उदासिन बनेको हो । सरकारी निकायको उदासिनले अस्पतालमा रहेका अन्य कैयौ बिरामीहरु आतंकित हुनुपरेको छ ।
क्रिमसन अस्पतालमा अप्रेसन गरिएका बिरामी उपचारमा थिए । संक्रमित विरामी आइसियुमा भर्ना थिए । उनमा संक्रमण देखिएपछि स्थानीय प्रशासनले आइसोलेन अस्पताल पुराउने वा छुट्टै कक्षमा राखेर उपचार गर्न अस्पताललाई सघाउनुपर्ने थियो । तर सिल गरेर सबै विरामीलाई आतंकित बनाउने काम भएको अस्पतालका चिकित्सकले बताएका छन् । त्यसरी सिल गर्दा अस्पतालमा रहेका विरामी, कुरुवा र चिकित्सकहरुले अनावश्यक ‘टर्चर’ खेप्नुप¥र्याे । सिल गरेको २४ घण्टासम्म प्रशासनले अप्रेसन गरेका अन्य विरामीको खानपानका सामग्री लैजान समेत दिएन । अस्पतालले आफ्नै क्यान्टिनमा खाना बनाएर खुवाउनु परेको थियो ।
औषधि व्यवसायी महासंघका पूर्वअध्यक्ष बाबुराम भट्टराई भन्छन,‘कोरोना पोजेटिभ देखिएपछि गर्नुपर्ने व्यवहारमा सरकारी कर्मचारीमा काचोपन देखियो । यस्तो व्यवहारले भहावह अवस्था सिर्जना गर्नसक्छ ।’ अहिले एउटा अस्पतालमा देखिएको समस्या भोली कैयौ अस्पतालमा हुनसक्ने भन्दै त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने तयारी हुनुपर्ने उनको भनाई छ ।
अस्पतालमै उपचाररत विरामीमा कोरोना काठमाण्डौंको त्रिवि शिक्षण अस्पतालमा पनि देखिएको थियो । न्युरोका विरामी राखिएको कक्षमा कोरोना संक्रमित विरामी भेटिएपछि सो कक्षलाई मात्रै शील गरियो । संक्रमित विरामीलाई थप सहज उपचार हुने कक्षमा व्यवस्थापन गरियो । संक्रमित विरामी सारिएपछि सो कक्षलाई डिसइन्भेक्सन गरेर पूनः सञ्चालन गर्न सकिन्छ । बुटवलका हकमा भने यसो हुन सकेन । ्
अस्पताल प्रशासनका अनुसार सरकारी निकायहरु एकअर्कालाई देखाएर पन्छाउने काममा लागे । कोरोना देखिएपछि प्रशासनले शिल ग¥यो । उसले आफ्नो जिम्मेवारी त्यति नै ठान्यो । भित्र रहेका विरामी, कुरुवा र चिकित्सकको व्यवस्थापनमा सहयोगी नबनी अवरोधक बन्यो । अन्य जिम्मेवारी स्वास्थ्य कार्यालयको हो भन्दै प्रशासन उम्कियो । स्वास्थ्य कार्यालयले मन्त्रालय र प्रशासनलाई तोक्यो ।
क्रिमशन अस्पतालले संक्रमित भेटिएको २४ घण्टासम्म सुरक्षण उपकरण (पिपिई) समेत पाउन सकेन् । सामाजिक विकास मन्त्रालयले लिखित पत्र आएपछि मात्रै दिन सक्छौं भनेर कार्यालय समयसम्म कुरायो ।


विरामी भर्नामा मन्त्रीको दवाव
गम्भिर प्रकृतिका विरामीको उपचार गराइरहेको अस्पतालले कोरोना लक्षणसंग सम्बन्धीत विरामीहरुलाई कोरोना विशेष अस्पतालमै रिफर गर्दै आएको थियो । जेठ १ गते उपचारका लागि आएका गुल्मीका शिक्षकलाई समेत प्रादेशिक अस्पतालमा पठाएको थियो । मन्त्री सुदर्शन बरालले नै फोन गरेर भर्ना गर्न दवाव दिएका थिए ।
‘हाम्रो उद्देश्य विरामीको उपचार नगर्ने नभई अन्य विरामीको उपचारका लागि सहज वातावरण बनाउनु थियो । भोली सबै अस्पताल सिल गर्दै जाने हो भने जटिल प्रकृतिका बिरामीले उपचार नपाउने अवस्था नआसोस् भन्ने हो, अस्पतालका एक चिकित्सकले भने ।


मन्त्रीको ‘मृत्यु सन्देश’
आफ्नै दवावमा अस्पताल भर्ना गराएका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुधबार जीउदै व्यक्तिलाई ‘मृत्यु घोषणा’ गरिदिए । उनले केही सञ्चारमाध्यमलाई ‘उहाँको मृत्यु भइसकेको’ भन्दै उनले सूचना दिएका थिए । जसलाई अस्पताल प्रशासनले खण्डन गरेको छ ।
उपचाररत विरामीलाई मृत्यु भएको भन्ने मन्त्रीमात्रै नभई तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे समेत हुन् । उनले आफ्नै वडाध्यक्षको सूचनाका आधारमा मृत्यु भएको बताएको बताएका छन् ।
कोरोना संक्रमित विरामीको रेखदेख सरकारी निकायबाट नभएकै कारण यस्तो सूचना प्रवाह भएको जानकारहरु बताउछन् । सामाजिक विकास मन्त्रालयका सबै निकाय यी विरामीको अवस्था प्रति बेखवर छन् ।


खोजिएन संक्रमण स्रोत
गुल्मीको मदाने वडा नम्बर ६ का शिक्षकमा कसरी कोरोना देखियो भन्ने पत्ता अहिलेसम्म लागेको छैन् । उनको सम्पर्कमा आएको क्रिमसन अस्पतालका २५ र अर्घाखाचीको छाया पोलिक्लिनिकका १० चिकित्सकसहित ३८ जनाको कोरोना परीक्षणका लागि स्वाव संकलन गरिएको छ । अन्य व्यक्तिको सम्पर्क अहिलेसम्म खोजिएको छैन ।
स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले गुल्मीबाटै कन्ट्याक टेसिङ हुने बताए । ‘अस्पतालमा सम्पर्कमा आएकाको कोरोना परीक्षण हुदैछ, उनले भने,‘अन्य खोजी गुल्मीबाटै हुन्छ ।’
मदाने गाउपालिकाले विरामी कुनै पनि भारतबाट आएका नागरिकसंग सम्पर्कमा नआएको भन्दै विज्ञप्ती जारी गरेको छ । पुर्कोटमा रहेको क्वारेन्टाइनसंग आवद्ध नभएकाले अन्य कहीबाट कोरोना सरेको हुनसक्ने पालिकाको दाबि छ ।
अस्तव्यवस्त कामले त्रास
प्रदेश ५ मा मुलुककै करिव आधाआधि संक्रमित छन् । तर सामाजिक विकास मन्त्रालयले गर्नुपर्ने जिम्मेवारीमा कमजोरी देखिएको छ । समाजिक विकास मन्त्री बरालले प्रदेशमा पहिलोपटक बसेको कोरोना प्रतिरक्षा तयारी बैठकमै ‘कोरोना आएको छैन के के हतार’ भन्दै आफ्ना एजेण्डा राखेका थिए । उनको प्रस्तुति प्रति बैठकमै सहभारी उच्च पदस्त कर्मचारी र चिकित्सकहरु दंग परेका थिए ।
विभागीय मन्त्रीको त्यही लार्पबाहीका कारण प्रदेशले महामारीको कडा सामना गर्नुपर्ने संकेत देखिएको छ । बुधबार साँझसम्म प्रदेशमा संक्रमितको संख्या १ सय ९६ पुगेको छ । यी सबै १८ दिनमा देखिएका संक्रमित हुन् । संक्रमितलाई उपचार गर्ने अस्पतालको अभाव छ । क्वारेन्टाइन अस्तव्यस्त छन् । कुनै पनि क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको सुलभता छैन । जसकै कारण बाकेमा एक जनाको क्वारेन्टाइनमै मृत्यु भएको थियो । सरोकारवालाहरुले महामारीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाव दिएका छन् ।