दिपक न्यौपाने


सैनामैना । नेकपा सैनामैनाका अध्यक्ष हुन्–नारायण न्यौपाने । उमेरले ४ दशक भर्खरै काटेका उनी लकडाउनको समयमा बिहानदेखी साझसम्म सैनामैनाका हरेक गतीबिधीबारे जानकारी लिन्छन् ।
लकडाउन शुरु भएदेखी नै सैनामैनामा रहेका बिपन्न बर्गलाइ राहत प्रदान गर्नेदेखी नगरस्तरीय छलफल र बिपत समितीमा रहेर काममा खटिइरहेका भेटिन्छन् ।
‘लकडाउनलाइ कसरी प्रभाबकारी बनाउन लागि परेको छु । जनताको सेवाकै लागी दिन कटाइरहेको छु,’ वडा नम्बर ८ निवासी न्यौपानेले लकडाउन अनुभबबारे दैनीक लुम्बिनीलाई सुनाए,‘नगरपालीकाले बोलाएको बैठकमा जाने, छलफल गर्ने र दूरीकायम गर्दै जनताका पिरमर्का सुन्ने गरेको छु ।’
न्यौपाने जस्तै नगरका युवा राजनितीकर्मी नेपाली काग्रेस सैनामैनाका नगरसभापती रामप्रसाद अधिकारी पनि बिपत्को बेलामा सबै राजनैतीक दलहरु एकै ठाउँमा एउटै स्वरमा जनताको सेवामा खटिइरहेको बताउँछन् ।
सबै राजनैतीक दलका प्रतीनिधीहरु रहेको बिपत ब्यबस्थापन समितीमार्फत् एकद्धार प्रणाली अनुसार राहत बितरण भइरहेको बताउदैं उनले सरकारले गरेको लकडाउनका कारण सबै क्षेत्र प्रभावीत भइरहँदा स्थानीय सघं सस्थाहरुले खेलेको भुमीकाको खुलेर प्रशंसा समेत गरे ।
‘४४ दिनसम्म आइपुग्दा प्रभाबकारी हिसाबले राहत बितरणमा जुटेका छौ’, अधिकारीले भने – ‘स्थानीय तहहरुमध्ये सैनामैना नगरपालीका र बिपत ब्यबस्थापन समितीले राम्रो भुमिका निर्वाह गरिरहेको छ ।’
यता नेकपा रुपन्देहीका सचिवालय सदस्य तथा समाजसेबी मिनप्रसाद पौडेल एकाबिहानै नगरमा भइरहेका गतीबिधीबारे अनलाइनमै जानकारी लिन्छन् । प्राय घरमै बसेर नगरका गतीबिधीमा सक्रिय हुन्छु , पौडेल भन्छन –‘राजनैतीककर्मी भन्दैमा लकडाउनको उल्लघन त हामीले पनी गर्नुभएन नी ! त्यसैले आ आफ्नो क्षेत्रबाट भुमीका खेलीरहेका छौ । राज्यको नितीअनुसार काम गरीरहेका छौ ।’
नगरपालीकाभित्र अधिकांश स्थानीय राजनैतिक दलका प्रतीनिधिहरु कृषी क्षेत्रमा समेत होमीएका कारण बिहान साँझ खेतबारीमै ब्यस्त भेटिन्छन् । नेकपा सैनामैनाका इन्चार्ज रहेका खुसीराम चौधरी लकडाउनको अबधीमा पार्टी र नगरपालीकाको काम बाहेक खेतबारीमै समय बित्ने गरेको बताउँछन् ।
वडा नं ३ का बासीन्दा उनी सिंगो पार्टी परिचालनमा खटिरहेका छन् । सम्पुर्ण राजनैतीक दलका कार्यकर्ताहरुलाई मानसिक रुपमा पनि बलीयो बनाउन रोगका बारेमा सचेतनाका कार्यक्रम सञ्चालन गर्छन । ‘अनलाइन मिटिङ पनी गरिरहेका हुन्छौ, उनले भने,‘कृषकका पिर मर्का बुझ्नेदेखी सडकमा पैदलयात्रा गरेर घर फर्कदै गरेका सर्बसाधारणहरुलाइ सहयोग गरिरहेका छौ ।’
त्यसो त सैनामैना नगरपालीकाभित्र जिल्लामा राम्रो पकड जमाउन सफल भएका धेरै नेताहरुको बाहुल्यता रहेको छ । सैनामैना नगरपालीकाको मेयरका प्रत्यासी नेपाली काग्रेस रुपन्देहीका उपसभापती समेत रहेका फणिन्द्र शर्मा साना राजनीतिक दलदेखी सरकारको नेतृत्व गर्ने दलसम्म सबैले प्रशसनीय भुमीका खेलेको र सक्रमणबाट बच्न पार्टीका कार्यकर्ताहरुलाइ पनी निर्देशन दिइरहेको बताउछन् ।
‘प्रायः बिहान साँझ साहित्यीक र राजनैतीक किताबहरु पढ्ने पनि गर्छु,’ उनी भन्छन्,‘ यो बेला सम्पुर्ण नागरिक सचेत हुने समय भएकाले पनि परिवारलाई समय दिई घरमै बस्नु उत्तम हुन्छ ।’
‘पार्टीका कार्यकर्ताहरुलाइ भेट्न नपाउदा मिस गरिरहेको छु ’, शर्मा भन्छन–‘डावडाबाट प्रतीपक्ष सत्तापक्ष नभनीकन किरोनाबिरुद्धको महाअभियानमा हामी सबै एकजुट भएर लागेका छौ । यो बेला राजनैतीक दलका नेताहरुको महत्वपुर्ण भुमिका हुने हुदा सोही अनुसार काममा खटेको छु ।’
नगरपालीका प्रमुख चित्रबहादर कार्की पनि सैनामैनाले फरक हिसाबले काम गरिरहेको हुनाले अहिलेको कोरोनाको सक्रमणको बेला प्रतीपक्ष भन्ने भावना नै नरहेको सुनाउँछन । यसरी सैनामैना नगरपालीकामा रहेका बिभिन्न स्थानीय साना ठुला दलका नेताहरुले अहिलेको बिषम परिस्थितीमा महत्वपुर्ण भुमिका खेलेको पाइन्छ । यतीमात्र होइन सैनामैनामा त उधोग बाणीज्य सघ, ब्यापार सघं, क्लब , बुद्धिजिबी, नागरीक अगुवा, वडादेखी नगरसम्मका सम्पुर्ण शैक्षीक संस्था,ब्यापारी सबैले सहयोग गरेको देखिएको छ । ब्यबसायी नगरहरी बेल्वासे भन्छन्,‘नगरका नेताहरुको भुमिका अहिले राम्रो देखीएको छ ।’
((((((((((((((((((((((