एजेन्सी । दक्षिण कोरियाले विद्यायलहरूलाई आ–आफ्ना विद्यार्थीहरू फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरू पुनः सञ्चालनमा ल्याइने जनाइएको छ । कोरोनाभाइरसको प्रकोप घट्दै गइरहेकोले मे १३ बाट उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरू र मे २० बाट निम्न माध्यामिक स्तरका विद्यार्थीहरूलाई विद्यालयमा आउने अनुमति दिइने शिक्षामन्त्री यो इअन हाएले सोमबार बताएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि करिव ५४ लाख विद्यार्थीहरूले गत अप्रिल ९ देखि अनलाइन कक्षा लिइरहेका छन् । दक्षिण कोरियाको हालका हप्ताहरूमा कोरोना भाइरसको प्रकोप निरन्तर रूपमा घटिरहेको छ । अधिकारीहरूले समाजिक दूरी नियमहरूमा पालाना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन् ।