दिपक न्यौपाने

सैनामैना । सामान्यतयाः एउटा खेलाडीको ध्येय प्रतियोगीतामा सहभागी भएर उपाधी जित्नु नै हुन्छ । तर, रुपन्देहीमा लन टेनिसका एउटा यस्ता खेलाडी छन् जसको लागि प्रतीयोगीताको उपाधी जित्नु कहिल्यै प्राथमिकता बनेन । उनि हुन् विगत ८ बर्षदेखि रुपन्देहीको लनटेनीस जगतमा जमेका मनोज बस्नेत हुन् ।

यसो त पेसाले शैक्षिक क्षेत्र अँगालेका उनी लन टेनीसलाई वास्तकीक कर्म मानेका छन् । फुर्सद समय होस् या व्यस्त समय लनटेनीसका लागि समय निकाल्न भ्याएकै हुन्छन् ।

लन टेनिस सघं रुपन्देहीका बरिष्ठ उपाध्यक्षसमेत रहेका बस्नेत रम्भादेबी टेक्निकल कलेजका प्रवन्ध निर्देशकसमेत हुन् । ‘म आठ बर्षदेखी लनटेनिसमा रमाइरहेको छु, तर प्रतीयोगीताको उपाधी हत्याउन कहिल्यै जोडबल गरिन’मनोज बस्नेत भन्छन्–‘ आफुलाइ फिटनेश राख्न र लनटेनीसको नशा मेटाउन नै कोर्टमा उत्रने गर्दछु ।’

पेशागतरुपमा उनले पोखरादेखि काठमाण्डौँसम्मका बिभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा सहभागीता जनाएका छन् । तर, उनको ध्येय खाली शारिरिक तन्दुरुस्ती राख्नकै लागी खेल्ने गरेका छन् । लन टेनीसमा बिभिन्न उमेरसमुहमा प्रतीस्पर्धा गर्ने ५२ बर्षे उनी भर्खरै बुटवलमा सम्पन्न राष्ट्रिय स्तरको प्रतीयोगीतामा आफ्नो उमेरसमुहमा तेस्रो स्थान हात पार्न सफल भएका थिए ।

‘म मध्यम स्तरको खेलाडी हुँ’ बस्नेतले भने,‘यहीँ लनटेनीस नियमित रुपमा खेल्नाले होला सामान्य प्रेसरबाहेक मलाइ कुनै दिर्घरोग लागेको छैन ।’

लन टेनीसका दिग्गज कोच बिकास खड्कामार्फत लन टेनीसमा होमीएका बस्नेत उक्त खेल सिक्नकै लागी तत्कालीन समयमा कालीकानगरमा रहेको कोर्टमा दिउँसोको घामको प्रवाह नै नगरि पुग्दथे । आफुलाइ मध्यमस्तरको खेलाडी बताउने उनी आफ्नो स्कुल र कलेजमा पनी बिधार्थीहरुलाइ लनटेनीसका बारेमा बताइरहन्छन् । नेपालमा सन्तोष खत्री उनलाइ मन पर्ने टेनीस खेलाडी हुन भने अन्तराष्ट्रमा रोजर फेडेरर हुन् ।

सरकारले घोषणा गरेको लकडाउनका कारण कोर्टमा गएर खेल्न नपाउदा उनलाई त्यति निको लागेको रहेनछ । ‘दिनभरी कामको थकान हुन्छ’, उनि भन्छन्,‘ प्रदेश ५ को उत्कृष्ट लन टेनीसको रुपमा रहेको देबिनगरको लन टेनीस कम्प्लेक्समा हिजोआज खेल्न जान नपाउदा उनलाइ छटपटी भैरहेको छ ।’

उनले लकडाउन खुल्ने बित्तिकै टेनिस कोर्टमा फर्कने योजना बनाएका छन् । कुराकानीको अन्त्यमा बस्नेतले भने,‘अब त उमेर पनी ढल्कदोँ छ । उहीँ खाली मेन्टेनेन्सका लागी खेल्ने हो ।’