कृष्ण पोखरेल

पाल्पा । एक महिना ५ दिन लामो लकडाउनको कारण कृषकहरुले पालन गरेको कतै मरेको त कतै मारेको समाचार आईरहेको समयमा पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्षले भने कुखुरा व्यबसायीको समस्या समाधानमा लागेका छन् ।

गाउँपालिका भित्रका कृषकहरुले उत्पादन गरेका हालै विक्रि गर्ने कुखुरा लाई मासु पसलमा विक्रिको लागी गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले समन्वय गर्दै आएका छन । लामो लकडाउनको कारण कृषकहरुले उत्पादन गरेको कुखुरा खपत नभएको, प्रयाप्त दाना नपाउदा कुखुरा फर्म मै मर्ने गरेको कारण कुखुरा व्यबसायीहरु लाई ठुलो मर्का पर्दै आएको छ ।

हालै विक्रि गर्ने अवस्थामा पुगेका कुखुरा नविकेर समस्या परेको छ भने गाउँपालिकाको कार्यालय, वा आफ्नो मोवाईल फोनमा सम्पर्क गर्न गाउँपालिका भित्रका कुखुरा व्यबसायीहरु लाई अध्यक्ष बस्यालले अनुरोध गरेका छन ।

अध्यक्ष बस्यालले समन्वय गरेर वडा नंं २ का जित बहादुर कुमालको १८० किलो कुखुरा र वडा नंं १ का नर बहादुर रानाको १५० किलो कुखुरा मासु व्यबसायी संग समन्वय गरी विक्रि गराई दिएका छन । तरकारी कृषकहरुको लकडाउनको कारण भएको क्षतीको विवरण संकलनको काम भईरहेको अध्यक्ष बस्यालले बताए