बुटवल । बुटवल उपमहानगरपालिकाले धागो कारखानामा बनाएको कोरोना विशेष अस्पतालमा आईसियु जोडिएको छ । १० वटा आइसियु जोडिएसंगै आइसोलेसनका लागि आवश्यक पूर्वाधार तयार भएका छन् ।


प्रदेश ५ मै यति सुबिधासम्पन्न बनेको आइसोलेसन पहिलो हो । प्रदेशमा ५ सय ४४ आइसोलेसन बेड तयार छन् । तर ती आइसियु सुबिधाको पहुचमा छैनन् । धागो कारखानामा नमुना अस्पताल तयार भएको हो ।


बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले कोरोना विरामीको उपचारका लागि सुबिधायुक्त अस्पताल तयार पारिएको बताए । १० आइसियुले बिरामीको उपचारमा सहज हुने उनले बताए । अस्पतालमा अन्य साधारण बेड ५० छन् ।


आइसोलेसन अस्पतालमा लुम्बिनी प्रादेशिक अस्पतालको समन्वय छ । चिकित्सक व्यवस्थापनको काम सबै प्रादेशिक अस्पतालले गरिरहेको छ । आइसोलेन अस्पताल निर्माणमा थुप्रै संघसंस्थाहरुले सहयोग गरेका छन् । गौतमबुद्ध मुटु अस्पतालले आइसियु नै प्रदान गरेको छ ।