गौरीशंकर जयसवाल


परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले बितरण गरेको राहत सामाग्री गुणस्तरहीन भएको पाईएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गर्न लागी गरिएको लकडाउनका कारण नगर क्षेत्रभित्र रहेका दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्ग घरधुरीलाई वडा मार्फत बितरण गरेको खाद्यान्न सामाग्राी गुणस्तरहीन भएको पाईएको हो ।

रामग्राम नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्ग घरधुरीलाई बितरण गरेको खाद्यान्न समागा्रीमा चमल कुहिएको सोयबिनमा किरा भेटिएको छ । नगरपालिकाले पहिलो चरणमा १ देखी १३ वडामा वडामार्फत राहत सामाग्रीमा बितरण गरेको चमलमा कुहिएको सोयबिनमा कीरा भेटिएको रामग्राम नगरपालिकाको वडानं ६ का स्थानियबासी सोहन केवाटले बताए । उनले भने-नगरपालिकाले दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्गहरुलाई १० किलो चमल दिने भने पनि तौल गर्दा नौ किलो मात्र भएको जानकारी दिए । यसरी दैनिक मजदुरी गरेर खाने गरिव तथा विपन्न वर्गहरुको रामग्राम नगरपालिकाले खिल्ली उठाएको केवाटले बताए ।

चमलमा तीन प्रकारको चामल मिसावट गरिएको भेटिएको छ । जस्मा मोटा मिसिनो खुदी चामलमा मिसावट गरिएको र कुहिएको सोयबिनमा किरा भेटिएको स्थानियबासी सुरेन्द्र कोहारले बताए । रामग्राम नगरपालिकाले बितरण गरेको राहत सामाग्रीमा चामलमा कुहिएको सोयबिन किरा भेटिएपछि वडानं ६का स्थानियबासीहरु राहत सामाग्री वडानं ६ का वडाअध्यक्ष जितेन्द्र आग्रहरीको घरमा पाएका राहत समागा्री ल्याएर फालेर गएका छन ।

रामग्राम नगरपालिकाको नगरकार्यपालिकाले रामग्राम वडानं ६ स्थित रहेको राजेश राईस मिलबाट चमल र सोयाबिन स्थानिय एक पसलबाट खरिद गरि राहत बितरण गरेको थियो । उक्त राईस मिलबाट किलो ४० रुपैयाँको दरले नगरपालिकाले खरिद गरेको चमालमा अहिले बजारमा ३० र २५ रुपैयाँ पर्ने चामल एक व्यापारीले बताए । यस्तै वडानं १ देखी १३ का स्थानियबासीहरुले चामलमा कुहिएको सोयबिन किरा भेटिएको बताएका छन । उनीहरुपनि सम्बन्धित वडाअध्यक्षमार्फत राहत सामाग्राी फिर्ता गरेका छन ।

यता सबै वडाहरुबाट बिरोद्ध आएपछि राहत समागा्री बितरण रोक लागएको छ ।रामग्रान नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ता रामग्राम नगरपालिकाकाुे वडानं ६ स्थित रहेको राईस मिलका प्रोपाईटर पटवारी बनियाले चामलमा मिसवाट गरेको पाईएको बताए । उनले उक्त राईस मिलबाट खरिद गरेको चमल सबै फिर्ता गरेर अर्को राम्रो फेस चमल ल्याएर राहत बितरण कार्य अगाडि बढाईने बताए । फिर्ता भएको खाद्यान्न समागा्रीको गुणस्तर नापजाच गरी मात्र नगरपालिकाले राहत सामाग्री बितरण गर्ने बताए ।