पाल्पा । रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका अति विपन्न परिवारका ४८१ जना सदस्यहरु लाई खाधान्य वितरण गरेको छ । गाउँपालिकाले वडा वडा, टोल टोलमा पुगी निश्चित दुरी कायम गर्दै राहत वितरण गरेको हो । सरकारले लकडाउनको समयमा काम गर्न नपाएकोले विपन्न परिवारमा छाक टार्ने समस्या नहोस भनी स्थानीय सरकार लाई खाधान्य वितरण गर्न आग्रह गरेवमोजिम रम्भा गाउपालिकाले वडा वडामा अति विपन्न परिवारको लगत संकलन गरी खाधान्य वितरण गरेको हो ।

रम्भा गाउँपालिकाले अति विपन्न १६० घरपरिवारका ४८१ जना लाई खाधान्य वितरण गरेको छ । रम्भा गाउँपालिकाले पाल्पाका अन्य गाउँपालिकाले भन्दा फरक तरीका बाट राहत वितरण गरेको छ । गाउँपालिकाले परिवारका सदस्य संख्याको आधारमा राहत वितरण गरेको हो । गाउँपालिकाले प्रति सदस्य बराबर ७ किलो चामल, २ जनाको परिवारलाई २ किलो दाल, डेढ लिटर तेल, ३ किलो चिउरा, १ किलो नुन। २ जना भन्दा बढीको परिवारमा ३ किलो दाल, ३ लिटर तेल, ५ किलो चिउरा, १ किलो नुन वितरण गरेको छ । गाउँपालिकाले परिवार सरसफाईको लागी १ वटा नुहाउने सावुन, २ वटा लुगा धुने सावुन र १ वटा भाडाँ माझ्ने सावुन वितरण गरेको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

गाउँपालिकाको वडा नंं हुगीका ३१ परिवारका ८० जना, वडा नंं २ फोक्सिङकोटका १६ परिवारका ३८ जना, वडा नंं ३ पिपलडाडा २९ घरपरिवारका ११२ जना, वडा नंं ४ हुमिनका ३३ घरपरिवारका ९५ जना, वडा नंं ५ ताहुँका ५१ घरपरिवारका १५६ जना गरी १६० परिवारका ४८१ जना लाई राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ढकालले बताए । वितरण गरिएको राहत सामाग्रीले २ हप्ताको अवधी लाई खान पुग्ने गाउँपालिकाले जनाएको छ । यसै गरी गाउँपालिकाले वडा वडाको स्वास्थ्यचौकी बाट विदेश बाट आएका व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

फोटो क्याप्सन ः रम्भा गाउँपालिका भित्रका अति विपन्न परिवारका सदस्यहरुले गाउँपालिकाले वितरण गरेको राहत लिदै ।