गौरीशंकर जयसवाल

परासी २० चैत्र । पश्चिम नवलपरासीमा उद्योगाीहरुले लकडाउनको समयमा दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अति विपन्न वर्गलाई राहत वितरणका लागि आर्थिक सहयोग गरेका छन ।

उद्योग बाणिज्य संघका अध्यक्ष उद्योग उपाध्यक्ष बरिष्ठ उपाध्यक्ष र उद्योगीहरुले उद्योग बाणिज्य संघले स्थापना गरेको राहत कोषमार्फत उक्त आर्थिक सहयोग गरेका हुन ।

अध्यक्ष केशव भण्डारी उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले रु ५१ हजार बरिष्ठ उपाध्यक्ष ओमप्रकाश अग्रहरी रु ५१ हजार र उद्योगी सुबास अग्रवालले रु ५१ हजार गरी तीन लाख ५३ हजार आथिर्क सहयोग कोषमा ।

जिल्ला उद्योग वाणिज्य सङ्घ मार्फत राहत वितरणका लागि अग्रहरीले संघको राहत कोषमा दिएका छन ।

उनीहरुले विश्वलाई नै कोरोना भाईरस कोभिड–१९ ०ले आक्रान्त बनाएपछि त्यसको जोखिम नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लगाएको लकडाउनमा अति विपन्न, दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई भोकै हुने अवस्था नआओस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बताएका छन । यसअघि उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष आफ्नो घरमा भाडामा बस्दै आएकालाई चैत र बैशाखको घरभाडा नलिने घोषणा समेत गरीसकेका छन ।