दिपक न्यौपाने

बुटवल । कोरोनाको सम्भावित सक्रमणका कारण सरकारले गरेको लकडाउनले यतिबेला सबै क्षेत्र प्रभावित बनीरहेको छ । जापानमा यसैबर्ष हुने भनिएको बिश्वको सबैभन्दा ठुलो प्रतीयोगिता ओलम्पिक पनि पछाडी धकेलिएको छ भने राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरका हरेक प्रतीयोगिता अर्को सुचना जारी नहँुदासम्म स्थगित भैसकेको छ ।


तर नेपालका राष्ट्रिय तथा स्थानीय खेलाडीहरुले क्वारेन्टाइनको समयमा पनि आफ्नो अभ्यासलाइ भने निरन्तरता दिइरहेका देखिएको छ । बिश्व ब्याटमिन्टनको जुनियरतर्फ सातौ बरियतामा पुगेका नेपालका प्रिन्स दाहालले काठमाण्डौ घरमै बिहान साझ नियमित अभ्यास गरिरहेका छन् । ९ बर्षको उमेरमै राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका दाहाल पछिल्लो समय प्रेसीडेन्ट्स कप इन्टरनेशनल ब्याटमिन्टन सिरीजको १९ बर्षमुनीको स्पर्धाको मेन्स सिंगल्स र डबल्स बिधाको फाइनलमा समेत पुगेका खेलाडी हुन । ‘म बिहान र साझ घरको कौसीदेखि कम्पाउन्ड वरीपरी अभ्यास गरिरहेको हुन्छु, दैनीक लुम्बिनी डटकमसग कुराकानी गर्दै दाहालले भने – आफुलाइ फिट राख्न र मेन्टेन गर्न पनि अभ्यास गर्नुको बिकल्प छैन । कर्बडहलहरु बन्द भए पनि घरमै प्राटिक्स गर्दा रमाइलो अनुभब भैरहेको छ । ”


नेपाललाइ जुनियर ओलम्पिकमा पदक दिलाउने सोच बनाएका दाहालको अभ्यासलाइ परिवारले पुरै सपोर्ट गरेको छ । दाहालले डाइटदेखि एक्सरसाइजसम्म कुनै कमी नराख्ने बताउदै लकडाउन अबधीभर यसैगरी प्राटिक्स गर्ने बताए ।


यस्तै प्रदेश पाचमा नाम कहलीएका भलीबल खेलाडी एवम प्रशिक्षक लाकेन्द्र भण्डारी पनि घरको छटमा भलीबलमा दैनीक २,३ घण्टा रमाइरहेका हुन्छन । उपत्यका बाहिरको चर्चित भलीबल क्लबका रुपमा उदाएको मणीमुकुन्द भलीबल क्लबका अध्यक्षसमेत रहेका उनी पनि लकडाउनको समय अबधीभर यसैगरी अभ्यास गर्ने जनाए ।


बिहान उठ्नेभित्तीकै छतमा गएर बल उफार्न थालीहाल्छु, उनले पनि लकडाउन अनुभब सुनाए – दिन दिनै खेल्दै प्रशिक्षण दिएको बानीले गर्दा होला भलिबल नछुने हो भने के नपुगेको नपुगेको जस्तो लाग्छ अनी घरकै वरीपरी खेलीरहन्छु । ” दाहाल र भण्डारीमात्र होइन फुटबलदेखि क्रिक्रेट कुस्तिदेखि डोरीतानसक्क इन्डोर र आउटडोरमा खेलीने खेलका खेलाडीहरु घरमै बसेर अभ्यासलाइ निरन्तरता दिइरहेका छन ।


यस्तै आइटिएफ तेक्वान्दोका राजन सुनुवार पनि बुटवल होराइजनचोक घरमै खुट्टा तन्काइरहेका हुन्छन । सबैतिर बिदा छ, म पनि घरमै छु, राजनले भने – यती लामो समयमा पनि प्राटिक्स गरिएन भने पछि गाहो हुने हुदा थोरधेर अभ्यासलाइ निरन्तरता दिइरहेको छु । नजानेको कुरा युटुुबबाट हेरेरै भएपनि नयाँ कुराहरु सिक्ने बानीको पनि बिकास भैरहेको छ । ”


लकडाउनको बेलामा सबै खेलाडीहरु घरमै बस्ने हुदा समयको सहि सदुपयोग गर्नुपर्ने बताउछन , स्पोर्टस फिजियोथेरापिस्ट बिक्रम न्यौपाने । उनले घरमा जे जस्तो इक्युमेन्टहरु उपलब्ध छन तिनैका आधारमा अभ्यासलाइ निरन्तरता दिएको खण्डमा पछि समस्या नहुने दैनिक लुम्बिनीलाइ बताए ।